अर्घाखाँची, ०६ कार्तिक ।
अर्घाखाँचीको मालारानी गाउँपालिका वडा न ३ मा अस्तव्यस्त विद्धुत सामाग्री तथा अव्यवस्थित तार र बिजुली खम्बाहरु मर्मत तथा निर्माण गरिएको छ ।
बुटवल दैनिक अनलाईन पत्रिकामा कार्तिक ३ गते ‘मालारानीको विद्धुतमा लापरबाही, जनता जोखिममा पर्दा स्थानिय सरकार बेखबर [फोटो फिचर सहित]’ शिर्षकमा प्रकाशित समाचारको ध्यानाकर्षण भएको छ । यही समाचार कै कारण त्यहाका अव्यवस्थित तार लगायतका सामाग्री पुन:निर्माण तथा काठका अव्यवस्थित पोलहरु परिवर्तन गरेर नयाँ फलामका खम्बाहरु राखिएको छ । स्थानिय गणेश पोखरेलको नेतृत्व र प्राधिकरणका प्राविधिकहरुद्वारा विभिन्न स्थानमा रहेका ४/५ वटा खम्वा परिवर्तन गर्नुका साथै नाङ्गा तारहरु छुने रुख तथा बिरुवा काटिएसँगै बिद्धुत आपूर्ति निरन्तर भैरहेको छ ।
स्थानियहरु जोखिममा परेपछि प्रकाशित समाचारका कारण नेपाल विद्धुत प्राधिकरण अर्घाखाँची वितरण केन्द्रको ध्यानाकर्षण भएपछि स्थानियहरु लाई राहात पुगेको छ । विभिन्न कारणले गर्दा गइरहने लाइनलाई न्युनिकरण गर्नु अगाडि बढेको नेपाल विद्धुत प्राधिकरण अर्घाखाँची वितरण केन्द्रले जनाएको छ । स्थानियहरुको मागलाई सहजै स्विकार्दै निरन्तर रुपमा सेवा गरिने नेपाल विद्धुत प्राधिकरण अर्घाखाँची निमित्त प्रमुख भोला पाण्डेले जानकारी दिनुभयो ।