बुटवल, ३० असोज।
लायन्स क्लब अफ बुटवल सनराईज र नेपाल नियमित रक्तदाता संघ द्वारा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । चाडपर्वको बेला बल्ड बैंकमा रगत अभाव हुने अवस्थालाई न्युनिकरणका लागि रक्तदान कार्यक्रम गरिएको हो ।
शुक्रबार लायन्स क्लब अफ बुटवल सनराईजकम अध्यक्ष समुन्द्र श्रेष्ठको अध्यक्षता र एरिया फोर चियरपर्सन MJF Lion सन्दीप कसौधन को प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । साथै नेपाल नियमित रक्तादाता संघका अध्यक्ष दया सिलवालको विशिष्ट आतिथ्य रहेको कार्यक्रम मा लायन्स क्लबका पदाधिकारी,मेम्बर लगायत अन्य व्यक्तिहरुको उल्लेखनीय उपस्थितिमा रक्तदान गर्नुभएको थियो ।
कार्यक्रमका मन स्पोन्सर उर्जा इन्टरप्राईजेजका बिमल केसिले कार्यक्रममा बोल्दै समय सान्दर्भिक काम गरिएको र यस्तो सामाजिक कार्यमा सहभागिताका लागि धन्यवाद ज्ञापन गर्नुभएको छ । साथै कार्यक्रममा प्रमुख अतिथि एरिया फोर चियरपर्सन MJF Lion सन्दीप कसौधनले सम्बोधन गर्दै समाज सेवा अग्रसर लायन्स क्लब अफ बुटवल सनराईजको प्रसंशा गर्दै नियमित रुपमा रगत संकलन गर्ने र बल्ड बैंकमा जम्मा गर्दै आएको नेपाल नियमित रक्तादाता संघलाई पनि धन्यवाद दिनुभएको छ ।
कार्यक्रममा जम्मा ५६ पिम्ट रगत ३ कोबिड प्लाज्मा संकलन गरिएको जानकारी दिदैलायन्स क्लब अफ बुटवल सनराईजका अध्यक्ष समुन्द्र श्रेष्ठले कार्यक्रमको अौपचारिक समापन गर्नुभएको थियो ।