• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ भाद्र २२, सोमबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक मनाइँदै

      थेराङ खोलामा आएको बाढीले गोरखामा चार घर र पुल बगायो

      विराटनगरको राधाकृष्ण रथयात्राको भेटी भोटेकोशी बाढीपीडितलाई दिइने

      त्रिशूली–३ ‘ए’ सुरुङबाट आयो जवाफ, फसेकाहरू जीवित रहेको पुष्टि

      त्रिशूली–३ ‘ए’को सुरुङबाट २० हजार घनमिटर लेदो हटाइयो

      तीन ठूला नदीमा जलसतह सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सावधानी अपनाउन आग्रह

      नुवाकोटमा बाढीको भयावह दृश्य, एउटै घरबाट २४ शव बरामद

      कृष्णभीरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग ठप्प, काठमाडौं आउजाउका लागि वैकल्पिक मार्ग तोकियो

      भोटेकोशीमा पानीको बहाव बढेपछि प्रशासनको चेतावनी, नदी किनारमा उच्च सतर्कता अपनाउन आग्रह

      रसुवा बाढी : ६१६ जनाको शव फेला, २ हजार ३०१ जनाको उद्धार

      बाढीपीडितका लागि सहयोगको ओइरो, दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टामा १ अर्ब ९१ करोडभन्दा बढी जम्मा

      भोटेकोशी बाढी प्रभावितको उद्धारका लागि प्रधानमन्त्री बालेनको आपत्कालीन बैठक, सुरक्षा निकाय परिचालन

      घरबाट सम्पर्कविहीन भएकी १३ वर्षीया बालिका होटलमा फेला, अनुसन्धानपछि यौन शोषणमा लगाएको आरोपमा दुई जना पक्राउ

      बालिका हत्या प्रकरणमा आरोपी किशोरको भिडियो भाइरल भएपछि प्रहरीको अनुसन्धान सुरु

      जेठो छोराको हत्या भएको खबरले आमाको ज्यान गयो, मलेसियाबाट फर्किँदै श्रीमान्

    in
    आज: २०८३ भाद्र २२, सोमबार
    होमपेज /  बुटवल बिशेष

    बुटवलका विद्यालयहरु संचालन गर्ने कार्ययोजना पेश गर्न आग्रह

  • बुटवल दैनिक
  • २०७७ मंसिर ५, शुक्रबार (५ साल अघि)
  • ७०४ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • फाईल तस्विर

    बुटवल । बुटवल उपमहानगरपालिकाले कोभिड-१९ को महामारी रोकथामलाई प्रभावकारी बनाउँदै विद्यालय सञ्चालनको अवस्थाका बारेमा सरोकारवालासंग सुझाव माग गरेको छ ।

    फेसबुकमा पछ्याउनुहोस्

    महामारी रोकथाममा मुलुकमै नमुना काम गर्दै आएको उपमहानगरले जनस्वास्थ्यको संवेदनशिलता र बालबालिकामा रहेको जोखिमलाई मध्यनजर गरि विकल्पसमेत तय गरेर कार्ययोजना माग गरेको हो ।

    शिक्षक, विद्यार्थी, अभिभावक, विद्यालय व्यवस्थापन समिति तथा नागरिक अगुवाहरुसंग महामारीबाट जोगिंदै विद्यायल सञ्चालन गर्ने उपायका बारेमा उपमहानगरले सुझाव माग गरेको हो । उपमहानगरलाई नागरिक स्तरबाट पनि विभिन्न माध्यमबाट सुझाव दिन सकिने छ ।

    बुटवल उपमहानगरले कोरोना महामारी (कोभिड-१९) को संक्रमण कम रहेका वडाका विद्यालयमा पठन पाठन नियमित गराएको छ भने संक्रमणको जोखिम धेरै रहेको ठाउँमा के कसरी सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा सरोकारवालासंग सुझाव माग गरेको छ । उपमहानगरले शुक्रबार सार्वजनिक विज्ञप्ति जारी गर्दै विद्यालयसंग कक्षा सञ्चालनका लागि कार्ययोजना माग गरेको छ । मंसिर ८ गतेसम्ममा कार्ययोजना पेश गर्नुपर्ने छ ।

    बुटवलका वडा नं.१ देखि १३ मा रहेका सामुदायिक र संस्थागत विद्यालयमा नियमित कक्षा सञ्चालनको अवस्था, सम्भावना र जोखिमका बारेमा विस्तृत विवरण उपलब्ध गराउन सम्बन्धित निकायलाई निर्देशन दिइएको प्रमुख शिवराज सुवेदीले बताए । तोकिएका वडाका विद्यालयहरुबाट आउने कार्ययोजना र सुझावलाई अध्यय्न गरेर स्वास्थ्य सम्बन्धी विज्ञ, चिकित्सक, प्राविधिकसंग थप छलफल गरेर कक्षा सञ्चालनको निर्णय गरिने प्रमुख सुवेदीले बताए ।

    स्वास्थ्य सम्बन्धी मापदण्ड पालना गर्दै थप व्यवस्थित ढंगबाट सिकाइ केन्द्र सञ्चालन गर्ने बारेमा वडा तहबाटै वस्तुगत अवस्थाको यथार्थता र सम्भावित जोखिमको आँकलनसहित सुझाव माग गरिएको प्रमुख सुवेदीको भनाइ छ । कोभिड संक्रमणको जोखिम उच्च रहेकोले विद्यालय संचालनका लागि विशेष सतर्कता अपनाउन जरुरी भएकोले विद्यार्थी संख्या र उपलब्ध भौतिक पूर्वाधार समेत मध्यनजर गरी स्वास्थ सम्बन्धी तोकिएका मापदण्डहरु पूर्णत पालना गर्ने गरी उपयुक्त विकल्प प्रयोग गर्न निर्देशन दिइएको प्रमुख सुवेदीले बताए ।

    उपमहानगरले जारी गरेका विकल्पहरु मध्ये उपयुक्त विकल्पहरु प्रयोग गर्ने गरी विद्यालय संचालन सम्बन्धी कार्ययोजना तयार गरी मंसिर ८ गते भित्र उपमहानगरको कार्यालयमा पेश गर्न निर्देशन दिइएको छ । कोभिड संक्रमणको जोखिम उच्च रहेकोले विद्यालय संचालनका लागि विशेष सतर्कता अपनाउन जरुरी भएकोले विद्यार्थी संख्या र उपलब्ध भौतिक पूर्वाधार समेत मध्यनजर गरी स्वास्थ्य सम्बन्धी तोकिएका मापदण्डहरु पूर्णत पालना गर्ने गरी सरोकारवालको सहकार्यमा ती वडामा विद्यालय सञ्चालनको कार्ययोजना बनाइने छ ।

    उपमहानगरले वडा नं.१ देखि १३ सम्मका क्षेत्रलाई संक्रमितको संख्या, सक्रिय संक्रमित र निको भएका दरका आधारमा अझैं पनि जोखिमयुक्त मानेको छ । जोखिमयुक्त यीनै वडामा रहेका विद्यालयमा नियमित पठन पाठन (फेस् टू फेस् मेथड) सञ्चालन गर्न सकिने नसकिने विषयमा कार्ययोजना माग गरिएको हो ।

    बुटवलका वडा नं.१४ देखि १९ सम्म कोभिड संक्रमणको जोखिम कम रहेका क्षेत्र हुन । यहाँका संक्रमितको संख्या, निको हुनेको संख्या र सक्रिय संक्रमितको अवस्थाका आधारमा यी वडालाई जोखिम कम रहेको मानिएको हो ।

    संक्रमण भएका, निको भएका, संक्रिय संक्रमित रहेका संख्याका आधारमा जोखिमको अवस्थाको मूल्यांकन गर्दै शिक्षण सिकाई केन्द्रहरु मापदण्ड पूरा गरेर सञ्चालन गर्न अनुमति दिइसकिएको उपप्रमुख गुमादेवी आचार्यले बताइन । उनले जोखिम रहेका क्षेत्रमा कसरी सञ्चालन गर्न सकिन्छ भनेर कार्ययोजना माग गरिएको बताइन ।

    वडा नं। १४ देखि १९ मा रहेका सामुदायिक र संस्थागत दुबै विद्यालयमा शिक्षण सिकाईका कक्षाहरु दसैंको पूर्णिमाको भोलिपल्ट देखि नै नियमित सञ्चालनमा रहेको र त्यहाँ पनि स्वास्थ्य सम्बन्धी मापदण्ड अपनाइएको उपमहानगरका प्रवक्ता रामप्रसाद रेग्मीले बताए ।

    उपमहानगरका शिक्षा, स्वास्थ्य तथा जनसंख्या महाशाखा प्रमुख उपसचिव मित्रमणी खनालका अनुसार बुटवलमा मंसिर ५ गतेसम्म संक्रमितको संख्या तीन हजार ७३ रहेको छ ।

    मंसिर ५ गते मात्रै एकै दिन जम्मा १३ जना संक्रमित थपिएका छन् । जसमा वडा नं.१४ देखि १९ सम्ममा एकजना पनि छैनन । हाल चार सय ११ सक्रिय संक्रमित रहेकोमा यी वडामा जम्मा सात जना रहेका छन् ।

    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    बुटवल बिशेष सम्बन्धि थप

    भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक मनाइँदै

    थेराङ खोलामा आएको बाढीले गोरखामा चार घर र पुल बगायो

    विराटनगरको राधाकृष्ण रथयात्राको भेटी भोटेकोशी बाढीपीडितलाई दिइने

    त्रिशूली–३ ‘ए’ सुरुङबाट आयो जवाफ, फसेकाहरू जीवित रहेको पुष्टि

    त्रिशूली–३ ‘ए’को सुरुङबाट २० हजार घनमिटर लेदो हटाइयो

    तीन ठूला नदीमा जलसतह सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सावधानी अपनाउन आग्रह

    समाचार

    भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक मनाइँदै

    थेराङ खोलामा आएको बाढीले गोरखामा चार घर र पुल बगायो

    विराटनगरको राधाकृष्ण रथयात्राको भेटी भोटेकोशी बाढीपीडितलाई दिइने

    त्रिशूली–३ ‘ए’ सुरुङबाट आयो जवाफ, फसेकाहरू जीवित रहेको पुष्टि

    बुटवल दैनिक बिशेष

    कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला, तीन दिनदेखि थिए बेपत्ता

    आयल निगमले डिजेल,पेट्रोल र मट्टितेलको मूल्य बढायाे

    तिलोत्तमा रक्तदाता समाज गठन, संस्थाको अध्यक्षमा गोबिन्द बन्जाडे चयन

    प्रेस युनियन गुल्मीका सचिव विश्वकर्मा र सदस्य सुनार द्वय सम्मानित

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित बुटवल दैनिक डट कम “तथ्य सहितको सत्य खबर” भन्ने मूल नाराका साथ खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता तथा मनोरञ्जन सामग्री प्रस्तुत गर्दै अघि बढिरहेको छ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com

    • ठेगाना: बुटवल, सुख्खानगर
    • कम्पनी दर्ता नं: २६१५०१ /०७७/७८
    • सूचना विभाग: २५९७/०७७-०७८
    • प्रेस काउन्सिल: ११७८/०७७/७८
    • इमेल: [email protected]
    • फोन: ९८५७०७३६३२, ९८१८३७८४१३

    विज्ञापनको लागि

    मोबाइल: ९८१८३७८४१३

    ई-मेल: [email protected]

    सम्पर्क गर्नुहोस्

    हाम्रो टीम

    संचालक: मोहन के सी

    सम्पादक: सिर्जना मर्सांगी मगर

    © २०८१ Butwal Dainik | सर्वाधिकार सुरक्षित । Designed by GOJI Solution
    ↑