बुटवल , २८ कार्तिक।
बुटवल नगर खेलकुद बिकास समितीले बुटवलमा खेलकुद पुर्वाधार बिकासका लागि प्राथमिकताका आधारमा बजेट बिनियोजन गरेको छ ।
हालै बुटवल उप-महानगर पालिका नगर प्रमुख शिवराज सुबेदीले बुटवललाई खेलकुद हवको रूपमा बिकास गर्न खेलकुदलाई विशिष्टीकरण र विविधिकरण गर्न प्राप्त निर्देशन अनुसार बुटवल नगर खेलकुद बिकास समितिको संयोजक नन्द बहादुर काउचाको अध्यक्षतामा सदस्य सचीव कोपिला ज्ञवालीको सन्चालनमा सम्पन्न १७ औ पुर्ण बैठकले हालै बुटवल उप- महानगर पालिका अन्तर्गतका ३८ वटा खेल्कुद पुर्वाधारहरुको सम्भाव्यता अध्ययन गरेका क्षेत्रहरूलाई प्राथमिकताका आधारमा स्तर उन्नति र बिकास गर्ने गरि बजेट बिनियोजन गरेको हो ।
जसअनुसार बुटवल बहुमुखी क्याम्पमा ब्याडमिन्टन कोट निर्माण गर्न ५० हजार ,प्रगति मा.बि. खेलमैदान ब्यवस्थापन ५० हजार ,तल्लो देविनगर सार्वजनिक खाली खेल मैदानमा बुटवल स्पोर्ट्स भिलेज निर्माणको लागि डिपिआर निर्माण गर्न ५ लाख ,भलिबल कोट निर्माण गर्न ३ लाख, छन्त्याल तारा खेल्कुद मैदान फिलिङ्ग लेवलिङ र रिटेनिङ बाल निर्माण गर्न ५ लाख, पासाङपथ खेलमैदान ब्यवस्थापन ५० हजार, उजेलापुर खेलमैदान ब्यवस्थापन ३ लाख ४९ हजार ,हरिहरपुर फुटबल खेलमैदान ब्यवस्थापन १ लाख ,धन्दापुर क्रीकेट खेलमैदान ब्यवस्थापन तथा संरक्षण ५ लाख , लुम्बिनी प्रदेश सरकार द्वारा खेलमैदान पुर्वाधार बिकास १० प्रतिशत अन्तर्गत २ लाख, लक्ष्मीनगर खेलमैदान खुल्ला जिम निर्माण थप १ लाख , सिद्धेस्वरी लालकुमारी मा.वि खेलमैदान खुल्ला जिम थप १ लाख, वडा कार्यलय बुटवल १० खुल्ला जिम निर्माण थप १ लाख बिनियोजन भएको नगर खेलकुद बिकास समितिका सदस्य एवं नवीन औधोगिक कदर बहादुर रिता मा.विका प्रधानाध्यापक प्रेम बहादुर बस्नेतले बताउनु भयो।
बुटवल उप- महानगर पालिका द्वारा संचालित प्रथम रास्ट्रपति रनिङ सिल्ड २०७६ मा सहभागी सामुदायिक बिधालयहरु र क्लबहरुलाई खेलकुद सामाग्रीहरु वितरण गर्ने योजना रहेकोे बुटवल नगर खेलकुद बिकास समितिका संयोगज नन्द बहादुर काउचाले बताउनु भयो।