काठमाडौं । सत्तारुढ नेकपाको सचिवालय बैठकको समय जुधाएर पार्टी अध्यक्ष एंव प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बैठक बोलाएका छन् । ओलीले बुधबार दिउँसो १ बजेका लागि मन्त्रिपरिषद बैठक बोलाएका हुन् ।
यसअघि शुक्रबार बसेको नेकपा सचिवालय बैठकले आज दिउँसो १ बजेदेखि नै बस्ने गरि सचिवालयको बैठक बोलाएको थियो । ओलीले सचिवालय बैठकको समय जुधाउँदै मन्त्रिपरिषद बैठक बोलाएका हुन् ।
नेकपाको सचिवालय कमिटीमा ओलीसहित ईश्वर पोखरेल, रामबहादुर थापा बादल र विष्णु पौडेल छन् । तर, ओलीले सचिवालय बैठक छल्नकै लागि मन्त्रिपरिषद बैठक बोलाएकाे प्रष्ट हुन्छ ।
ओलीले सुरुदेखि नै बैठक स्थगित गर्नुपर्ने अडान राख्दै आएका थिए । तर, अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितका सचिवालय सदस्यहरु बैठक गर्ने पक्षमा देखिएका थिए । बहुमत सचिवायल सदस्यहरु बैठक गर्ने पक्षमा देखिएसँगै उनले नयाँ रणनीति स्वरुप मन्त्रिपरिषद बैठक बोलाएका हुन् ।
ओलीले नयाँ रणनीति अख्तियार गरेसँगै नेकपाकाे सचिवालय बैठक पनि हुन्छ या हुँदैन् अलमल परेको छ । ओलीको रणनीतिले के निष्कर्ष देला भन्ने अन्यौंल बढेकाे छ ।
यसबीच मन्त्रिपरिषदका एक सदस्य योगेश भट्टराईले सत्तारुढ नेकपाभित्र कठिन समय आएको टिप्पणी गरेका छन् । पछिल्लो पार्टीभित्रको टकराबबारे सामाजिक सञ्जाल ट्विटरमा बोल्दै उनले भनेका छन्, ‘सर्वाधिक कठिन समय !’