गुल्मी १ कार्तिक ।
गुल्मीमा ट्याक्टर दुर्घटना हुदाँ एक जनाकाे ज्यान गएकाे छ । जिल्लाकाे मदाने गाउँपालिका -७ भनभने स्थित तिमुरखर्क बाट गिट्टी लोड गरी भनभने तर्फ आउँदै गरेको लु ३ त ६८९६ नम्बरको ट्याक्टर दुर्घटना हुँदा साेही स्थानका ४५ बर्षिय नेत्र बहादुर घर्तिकाे ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डिएसपी ) केदारराज पन्तले जानकारी दिनुभयाे ।
ट्याक्टरआफैँ अनियन्त्रीत भई सडक बाट करिब १७ मिटर तल खस्न गई दुर्घटनामा परेकाे हाे । दुर्घटनामा परि घाईते १ जनाकाे भने जिल्ला अस्पताल तम्घासमा उपचार भईरहेकाे छ ।
दुर्घटनामा परि घाइते भएका साेही स्थानका मनोज घर्तिका ९ वर्षीय छोरा आयुष घर्तिकाे उपचार भईरहेकाे डिएसपी पन्तले जानकारी दिनुभयो ।
दुर्घटनाकाे खबर प्राप्त हुना साथ उक्त स्थानमा प्रहरी सहायक निरिक्षक शालिक राम न्यौपानेको कमाण्डमा ५ जनाको टोली घटनास्थलमा गएकाे थियाे । ट्याक्टर घट्नास्थलमै रहेको , ट्याक्टर साहुँ र चालक सम्पर्कमा रहेको डिएसपी पन्तले जानकारी दिनुभयाे ।