• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०७७ माघ ३, शनिबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • भिडियो
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      नेपाली कथानक चलचित्र ‘सपनीमा’को शुभ मुहुर्त बुटवलमा

      २ घण्टा अघि

      काङ्ग्रेस शुद्धोधनद्बारा फर्साटिकरमा बिरोधसभा सम्पन्न

      ३ घण्टा अघि

      अन्जान कार्कि र एन्जल खनालको लोकदोहोरी ‘जुनी जुनीलाई’ चर्चामा

      ७ घण्टा अघि

      हजुरआमाको पटुकीमा बाँधेको चाबिबाट खुल्ने हजुरआमाको त्यो सन्दुक

      १० घण्टा अघि

      जानकी माध्यमिक विद्यालय मा शाैचालयकाे बेहाल, विद्यार्थी भन्छन् -हेर्नै नसक्ने

      १० घण्टा अघि

      मिति २०७७ माघ ३ गतेको राशिफल हेर्नुहोस्

      ११ घण्टा अघि

      विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको नयाँ गीत ‘यो मायाको डोरो’ सार्वजनिक (भिडियोसहित)

      २१ घण्टा अघि

      शुद्धोधन जेसिज वर्ष२०२१मा पौडेल सर्वसम्मतले निर्वाचित

      २२ घण्टा अघि

      कपिलवस्तुकाे विजयनगरमा किशोरी माथि हुने सबै प्रकारको हिंसाहरुको बिरुद्ध र्‍याली (फोटोफिचर)

      २३ घण्टा अघि

      बरेङमा माघी मेला सम्पन्न

      २३ घण्टा अघि

      बरेङ गाँउपालिकाले बिद्यार्थीहरुको स्वास्थ्य परिक्षण गर्ने

      १ दिन अघि

      भूकम्पपछिको पुनर्निर्माणमा ढिलाइ भए पनि अन्तिम चरणमा छौंं’

      १ दिन अघि

      नयाँ दिल्लीमा परराष्ट्र मन्त्री ज्ञवाली र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

      १ दिन अघि

      खड्कछत्र महिला उद्यम समुहद्वारा उपहार प्रदान

      १ दिन अघि

      पोर्चुगलमा फेरि देशव्यापी लकडाउन: चुनाव समेत प्रभावित

      १ दिन अघि
    in
    आज: २०७७ माघ ३, शनिबार
    ट्रेन्डीङ्ग
    अन्जली अधिकारीअर्जुन पोख्रेलदीपकराज गिरीदुर्गेश थापापल शाहपुजा शर्माप्रकाश कटुवालप्रकाश सपुतबसन्त थापाबिष्णु खत्रीबिष्णु माझीयुवराज आचार्यवर्षा राउतशान्ती श्री परियार
    होमपेज / समाचार

    बन्दाबन्दीमा फरार सूचीका ४८ अभियुक्त पक्राउ

  • बुटवल दैनिक
  • २०७७ आश्विन २७, मंगलबार (३ महिना अघि)
  • १३० पटक पढिएको
  • अनुमानित पढ्ने समय : ६ मिनेट
  • फाईल तस्विर

    कञ्चनपुर, असाेज २७ । कञ्चनपुर प्रहरीले कोरोना भाइरस महामारीका बीच यहाँको जिल्ला अदालतबाट दोषी ठहर भई फरार रहेका ४८ जना फरार अभियुक्तलाई लकडाउन अवधिमा पक्राउ गरेको छ । समाजको शान्ति सुरक्षा कायम गर्न यहाँका ग्रामीण स्तरसम्म खटिएको प्रहरीले गत साउनयता ४८ जना फरार अभियुक्तलाई पक्राउ गरी जिल्ला अदालत कञ्चनपुरमार्फत कारागार चलान गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जबर्जस्तीकरणी उद्योग, चोरी, सवारी ज्यान, तस्करी, लागुऔषध कारोवार, आत्महत्या दुरुत्साहन र बहुविवाहलगायत मुद्दामा फरार अभियुक्त पक्राउ गर्ने क्रम जारी रहेको बताए । पक्राउ पर्नेमा चार महिला अभियुक्तसमेत रहेका प्रहरीले जनाएको छ ।

    “जिल्ला अदालतबाट कैद सजाय तोकिए अभियुक्तलाई कारागार पठाउने र फैसला नभएको हकमा पुनः अनुसन्धान गर्ने काम हुँदैछ”, प्रवक्ता थापाले भने, “फरारमध्ये धेरै त घरमै अब प्रहरी खोज्दैन होला भनेर बसिरहेको अवस्थामा पनि भेटिए ।” उनले अभियुक्त प्रक्राउ गर्न जिल्ला प्रहरी कार्यालय र मातहतको युनिट सक्रिय रहेको जानकारी दिए ।

    “फरार पक्राउ गर्नमा हामीलाई मुद्दाका पीडितको पनि सहयोग छ”, उनले भने, “अपराध गरेर दुई चार वर्ष फरार भए पनि एकदिन कानूनी सजायको भागीदार हुनैपर्छ ।” कोरोना महामारीका बीच पनि प्रहरीले स्वास्थ्य सुरक्षालाई ख्याल गर्दै खटिएको उनको भनाइ छ ।

    प्रदेशमा पाँच हजार प्रहरी परिचालन

    नजिकिँदै गरेका बडादशैँ, तिहारलगायत चाडपर्वलाई मध्यनजर गर्दै सुदूरपश्चिम प्रदेश प्रहरीले आइतबारबाट विशेष सुरक्षा योजना लागू गरेको छ । अपराधरहित र मर्यादित चाडपर्व मनाउनुका साथै प्रदेशको समग्र सुरक्षा व्यवस्था भरपर्दा मनाउन विभिन्न विशेष प्रहरी टोली परिचालन गरिएका छन् ।

    सुदूरपश्चिम प्रदेश प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले विज्ञप्ति जारी गरी दशैँ तिहार र छठ पर्व लक्षित सुरक्षा योजना बनाएर प्रदेशका नौवटै जिल्लामा प्रहरी परिचालन गरिएको बताए । “यहाँका विभिन्न स्थानमा गरेर ४० वटा स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ”, प्रवक्ता सिंहले भने, “सादा पोशाकलगायत विभिन्न टोली गरेर प्रदेशभरि पाँच हजार ५० जना प्रहरी खटिएका छन् ।” चाडपर्व मर्यादित बनाई समग्र प्रदेशको शान्ति सुरक्षाका लागि प्रदेशभरि ७८ जना सादा पोशाकमा प्रहरी खटिने छ ।

    त्यसैगरी बैंक तथा वित्तीय संस्था र सुनचाँदीको कारोवार हुने स्थानलाई मध्यनजर गर्दै यहाँ १३३ जना प्रहरी परिचालन हुने प्रदेश प्रहरी कार्यालयले जनाएको छ । दुर्घटना न्यूनीकरणका लागि प्रदेशका विभिन्न स्थानमा गरेर २०८ जना प्रहरी परिचालन हुनुका साथै उपभोक्ताको हकहिक संरक्षणका लागि चाडपर्वमा स्थानीय प्रशासनसित समन्वय गरेर बजार अनुगमनसमेत गर्ने प्रहरी योजना छ ।

    त्यसैगरी प्रदेशमा कोरोना भाइरस सङ्क्रमण न्यूनीकरणका लागि छुट्टै विशेष योजना बनाएर कार्यान्वयन गर्ने प्रवक्ता सिंहको भनाइ छ । “चाडपर्वमा अपनाउनुपर्ने सावधानीमूलक सचेतना कार्यक्रम गर्ने योजना छ”, उनले भने, “नागरिकले पनि महामारीका बेला भीडभाड गरेर चाडपर्व मनाउने कुरालाई समाजमा निरुत्साहित गर्नुपर्छ ।”

    • #arrest

    प्रतिक्रिया दिनुहोस


    समाचार सम्बन्धि थप

    नेपाली कथानक चलचित्र ‘सपनीमा’को शुभ मुहुर्त बुटवलमा

    काङ्ग्रेस शुद्धोधनद्बारा फर्साटिकरमा बिरोधसभा सम्पन्न

    अन्जान कार्कि र एन्जल खनालको लोकदोहोरी ‘जुनी जुनीलाई’ चर्चामा

    जानकी माध्यमिक विद्यालय मा शाैचालयकाे बेहाल, विद्यार्थी भन्छन् -हेर्नै नसक्ने

    मिति २०७७ माघ ३ गतेको राशिफल हेर्नुहोस्

    विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको नयाँ गीत ‘यो मायाको डोरो’ सार्वजनिक (भिडियोसहित)

    समाचार

    नेपाली कथानक चलचित्र ‘सपनीमा’को शुभ मुहुर्त बुटवलमा

    काङ्ग्रेस शुद्धोधनद्बारा फर्साटिकरमा बिरोधसभा सम्पन्न

    अन्जान कार्कि र एन्जल खनालको लोकदोहोरी ‘जुनी जुनीलाई’ चर्चामा

    जानकी माध्यमिक विद्यालय मा शाैचालयकाे बेहाल, विद्यार्थी भन्छन् -हेर्नै नसक्ने

    बुटवल दैनिक बिशेष

    नेपाली कथानक चलचित्र ‘सपनीमा’को शुभ मुहुर्त बुटवलमा

    अक्सफोर्डमा इन्टरनेशनल स्कुल अवार्ड परियोजना कार्यक्रम प्रदर्शन

    शाइन रेसुङ्गा बैंकको १२ औं साधारणसभा अध्यक्षमा थानेश्वर पौडेल चयन

    कपिलवस्तु मा अबैध कुखुरा नष्ट

    अत्यधिक पढिएका खबरहरु
    १.

    गर्भमा छोरी छ कि छोरा सजिलै पत्ता लगाउने तरिका हेर्नुहोस्

  • २०७७ जेष्ठ ४, आईतबार
  • २२४८२ पाठक संख्या
  • २.

    तिलोत्तमा मा रहेको प्यारामाउण्ट बोडिङ्ङ स्कुलमा नेपाल विद्यार्थी संघले लगायो ताला ..

  • २०७७ अषाढ २२, सोमबार
  • २५१७ पाठक संख्या
  • ३.

    एउटै रुखमा ,एउटै गलबन्दीमा झुण्डिए बृद्ध दम्पती

  • २०७७ बैशाख १, सोमबार
  • २३८१ पाठक संख्या
  • ४.

    नेपालका ७७ जिल्ला मध्ये २२ जिल्लामा कोरोना संक्रमण ,कुन कुन जिल्लामा कती पुगे हेर्नुहोस ।।

  • २०७७ बैशाख ३१, बुधबार
  • २३६५ पाठक संख्या
  • ५.

    शारीरिक सम्पर्क बाट कोरोना सर्छ या सर्दैन ?

  • २०७७ जेष्ठ १, बिहिबार
  • २३४७ पाठक संख्या
  • ६.

    लकडाउन पछि बैदेशिक रोजगारमा गएका १० लाख नेपाली स्वदेश फ़र्काईदै

  • २०७७ बैशाख १४, आईतबार
  • १६९४ पाठक संख्या
  • अध्यक्ष / संरक्षक
    मोहन के सी

    निर्देशक / प्रधान सम्पादक
    मिलन पंगेनी

    सम्पादक
    विवस बिस्ट

    डेस्क
    सिर्जना थापा

    पत्राचार ठेगाना

    रंगिन मिडिया प्रा.ली. द्वारा संचालित
    बुटवल दैनिक डट कम का लागी
    ठेगाना बुटवल, रुपन्देही
    ईमेल: butwaldainik@gmail.com
    सम्पर्क न ९८५७०७३६३२ / ९८१८३७८४१३

    फेसबुक

    ट्विटर

    Tweets by ButwalDainik
    © २०७६ Butwal Dainik मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑