
बुटवल,०२ मंसिर। रुपन्देही प्रहरीले जुवा खेली रहेको अवस्थामा बुटवलका ६ जना जुवाडे नियन्त्रणमा लिएको छ ।
बुटवल उपमहानगरपालिका वडा नं ११ मजुवा स्थीत होटल होण्डामा जुवा खेली रहेका ६ जना नियन्त्रणमा लिईको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ ।
नियन्त्रणमा लिईएकाहरुको साथबाट ६ लाख रुपैया नगद समेत बरामद गरीएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायव उपरिक्षक खड्क बहादुर खत्रीले बताए ।
प्रहरीले होटल सन्चालक २६ बर्षिय कुशल थापा सहित बुटवल उपमहानगरपालिका वडा नं ४ का ४४ बर्षिय होम क्षेत्री, बुटवल उपमहानगरपालिका वडा नं ११ बस्ने २८ बर्षिय राजेस रसाईली, ३७ बर्षका हरी प्रधान र २७ बर्षिय आकाश क्षेत्री तथा वडा नं ९ का ३५ बर्षिय सम्विधान खत्री रहेको प्रहरीले जनाएको छ ।
नियन्त्रणमा लिइएकाहरुलाई आवश्यक कारबाहिको लागी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।


