गुल्मी, ३० कार्तिक ।
गुल्मी मदाने गाउँपालिकाको दुर्गम गाउँ अग्लुङ्गको ओख्लेदहमा पहिलोपटक बस पुगेको छ । स्थानिय मोटरबाटो सञ्चालन भएको दशक पुग्दा पनि नियमित रुपमा गाडी संचालन हुन सकिरहेको छैन । जसले गर्दा १८० घरपरिवारका स्थानिय नागरिक अझैपनि सहज यातायातबाट बञ्चित छन । उनिहरु सदरमुकाम तम्घास, बुटवल लगायतका शहर प्रवेशका लागि १ देखि २ घण्टा हिड्नुपर्ने बाध्यता रहेको स्थानियहरुको गुनासो छ ।
बाटो राम्रो हुदाहुदै पनि स्थानिय सरकारलाई नियमित गाडी संचालन गर्नमा कुनै चासो छैन । व्यक्तिगत प्रयोजनका लागि बस पुग्न सक्ने बाटोमा सानो गाडी नियमित रुपमा गुड्न सकेको छैन । गाउँ गाउँमा सिंहदरबार पुगेको भनेका स्थानिय जनप्रतिनिधिहरु र संबंधित पक्षबाट जनतालाई सेवासुविधा प्रदान गर्ने कुरामा ध्यान जान जरुरी छ ।
प्रस्तुत तस्बिरमा पहिलोपटक सो ठाउँमा व्यक्तिगत प्रयोजनका लागि बस पुगेको दृश्य ।