कपिलवस्तु , २९ कार्तिक ।
कपिलवस्तु जिल्ला काे महाराजगन्ज नगरपालिका भित्र पनि दिप (दिया) बालेर दिपावली मनाइएको छ ।
बिहान देखि घर अागन लिपपोत गर्ने , आज विशेष गरी घरका झ्याल, ढोका, चोटा, कोठा, सँघार, कौसी, अटाली, भ¥याङलगायत स्थानमा सरसफाइ गरी दीपावली गरिन्छ ।
आज साँझ आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने कोठासम्म गाईको गोबर र माटाले लिपपोत गरेर चामलको पीठो र अबीरले रंग गाेली बनाएर दिपावली मनाउने परम्परा पहिले देखि चालिएको छ ।
पाइलैपिच्छे केराको सुत्लो अथवा माटाको पालामा दीप प्रज्वलन गरी झिलीमिली बनाइन्छ । हाल पालामा दियोका स्थानमा मैनबत्ती बाल्ने प्रचलन बढ्न थालेको छ ।
लक्ष्मीपूजाका अवसरमा आज शहर बजारमा दीपावली गरी झिलीमिली बनाइन्छ । कुल परम्परानुसार कतै आजै बिहान गाईको पूजा गर्ने प्रचलनसमेत छ ।
अाज मिठाेमिठाे परिकार काे खाना बनाएर खाने गरिन्छ । नयाँ नयाँ लुगा किनेर लगाउने गरिन्छ । माेम बत्ती र दिप बाल्ने गरिन्छ ।
अाज कपिलवस्तु लगायत अन्य जिल्ला र भारत मा पनि दिपावली मनाउने परम्परा रहेको छ ।