गुल्मी, १५ कार्तिक ।।
गुल्मीको मदाने गाउँपालिकामा रहेका कृषकहरुले बेमौसमी खेतीको अभ्यास गर्दै छन । कोभिड विशेष बेमौसमी आलु प्रवद्धन समितिद्वारा कृषि ज्ञान केन्द्र गुल्मीको प्राविधिक सहयोगमा मदानेमा वितरित बेमौसमी ३०० क्विन्टल आलु लगाएर कृषकहरु अनुभव गर्दै गरेको बताइएको छ ।
वर्षा याममा लगाइएको आलुको बोट अहिले निकै राम्रो भएको छ । प्राय सबै समूहद्वारा क्रियाशिल कृषकहरुले पाएको जनकदेव बेमौसमी आलुको बीउ सबै कृषकहरुले आफ्नो खेतबारीमा खेती गरेको देख्न सकिन्छ । विशेष गरि १८ सय मिटर भन्दा माथिल्लो भेगमा राम्रो जातको बीउ भएकाले सोही ठाउमा नै प्लटिङ गरि लगाईएको छ भने छिटपुट परिक्षणका लागि तल्लो भेगमा पनि लगाईएको छ, तल्लो भेगमा पनि बोट राम्रो भएको कृषकहरु बताउँछन् ।
मदानेका बाझकटेरी, अग्लुङ्ग, मलागिरी का उपल्लो भेगमा लगाइएको आलु राम्रो फलेको मदाने गाउँपालिका कृषि विकास शाखाले जनाएको छ । यसैका लागि भनेर दिइएको तालिम अनुरुप कृषकले काम गरि लगाईएको भएका कारण आलु निकै राम्रो उत्पादन भई कृषकहरुको जिवनस्तरमा विकास हुने अपेक्षा लिइएको छ ।