गुल्मी, ०४ मंसिर।
गुल्मीमा कोरोना भाइरस संक्रमितको संख्या ८ सय नाघेको छ । स्वास्थ्य कार्यालय गुल्मीका अनुसार अहिलेसम्म जिल्लामा कोरोना भाइरस संक्रमितको संख्या ८१५ पुगेको हो । संक्रमितमध्ये अहिलेसम्म ७३८ जनाले कोरोना भाइरस जितेर घर फर्किएका छन् ।
जिल्लामा संक्रिय संक्रमितको संख्या ६७ रहेको छ । कोरोना भाइरस कोभिड–१९ परिक्षणका लागि यस जिल्लाबाट अहिलेसम्म ५ हजार ४ सय ८१ जनाको स्वाब संकलन गरिएकोमा सबैको परिक्षण भैसकेको छ ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ लाई मध्यनजर गर्दै जिल्लामा १४९ बेड क्षमताको आइसोलशेन निर्माण गरिएकोमा ६७ जना रहेका छन् । जिल्लाका विभिन्न ९३ स्थानमा ७९० बेडक्षमताको क्वारेन्टीन निर्माण गरिएको छ । यस जिल्लामा कोभिड–१९ संक्रमणका कारण ११ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय गुल्मीका सुचना अधिकारी पशुपति आचार्यले जानकारी दिनुभयो ।