• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ भाद्र २३, मंगलबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      जेनजी आन्दोलनको एक वर्ष : राजनीतिक परिवर्तन आयो, तर घाउ अझै उस्तै

      भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक मनाइँदै

      थेराङ खोलामा आएको बाढीले गोरखामा चार घर र पुल बगायो

      विराटनगरको राधाकृष्ण रथयात्राको भेटी भोटेकोशी बाढीपीडितलाई दिइने

      त्रिशूली–३ ‘ए’ सुरुङबाट आयो जवाफ, फसेकाहरू जीवित रहेको पुष्टि

      त्रिशूली–३ ‘ए’को सुरुङबाट २० हजार घनमिटर लेदो हटाइयो

      तीन ठूला नदीमा जलसतह सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सावधानी अपनाउन आग्रह

      नुवाकोटमा बाढीको भयावह दृश्य, एउटै घरबाट २४ शव बरामद

      कृष्णभीरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग ठप्प, काठमाडौं आउजाउका लागि वैकल्पिक मार्ग तोकियो

      भोटेकोशीमा पानीको बहाव बढेपछि प्रशासनको चेतावनी, नदी किनारमा उच्च सतर्कता अपनाउन आग्रह

      रसुवा बाढी : ६१६ जनाको शव फेला, २ हजार ३०१ जनाको उद्धार

      बाढीपीडितका लागि सहयोगको ओइरो, दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टामा १ अर्ब ९१ करोडभन्दा बढी जम्मा

      भोटेकोशी बाढी प्रभावितको उद्धारका लागि प्रधानमन्त्री बालेनको आपत्कालीन बैठक, सुरक्षा निकाय परिचालन

      घरबाट सम्पर्कविहीन भएकी १३ वर्षीया बालिका होटलमा फेला, अनुसन्धानपछि यौन शोषणमा लगाएको आरोपमा दुई जना पक्राउ

      बालिका हत्या प्रकरणमा आरोपी किशोरको भिडियो भाइरल भएपछि प्रहरीको अनुसन्धान सुरु

    in
    आज: २०८३ भाद्र २३, मंगलबार
    होमपेज /  समाचार

    बन्दाबन्दीमा फरार सूचीका ४८ अभियुक्त पक्राउ

  • बुटवल दैनिक
  • २०७७ आश्विन २७, मंगलबार (५ साल अघि)
  • ६९२ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ६ मिनेट
  • फाईल तस्विर

    कञ्चनपुर, असाेज २७ । कञ्चनपुर प्रहरीले कोरोना भाइरस महामारीका बीच यहाँको जिल्ला अदालतबाट दोषी ठहर भई फरार रहेका ४८ जना फरार अभियुक्तलाई लकडाउन अवधिमा पक्राउ गरेको छ । समाजको शान्ति सुरक्षा कायम गर्न यहाँका ग्रामीण स्तरसम्म खटिएको प्रहरीले गत साउनयता ४८ जना फरार अभियुक्तलाई पक्राउ गरी जिल्ला अदालत कञ्चनपुरमार्फत कारागार चलान गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जबर्जस्तीकरणी उद्योग, चोरी, सवारी ज्यान, तस्करी, लागुऔषध कारोवार, आत्महत्या दुरुत्साहन र बहुविवाहलगायत मुद्दामा फरार अभियुक्त पक्राउ गर्ने क्रम जारी रहेको बताए । पक्राउ पर्नेमा चार महिला अभियुक्तसमेत रहेका प्रहरीले जनाएको छ ।

    “जिल्ला अदालतबाट कैद सजाय तोकिए अभियुक्तलाई कारागार पठाउने र फैसला नभएको हकमा पुनः अनुसन्धान गर्ने काम हुँदैछ”, प्रवक्ता थापाले भने, “फरारमध्ये धेरै त घरमै अब प्रहरी खोज्दैन होला भनेर बसिरहेको अवस्थामा पनि भेटिए ।” उनले अभियुक्त प्रक्राउ गर्न जिल्ला प्रहरी कार्यालय र मातहतको युनिट सक्रिय रहेको जानकारी दिए ।

    “फरार पक्राउ गर्नमा हामीलाई मुद्दाका पीडितको पनि सहयोग छ”, उनले भने, “अपराध गरेर दुई चार वर्ष फरार भए पनि एकदिन कानूनी सजायको भागीदार हुनैपर्छ ।” कोरोना महामारीका बीच पनि प्रहरीले स्वास्थ्य सुरक्षालाई ख्याल गर्दै खटिएको उनको भनाइ छ ।

    प्रदेशमा पाँच हजार प्रहरी परिचालन

    नजिकिँदै गरेका बडादशैँ, तिहारलगायत चाडपर्वलाई मध्यनजर गर्दै सुदूरपश्चिम प्रदेश प्रहरीले आइतबारबाट विशेष सुरक्षा योजना लागू गरेको छ । अपराधरहित र मर्यादित चाडपर्व मनाउनुका साथै प्रदेशको समग्र सुरक्षा व्यवस्था भरपर्दा मनाउन विभिन्न विशेष प्रहरी टोली परिचालन गरिएका छन् ।

    सुदूरपश्चिम प्रदेश प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले विज्ञप्ति जारी गरी दशैँ तिहार र छठ पर्व लक्षित सुरक्षा योजना बनाएर प्रदेशका नौवटै जिल्लामा प्रहरी परिचालन गरिएको बताए । “यहाँका विभिन्न स्थानमा गरेर ४० वटा स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ”, प्रवक्ता सिंहले भने, “सादा पोशाकलगायत विभिन्न टोली गरेर प्रदेशभरि पाँच हजार ५० जना प्रहरी खटिएका छन् ।” चाडपर्व मर्यादित बनाई समग्र प्रदेशको शान्ति सुरक्षाका लागि प्रदेशभरि ७८ जना सादा पोशाकमा प्रहरी खटिने छ ।

    त्यसैगरी बैंक तथा वित्तीय संस्था र सुनचाँदीको कारोवार हुने स्थानलाई मध्यनजर गर्दै यहाँ १३३ जना प्रहरी परिचालन हुने प्रदेश प्रहरी कार्यालयले जनाएको छ । दुर्घटना न्यूनीकरणका लागि प्रदेशका विभिन्न स्थानमा गरेर २०८ जना प्रहरी परिचालन हुनुका साथै उपभोक्ताको हकहिक संरक्षणका लागि चाडपर्वमा स्थानीय प्रशासनसित समन्वय गरेर बजार अनुगमनसमेत गर्ने प्रहरी योजना छ ।

    त्यसैगरी प्रदेशमा कोरोना भाइरस सङ्क्रमण न्यूनीकरणका लागि छुट्टै विशेष योजना बनाएर कार्यान्वयन गर्ने प्रवक्ता सिंहको भनाइ छ । “चाडपर्वमा अपनाउनुपर्ने सावधानीमूलक सचेतना कार्यक्रम गर्ने योजना छ”, उनले भने, “नागरिकले पनि महामारीका बेला भीडभाड गरेर चाडपर्व मनाउने कुरालाई समाजमा निरुत्साहित गर्नुपर्छ ।”

    • #arrest
    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    समाचार सम्बन्धि थप

    जेनजी आन्दोलनको एक वर्ष : राजनीतिक परिवर्तन आयो, तर घाउ अझै उस्तै

    भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक मनाइँदै

    थेराङ खोलामा आएको बाढीले गोरखामा चार घर र पुल बगायो

    विराटनगरको राधाकृष्ण रथयात्राको भेटी भोटेकोशी बाढीपीडितलाई दिइने

    त्रिशूली–३ ‘ए’ सुरुङबाट आयो जवाफ, फसेकाहरू जीवित रहेको पुष्टि

    त्रिशूली–३ ‘ए’को सुरुङबाट २० हजार घनमिटर लेदो हटाइयो

    समाचार

    जेनजी आन्दोलनको एक वर्ष : राजनीतिक परिवर्तन आयो, तर घाउ अझै उस्तै

    भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक मनाइँदै

    थेराङ खोलामा आएको बाढीले गोरखामा चार घर र पुल बगायो

    विराटनगरको राधाकृष्ण रथयात्राको भेटी भोटेकोशी बाढीपीडितलाई दिइने

    बुटवल दैनिक बिशेष

    कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला, तीन दिनदेखि थिए बेपत्ता

    आयल निगमले डिजेल,पेट्रोल र मट्टितेलको मूल्य बढायाे

    तिलोत्तमा रक्तदाता समाज गठन, संस्थाको अध्यक्षमा गोबिन्द बन्जाडे चयन

    प्रेस युनियन गुल्मीका सचिव विश्वकर्मा र सदस्य सुनार द्वय सम्मानित

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित बुटवल दैनिक डट कम “तथ्य सहितको सत्य खबर” भन्ने मूल नाराका साथ खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता तथा मनोरञ्जन सामग्री प्रस्तुत गर्दै अघि बढिरहेको छ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com

    • ठेगाना: बुटवल, सुख्खानगर
    • कम्पनी दर्ता नं: २६१५०१ /०७७/७८
    • सूचना विभाग: २५९७/०७७-०७८
    • प्रेस काउन्सिल: ११७८/०७७/७८
    • इमेल: [email protected]
    • फोन: ९८५७०७३६३२, ९८१८३७८४१३

    विज्ञापनको लागि

    मोबाइल: ९८१८३७८४१३

    ई-मेल: [email protected]

    सम्पर्क गर्नुहोस्

    हाम्रो टीम

    संचालक: मोहन के सी

    सम्पादक: सिर्जना मर्सांगी मगर

    © २०८१ Butwal Dainik | सर्वाधिकार सुरक्षित । Designed by GOJI Solution
    ↑