• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ आश्विन १८, आईतबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      त्रिपुरेश्वर बस आगलागी : चालक अर्जुनको मृत्यु, अर्कैको लाइसेन्स प्रयोगदेखि मूलपानी र बालाजुका घटनासम्म प्रहरीको अनुसन्धान

      त्रिपुरेश्वर बस आगलागीमा जलेका चालकको उपचारकै क्रममा ज्यान गयो

      एमालेमा कार्यदलको प्रतिवेदनमै विवाद, ओलीले नमानेपछि फेरि सचिवालय बैठक

      गगनको महाधिवेशनमा नजाने पूर्णबहादुर खड्काको घोषणा, भने– ‘चमत्कार नभए कांग्रेस फुट्छ’

      गगन क्याम्पमा नेताहरूको ओइरोपछि देउवा पक्ष आक्रोशित

      १८ दिनपछि खुल्यो कृष्णभीर : नयाँ ट्र्याक बनेसँगै पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा

      राजदूत नियुक्तिको अन्तिम तयारी : २१ देशको नाम तयार, बालेन–रविबीच सहमति बाँकी

      सप्तकोशी उर्लिएपछि कोशी ब्यारेजका २३ ढोका खोलियो, तटीय क्षेत्रमा सतर्कता

      तीजमा पशुपतिनाथमा भक्तजनको भीड, बिहान १० बजेसम्म १८ हजारले गरे दर्शन

      वाणगंगामा बाढीले १२ जना फस्यो, सशस्त्र प्रहरीले गर्‍यो उद्धार

      गैँडाकोटमा दुई बस ठोक्किँदा १८ जना घाइते, सबैलाई उपचारका लागि भरतपुर लगियो

      भरतपुरमा गुडिरहेको विद्युतीय कारमा अचानक आगलागी, एक जनाको जलेर मृत्यु

      तीन वर्षीया बालिका हत्या प्रकरण : दुई नाबालकलाई बाल सुधारगृह पठाउन आदेश

      भदौपछि हिंसालाई वैध र अराजकतालाई जायज ठहर्‍याउने काम भयो : ओली

      जेनजी आन्दोलनको एक वर्ष : राजनीतिक परिवर्तन आयो, तर घाउ अझै उस्तै

    in
    आज: २०८३ आश्विन १८, आईतबार
    होमपेज /  आर्थिक

    “उद्यम विकास सहजकर्ता संघ – लुम्बिनी”को समिति गठन, अध्यक्षमा अनन्त पन्थीसहित ९ सदस्य चयन

  • बासुदेव पोखरेल
  • २०७७ मंसिर ९, मंगलबार (५ साल अघि)
  • २३२७ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ८ मिनेट
  • फाईल तस्विर

    बुटवल,०९ मंसिर ।
    मुलुकमा उद्यमशीलता विकास मार्फत राष्ट्रिय अर्थतन्त्रमा लघु घरेलु तथा साना उद्योगहरुको योगदान बढाउन लघु घरेलु तथा साना उद्यम शृजना मार्फत रास्टृय अर्तहतन्त्रमा योगदान पुर्याउन तथा गरिबी निवारणका मा टेवा पुर्याउन यस क्षेत्रमा काम गर्ने विशेष जनशक्ति आवश्यक ठानेर उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय तथा CTEVT को समन्वयमा सन २००८ देखि विशेष प्रविधिक कोर्ष डिजाइन गरि CTEVT मार्फत EDF जनशक्ति उत्पादन थालिएको थियो । स-साना उद्यमीको प्रत्यक्ष सम्पर्कमा रहेर दैनिक सहजीकरण गर्ने जनशक्ति को आवश्यकता महशुश गरेर UNDP को पहलमा EDF उतपादन शुरु भएको हो ।

    फेसबुकमा पछ्याउनुहोस्

    EDF हरुले उद्योग / व्यवसाय वारे सामान्य ज्ञानको कमिका कारण उद्योग / व्यवसाय स्थापना गर्न खोजिरहेका व्यक्तिहरुलाइ उनिहरुकै स्थानमा गै व्यबसायिक अवसरको खोजी गर्न, व्यवसाय स्थापना गर्न आवश्याक पर्ने कागजात र प्रक्रिया एव कुन प्रकृतीको व्यवसाय कुन कार्यालयमा कसरी दर्ता गर्ने भन्ने बारे बुझाउन, आवश्यक सीप तालिम कहाँ पाइन्छ त्यस्को लागी समन्वय गर्न, व्यवसायको समान्य व्यवसायिक योजना बनाउन, उद्योग गर्न चाहाने व्यक्तिलाइ आवश्यक रिण कुन निकायबाट कसरी प्राप्त गर्ने भन्ने बारे बुझाउदै रिण प्राप्तिमा सहजीकरण गर्न,उद्योगीलाइ आवशय्क मेसिन औजार कहाँ कसरी पाइन्छ सो बारे जानकारी दिन र स्थानियले उद्योग गरीरहेको स्थानमा पुगेर निरन्तर परामर्श र उत्पादित समानको बजारीकरण मा सघाउने जस्ता कार्यहरुमा सहजीकरण गर्दै आइरहेका छन ।

    सन २००८ देखि यता EDF हरु MEDEP र MEDEPA तथा उद्यमशीलता विकास तथा जिविकोपार्जन (Livelihood) संग सम्बन्धित अन्य विभिन्न कार्यक्रमहरु मा परिचालन हुँदै उद्यमशीलता विकास तथा व्यवसायिक सचेतना विकासमा कृयाशील हुँदै आइरहेका थिए । CTEVT बाट पढाइ हुने विभिन्न कोर्षहरु जस्तै जेटिए, सिएमए, अनमी, जेसिए, हाउस वायरिङ, प्लम्बिङ, सब-ओभरसियर जस्तै EDF पनि एक हो तर नेपाल सरकारले CTEVT बाट उत्पादन भएका समान स्तरका अन्य कोर्षहरु पढेका जनसक्तीहरुलाइ विभिन्न कार्यालयमा दरवन्दी शृजना गरेर नियुक्ती गरि काममा लगाउने गरेकोमा EDF हरुको भने त्यसो हुन सकेको थिएन । उद्यमशिलता विकास जस्तो मुख्य विषयमा विज्ञता हासिल गरेको प्रविधिक जनशक्ति समेत स्थानिय तहमा वा सम्बन्धित कार्यालयमा नियुक्त गरि निरन्तर स्थानिय उद्यमीको सम्पर्कमा रहेर उद्यमशिलता विकास मा काम गर्ने वातावरण बनाउनुपर्नेमा उद्यम विकास सहजकर्ता हरु तथा सरोकारवारवालाहरु वताउदै आइरहेका छन ।
    यसै क्रममा साविकमा घरेलु तथा साना उद्योग कार्यालय मा १ जना EDF राखेर सहजीकरणको काम गराउदै आइरहेकोमा हाल नेपाल सरकारले प्रत्यक स्थानिय तहमा २ देखि ३ जना EDF राखी सहजीकरण को काम अघि बढाउने अवधारणा अघि सारेको छ ।

    यस सन्दर्भमा पेशागत हक हित संरक्षणमा सामुहिक पहल गर्न साझा सन्स्थाको निर्माण तथा बदलिदो परिवेशमा आगामी दिनमा EDF हरुलाइ स्थानिय तहमा काम गर्न सहज होस भन्ने हेतुले सम्बन्धित नियम कानुन लगायतका कुराहरुमा ज्ञान समेत होस भन्ने उद्येश्यले राष्ट्रिय उद्यम विकास सहजकर्ता महासङ का केन्द्रिय सदस्य अनन्त पन्थी (रुपन्देही ) र यस क्षेत्रका सक्रिय EDF हरुको सहभागिता एवम केपिन, बुटवलको सहजिकरणमा साविकको लुम्विनी अन्चलका ६ जिल्लाका EDF हरुको १ दिने अन्तर्कृया कार्यक्रम तथा भेला सम्मपन्न भएको छ ।

    भेलाका सहभागीहरुले मुलुकभर का उद्यम विकास सहजकर्ता (EDF) हरु संगठित हुन थालेकोमा यस क्षेत्रमा समेत सङठित भएर अधि बढ्नुपर्ने कुरा मनन गर्दै साविक लुम्बिनी अन्चल का ६ जिल्लाका उद्यम विकास सहजकर्ताहरुले सो क्षेत्रका EDF हरुको हकहितको पैरवी तथा क्षमता विकासमा सहजीकरण गर्ने उद्येश्यले साझा सन्स्थाको रुपमा “उद्यम विकास सहजकर्ता संघ – लुम्बिनी” को गठन गरेका छन । २०७७ मङ्सिर ६ गते बुटवलमा ६ जिल्लाका २० जना भन्दा बढी EDF हरुको उपस्थिती तथा कन्चन्जङ्गा पोलिटेक्निक इन्स्टिच्युट , बुटवल का पृन्सिपल मीन बहादुर रानाको प्रमिख आतिथ्यतामा सम्पन्न भेलाले अनन्त पन्थी को अध्यक्षतामा ९ सदस्यिय तदर्थ समिती गठन गरेको छ । अनन्त पन्थीले हाल मेडेपा लगायतका कार्यक्रमहरु स्थानिय तह मार्फत सन्चलन गर्ने गरि निर्देशिका बनेर कार्यन्वयन हुदै गरेकोमा यस्ता “कार्यक्रमहरुको स्थानियकरण र अबका दिनमा EDF को भुमिका, पेशागत संगठन तथा आगामी कार्यदिशा” सम्बन्धमा एक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो , कार्यक्रम मा सीता कुवर तथा सुशील घिमिरेले अब EDF हरु संगठित भएर पेशागत हक हित को संरक्षण मा लाग्नु पर्ने कुरा राख्नुभयो भने सुश्मा बस्याल ले कार्यक्रम सन्चलान गर्नुभएको थियो । यसै क्रममा कार्यक्रम का प्रमुख अतिथि मीन बहादुर रानाले समेत EDF सङठित भएर हिड्नुपर्ने कुरा औल्याउदै EDF हरुको हक हित स्थापित गर्ने कुरामा सदैव सहयोगी हुने प्रतिवद्दता व्यक्त गर्नुभयो । भेलाले नवगठित संघ को कार्यसमितिको अध्यक्षमा अनन्त पन्थी, उपाध्यक्ष मा जमुना थापा, सचिवमा सुशिल घिमिरे, कोषाध्यक्ष मा सुश्मा बस्याल तथा सदस्यहरुमा सीता कुबर, नवीन कुवर, शिला क्षेत्री,उषा गैरे तथा अन्जु क्षेत्री लाइ चयन गरेको छ ।

    नवगठित सन्स्थाका अध्यक्ष अनन्त पन्थी का अनुसार – सर्वप्रथम संघ सन्स्थाको बैधानिकताको निम्ति दर्ता तथा अनुमती प्रप्त गर्ने काम गर्नेछ भने त्यस्पश्चात यस क्षेत्रमा रहेका EDF हरुको तथ्यांक अप्डेट गर्ने, रोजगारीका अवसरहरुमा सबै EDF हरुको समान पहुच स्थापना गर्न पहल गर्ने, स्थानिय तह एवम अन्य विकासे आयोजनामा EDF को परिचालन मा थप सरलता र पेशागत सुरक्षा को निम्ति सरकारसङ पहल गर्ने, हकहित को संरक्षण र उद्यमशीलता विकास मा नितिगत पैरवी गर्ने, यस क्षेत्रको उद्यमशीलता विकासमा सरकारी तथा गैर सरकारी निकायहरुसङ समन्वय गरेर काम गर्ने,लघु उद्यमीहरुलाई निशुल्क तथा सशुल्क व्यवसायिक परामर्श उपलबध गराउने र समग्र मुलुकको उद्यमसिलता विकास तथा गरिबी निवारण मा योगदान थप गर्ने काम गर्नेछ ।

    • #उद्योग
    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    आर्थिक सम्बन्धि थप

    त्रिपुरेश्वर बस आगलागी : चालक अर्जुनको मृत्यु, अर्कैको लाइसेन्स प्रयोगदेखि मूलपानी र बालाजुका घटनासम्म प्रहरीको अनुसन्धान

    त्रिपुरेश्वर बस आगलागीमा जलेका चालकको उपचारकै क्रममा ज्यान गयो

    एमालेमा कार्यदलको प्रतिवेदनमै विवाद, ओलीले नमानेपछि फेरि सचिवालय बैठक

    गगनको महाधिवेशनमा नजाने पूर्णबहादुर खड्काको घोषणा, भने– ‘चमत्कार नभए कांग्रेस फुट्छ’

    गगन क्याम्पमा नेताहरूको ओइरोपछि देउवा पक्ष आक्रोशित

    १८ दिनपछि खुल्यो कृष्णभीर : नयाँ ट्र्याक बनेसँगै पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा

    समाचार

    त्रिपुरेश्वर बस आगलागी : चालक अर्जुनको मृत्यु, अर्कैको लाइसेन्स प्रयोगदेखि मूलपानी र बालाजुका घटनासम्म प्रहरीको अनुसन्धान

    त्रिपुरेश्वर बस आगलागीमा जलेका चालकको उपचारकै क्रममा ज्यान गयो

    गगनको महाधिवेशनमा नजाने पूर्णबहादुर खड्काको घोषणा, भने– ‘चमत्कार नभए कांग्रेस फुट्छ’

    गगन क्याम्पमा नेताहरूको ओइरोपछि देउवा पक्ष आक्रोशित

    बुटवल दैनिक बिशेष

    कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला, तीन दिनदेखि थिए बेपत्ता

    आयल निगमले डिजेल,पेट्रोल र मट्टितेलको मूल्य बढायाे

    तिलोत्तमा रक्तदाता समाज गठन, संस्थाको अध्यक्षमा गोबिन्द बन्जाडे चयन

    प्रेस युनियन गुल्मीका सचिव विश्वकर्मा र सदस्य सुनार द्वय सम्मानित

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित बुटवल दैनिक डट कम “तथ्य सहितको सत्य खबर” भन्ने मूल नाराका साथ खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता तथा मनोरञ्जन सामग्री प्रस्तुत गर्दै अघि बढिरहेको छ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com

    • ठेगाना: बुटवल, सुख्खानगर
    • कम्पनी दर्ता नं: २६१५०१ /०७७/७८
    • सूचना विभाग: २५९७/०७७-०७८
    • प्रेस काउन्सिल: ११७८/०७७/७८
    • इमेल: [email protected]
    • फोन: ९८५७०७३६३२, ९८१८३७८४१३

    विज्ञापनको लागि

    मोबाइल: ९८१८३७८४१३

    ई-मेल: [email protected]

    सम्पर्क गर्नुहोस्

    हाम्रो टीम

    संचालक: मोहन के सी

    सम्पादक: सिर्जना मर्सांगी मगर

    © २०८१ Butwal Dainik | सर्वाधिकार सुरक्षित । Designed by GOJI Solution
    ↑