
बुटवल, ०५ मंसिर:- बुटवलको कोरोना विशेष अस्पतालमा शुक्रबार दुईजना कोरोना संक्रमित पुरूषको मृत्यु भएको छ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका वार्ड २ का ५९ वर्षीय पुरुषको शुक्रबार दिउँसो १२ बजेर ४६ मिनेटमा मृत्यु भएको हो भने त्यसको ४ मिनेटपछि १२ बजेर ५० मिनेट जाँदा गुल्मीको रेसुगा नगरपालिका वार्ड १ का ६६ बर्षिय पुरुषको मृत्यु भएको अस्पतालमा सुचना अधिकारी डा विष्णु गौतमले बताए ।
तिलोत्तममा नगरपालिका पुरुषमा यहि २ गते कोरोना संक्रमण पुष्टि भएको थियो। यस्तै गुल्मीका पुरुषको कार्तिक २८ गते कोरोना पोजेटिभ भएको थियो।


