अर्घाखाँची, १ मङ्सिर ।
कोरोना सङ्क्रमणका बिच येस बर्षको तिहार पर्व पनि धुमधाम का साथ अर्घाखाँचीमा सम्पन्न भएको छ । विशेषगरी यो बर्ष पोहोर परार जस्तो रैनक नभयेपनी सामान्य परिवारका सदस्यहरुको बिचमा नै एकआपसमा खुशी साटासाट गरि येस बर्षको तिहार पर्व अर्घाखाँची जिल्लामा पनि समापन गरीएको छ ।
अहिलेको यो विषम परिस्थिति लाई मध्यनजर गर्दै अर्घाखाँची जिल्लाले देउसी भैलो खेल्न नदिने निर्णय गरीसकेको छ । त्यसैले पनि अहिलेको तिहार पर्वलाइ सामान्य हिसाबले धेरै मानिसहरु भेटघाट नभई देउसीभैलो नखेलेर नै मनाइयेको छ । दाइभाइलाइ दिदीबहिनीले टीका लगाइदियेर मिठो-मिठो परिकार खानदिइ सकेपछी दिदिबहिनीले दाजुभाइलाई आफ्नो दाइभाइको प्रगतीको कामना गर्ने र दाइभाइले पनि आफ्नो दिदिबहिनीको सौभाग्यको कामना गर्ने चलन रहीआएको छ ।
आजको लागि तिहारको उत्तम साइत ११:३७ मिनेटमा रहेको थियो । त्यसै अनुरुपनै बिहान देखिनै आज बाटोघाटोमा सामान्य किसिमको चहलपहल देख्न सकिन्छ । साथै भेटघाट हुन नपायेर अथवा बिदेशहुने घरभन्दा टाढा हुनेले पनि भिडियो कल मार्फत पनि खुशी साटासाट गरेका छन । अहिले सामाजिक संजालमा राखियेका तस्विरहरुले गर्दा सामाजिक संजाल रङ्गिबिरङ्गी बनेको छ । तरपनी येस बर्ष कोरोनाको जोखिमको कारणले गर्दा पनि येसबर्षको तिहार पर्व पोहोरपरार जस्तो बिशेश बन्न सकीराखेको छैन ।