अर्घाखाँची ,०३ मङ्सिर ।
अर्घाखाँचीमा कोरोना भाइरस कोभिड १९ को कारण आज थप १ जना पुरुषको ज्यान गयेको छ ।
ज्यान गुमाउनेमा शितगंगा नगरपालिका घर भई सन्धिखर्कमा ईलेक्ट्रिक व्यवसाय गर्दै आएका ३६ बर्षिय प्रेम विसिको उपचारका क्रममा आज बिहान १०:५७ मा भैरहवा मेडिकल कलेजमा ज्यान गएको हो ।
उनको कार्तिक २४ गते स्वाव संकलन गरियेकोमा २५ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
योसँगै अर्घाखाँचीमा काेराेनाका कारण मृत्यु हुनेको संख्या ९ पुगेको छ ।