फर्साटिकर २८ कार्तिक ।
रुपन्देहीको शुद्धोधन गाउँपालिका वडा न . ४ ले गाउँपालिका भित्र रहेका विभिन्न क्लबहरुलाई खेलकुद सामाग्री हस्तान्तरण गरेको छ ।
गाउँपालिकाको वडा न.३ मा रहेको सखुवानी युवा क्लब र रमवापुर युवा क्लब,वडा न.४ मा रहेको फर्साटिकर युवा क्लब र वडा न .५ मा रहेको मानपकडी युवा क्लबलाई वडाले भलिबल, नेट , फुटबल र क्रिकेट बल हस्तान्तरण गरिएको हो। स्थानीय स्तरमा रहेका खेलाडीहरुलाई खेलमार्फत चिनाउनका लागी वडाले स्थानिय युवाहरुसङ्ग समन्वय गर्नेक्रममा शुद्धोधनमा सक्रिय ४ क्लबहरुलाई खेलसामाग्री हस्तान्तरण गरिएको वडा न.४ अध्यक्ष एंव गाउँपालिका प्रवक्ता राजेन्द्र कडेलले बताउनुभयो ।
उहाले युवाहरुलाई खेलकुद सङ्ग जोड्नका लागि पनि खेलकुद सामाग्री प्रदान गरि सुरुवात गरेको र आगामी दिनमा स्थानिय खेलाडीहरुको विकासमा वडाले निरन्तर रुपमा काम गर्ने बताउनुभयो ।