नेपालीहरुको दोस्रो ठूलो पर्व तिहारको अवसरमा रातिको समयमा बुटवल रङ्गिबिरङ्गी देखिन्छ । तिहारपर्व मनाउन गाउँ फर्कनेको सङ्ख्या बढेपछि र विभिन्न व्यवसाय, पसलहरु, कार्यालय बन्द भएपछि तिहारको दिन बुटवलका सडक सुनसान छन । तिहारको दिन एकाबिहानै भने बुटवलका विभिन्न स्थानहरुमा फुलमाला,रङ्ग,टीका तथा फलफुल किन्नेको भिडभाड बढेको देख्न सकिन्थ्यो । तस्बिर: विवश विष्ट/बुुुटवल दैैैनिक