गुल्मी,२३ असोज।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत परियोजना कार्यान्वयन ईकाइ बाग्लुङ्गद्वारा चक्लाबन्दी जोन संचालन गर्ने भएको छ । चालू आर्थिक बर्ष २०७७/७८ को स्वीकृत बार्षिक कार्यक्रम अन्तर्गत यस्तो कार्यक्रम गर्न लागेको परियोजना कार्यान्वयन ईकाइ जनाएको छ ।
चक्लाबन्दी जोन संचालनका लागि सहकारी,समूह र निजी क्षेत्रबाट माग संकलन,सम्भाव्यता अध्ययन र कार्यान्वयनमा सहयोग कार्यक्रमका लागि बाग्लुङ्ग,पर्वत र गुल्मीबाट यस ईकाइमा सुचिकृत विभिन्न समुह,कृषि सहकारी,कृषि फर्म,उद्यमी तथा जल समितिलाई आवेदन गर्न आग्रह गरेको छ ।
अधिकतम साझेदारीमा ६० लाख रकम रहेको यस कार्यक्रमका लागि पुर्वाधार निर्माणका लागि अधिकतम ८५% र यन्त्र उपकरण तथा अन्य प्रशोधन सामाग्रीहरुमा ५० % लागत साझेदारी हुने परियोजना कार्यान्वयन ईकाइका वरिष्ठ कृषि अधिकृत धनबहादुर थापा मगरले जानकारी दिनुभएको छ ।
जग्गा एकीकरण गरि गरिने चक्लाबन्दीको हकमा सबै बाली उत्पादन कार्यक्रम संचालन गर्न सकिने छ भने एकल बालिको खेती मार्फत गरिने चक्लाबन्दीको हकमा बीउ उत्पादन,बहु बर्षिय र नगदेबाली उत्पादनमा मात्र कार्यक्रम संचालन गर्न सकिने उहाँले बताउनु भयो ।