बुटवल, २४ कार्तिक ।
तिलोत्तमा नगरपालिकामा यसपाली देउसीभैलो खेल्न नपाउने भन्दै नगरपालिका सुचना जारी गरेको छ । विश्वव्यापी फैलिएको कोरोना भाइरसको संभावित संक्रमण न्युनिकरणका लागि यस्तो निर्णय गरिएको हो ।
तिलोत्तमा नगरपालिकाको १९ गते बसेको सचिवालयकोबैठक अनुसार नगरक्षेत्र भित्र देउसि भैलो खेल्न/खेलाउन नपाउने गरि निर्णय गरेको थियो ।
कोरोना भाइरस (कोभिड १९)को संक्रमण नगरक्षेत्रका समुदाय स्तरमा तिव्र रुपले फैलिएकोले यसको संभावित संक्रमणको जोखिम रोकथाम, नियन्त्रण र न्युनिकरणका लागि आउदै गरेको नेपालीहरुको पर्व तिहारको अवसरमा गरिने देउसिभैलो कार्यक्रम यस वर्ष नगरक्षेत्र भित्र नगर्न प्रमुख प्रशासकीय अधिकृत माधव प्रसाद शर्माले जानकारी दिनुभयो ।