अर्घाखाँची ८ मङ्सिर
अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नम्वर ८ का वडा अध्यक्ष सहित ७ जना जुवाडे जुवाको खालबाट सोमबार पक्राउ परेका छन् ।
दाङको राप्ती गाउँपालिका वडा नं. २ लालमटिया स्थित राप्ती फेम्ली रेष्टुरेन्टमा जुवा खेलिरहेको अबस्थामा शितगङ्गा नगरपालिका वडा नं. ८ का वडाध्यक्ष रुकेस आले सहित ७ जना एक लाख ४६ हजार रकम सहित पक्राउ परेका छन । पक्राउ पर्नेमा प्यूठान सरुमारानी गाउँपालिका निवासी चुमान सिंह सुनार, सोही ठाउँका अल्ली शाह, एडिस मिँया, अक्कबर हुसेन मिंया, कृष्ण बहादुर राना, राप्ती गाउँपालिका यम बहादुर राना रहेका छन् । उनीहरुको साथबाट जुवामा प्रयोग हुने १० गड्डी तास सहित बरामद गरेर अनुसन्धान थालिएको प्रहरीले बताएको छ ।