गुल्मी, २१ कार्तिक।
गुल्मीमा कोरोना भाइरस संक्रमितको संख्या ७ सय ४३ पुगेको छ । स्वास्थ्य कार्यालय गुल्मीका अनुसार अहिलेसम्म जिल्लामा कोरोना भाइरस संक्रमितको संख्या ७४३ पुगेको हो । संक्रमितमध्ये अहिलेसम्म ६७८ जनाले कोरोना भाइरस जितेर घर फर्किएका छन् ।
जिल्लामा संक्रिय संक्रमितको संख्या ५६ रहेको छ । कोरोना भाइरस कोभिड–१९ परिक्षणका लागि यस जिल्लाबाट अहिलेसम्म ५ हजार २ सय २६ जनाको स्वाब संकलन गरिएकोमा सबैको परिक्षण भैसकेको छ ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ लाई मध्यनजर गर्दै जिल्लामा १४९ बेड क्षमताको आइसोलशेन निर्माण गरिएकोमा ५६ जना रहेका छन् । जिल्लाका विभिन्न स्थानमा ७९० बेडक्षमताको क्वारेन्टीन निर्माण गरिएको छ । यस जिल्लामा कोभिड–१९ संक्रमणका कारण ९ जनाको मृत्यु भएको छ ।
लकडाउन भएदेखि हालसम्मको अवधिमा भारतबाट ७ हजार ७२८ जना यस जिल्लामा भित्रिएका छन् । यस्तै भारत बाहेका अन्य तेश्रो मूलुकबाट ४८५ जना भित्रिएका स्वास्थ्य कार्यालय गुल्मीका सुचना अधिकारी पशुपति आचार्यले जानकारी दिनुभयो ।