विवश विष्ट
गुल्मी,१८ कार्तिक ।
पशुपंक्षी संरक्षण नेपालले अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न गरेको छ । गुल्मीको मदाने गाउपालिका वडा नम्बर १मा सोमबार एक अौपचारिक कार्यक्रम गर्दै अन्तरक्रियात्मक कार्यक्रम गरेको हो ।
मदाने गाउँपालिका वडा न. १ का वडा अध्यक्ष प्रेम चन्द बोहोराको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा पंक्षि संरक्षण नेपालकाश्रेष्ठ , जलवायु नियन्त्रकका प्रतिनिधि स्वम्भु भट्टराई, स्वस्थ्य चुलो नेपालका जिल्ला कोडिनेटर राजेन्द्र बिष्ट, सोका परिचालक विनोद विष्ट र अग्लुङ्गमा रहेका विभिन्न सामुदायिक वन उपभोक्ता समितिका प्रतिनिधि लगायतका व्यक्ति हरुको उपस्थित रहेको थियोे ।
कार्यक्रममा जलवायु परिवर्तन न्युनिकरण तथा व्यवस्थापनका विषयमा छलफल गरिएको थियोे । कार्यक्रममा जलवायु नियन्त्रकका प्रतिनिधि स्वम्भु भट्टराईले जलवायु परिवर्तनका कारण पशुपंक्षी तथा वनस्पति खतरामा पर्नुको कारण र रोकथामका विषयमा बोल्नु भएको थियोे । मदाने संरक्षण क्षेत्र र स्थानिय स्तरमारहेका सामुदायिक वनहरूलाई लक्ष्यित गर्दै यसै क्षेत्रमा कार्यक्रम गरिएको आयोजक टिमले जनाएको छ ।Integrating livelihoods and conservation (ILC)-PPN-II को प्रोजेक्ट अन्तर्गत यस्तो कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रेम चन्द बोहराले फरक खालको यस्तो कार्यक्रम मदाने १ मा आयोजना गरेकोमा पशुपंक्षी संरक्षण नेपाललाई धन्यवाद ज्ञापन गर्नुभयो । जसबाट यहाँ रहेका विभिन्न सामुदायिक वनहरुमा कसरी पशुपंक्षी संरक्षण गर्ने,जलवायु नियन्त्रणमा के गर्ने भन्ने बिषयकमा रहेको कार्यक्रम आयोजनाका लागि स्थानिय तह खुसि भएको बताउनुभएको छ ।