क्वालालम्पुर :- मलेसियामा कोरोना भाइरस ( कोभिड-19 ) ले संक्रमित हुनेको संख्या २१ हजार ३६३ जना पुगेको छन, भने संक्रमणको कारण अहिलेसम्म मृत्यु हुनेको संख्या १९० जना पुगेको छ।
आज अक्टोबर १९ तारिख , सोमबारको दिन कोरोनाको कारण थप ३ जना नागरिकको मृत्यु भएसंगै जम्मा मृत्यु हुनेको संख्या १९० जना पुगेको हो। आजमात्रै पुनः ८६५ जना नयाँ संक्रमित फ़ेला परेको मलेसियन स्वास्थ्य मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको छ। जम्मा संक्रमित मध्य आज ४५५ जना निको भएसंगै जम्मा १३ हजार ७१७ जनाले उपचार सकिएर स्वास्थ्य लाभ लिई निको भैइसकेको मन्त्रालयको तथ्यांकले देखाउछ।