कञ्चनपुर । कञ्चनपुर प्रहरीले अवैध सामान बरामद गरेको छ । जिल्लाको शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरबाट भन्सार छलेर ल्याइएको ८८ हजार बराबरको सामान बरामद गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक किसनानन्द भट्टका अनुसार ८८ हजार मुल्य बराबरको चिनी, प्याज, प्लाष्टिकका थैली र मिठाई बरामद गरिएको हो ।
बरामद गरिएका सामान आवश्यक कारवाहीका लागि गड्डाचौकी भन्सार कार्यालय महेन्द्रनगर पठाइएको उनले बताए ।