काठमाडौं, १३ कात्तिक :- न्यूज २४ टेलिभिजनमा कार्यरत चर्चित संचारकर्मी रबि लामिछानेले मंगलबार रातिबाट हल्का ज्वरो आएपछि पीसीआर परीक्षण गर्दा आफू र श्रीमती निकिता पाैडेल दुवैलाई कोरोना पोजेटिभ देखिएको फेसबुकमार्फत् बिहीबार बिहान जानकारी दिनुभएको छ ।
उहाँले भन्नुभएको छ, ‘हामी दुवैको स्वास्थ्य सामान्य छ, केही पेशागत क्रियाकलपाले र केही आफ्नै लापरबाहीले संक्रमण भएको हुनसक्दछ ।’
घरमा आफूहरू दम्पती मात्र रहेकोले धेरै समस्या नरहेको उहाँले बताउनुभएकाे छ । उहाँको आग्रह छ, ‘घरमा हामी दुई मात्र छौं । त्यसैले धेरै समस्या छैन । तर घरमा वृद्ध अवस्थाका सदस्यहरु हुनेले चाहिँ बिल्कुल लापरबाही नगरौं ।’