बुटवल, ३ कार्तिक ।
देशले कोरोना महामारीको सामाना गरिरहेको छ । नागरिकहरुले उपचारमा समेत कठिनाई भोगिरहेको अवस्थामा प्रतिनिधि तथा पर्देश सभाका सांसदहरुले भने दशै भत्ता लिइरहेको अवस्था छ ।
गुल्मी जिल्ला क्षेत्र न २ का प्रतिनिधि सभा सदस्य तथा नेकपाका स्थायी कमिटी सदस्य गोकर्णराज बिष्टले भने आफुलाई आएको दशै खर्च फिर्ता गरेका छन । आम नागरिकहरुले चरम पीडा भोगिरहेको र देशमा गम्भीर संकट थपिदै षएको अवस्थामा सांसदहरुको हैसियतमा दशै खर्चको नाममा सुविधा लिने कुरा सामाजिक न्यायको हिसाबले उपयुक्त देखिदैन” भन्दै नेकपा नेता विष्टले दशै खर्च वायतको सुविधा फिर्ता गरेका हुन ।
यो सुविधावापतको रकम थोरैभए पनि सर्वसाधारणको उपचार र राहातमा पुगोस भनेर संघिय संसद सचिवालयमा चेकमार्फत फिर्ता गरेको जानकारी दिए । यसरी समय र परिस्थितिलाई हेरिकन यस्तो विषम परिस्थितिमा पनि आफ्नो देश र जनताका लागि थोरैभए पनि सेवा र सहयोग गर्नु सम्मानजनक छ ।