सुभाङ, मलेसिया:- मलेसियाको सुभाङमा रहेको village grocer market कम्पनीमा बिगत ८ बर्ष देखि काम गर्दै आएका सल्यान त्रीबेणि गाउँपालिका ५ का रुपलाल कुवरको बिहीबार (नोभेम्बर १२ तारिख) मा मृत्यु भएको छ ।
रुपलालको बुधबार बिदा थियो , बिदाको दिन साथीहरू सङ मदिरा सेवन गर्दै राति अबेर सम्म बसेका उनि बिहीबार बिहान सबै साथीहरू काममा गए तर उनि काममा अनुपस्थित भएपछि साथीहरूले खोजि गरे।
पटकपटक फोन सम्पर्क गर्दा फोन समेत रिसिभ नभएपछि साथीहरू आएर कोठामा हेर्दा सुतिरहेको अबस्थामा मृत फेला परेका थिए।
मृतक रुपलालको सव पोस्टमार्टमको लागि लगिएको र सव फिर्ता को लागि कम्पनीले प्रक्रिया चलाइरहेको सोहि कम्पनिमा कार्यरत एक नेपालिले जानकारी दिए ।