मदाने, २३ असोज।
मदाने गाउँपालिकामा रहेको धार्मिक तथा साँस्कृतिक एवं एेतिहासिक महत्त्व बोकेको पुर्कोट कोटमा यसपालि मेला नगरिने भएको छ । मदाने गाउँपालिकामा बसेको सर्वदलीय बैठकको निर्णयअनुसार यस पटकको पुर्कोट कोट नहुने भएको हो ।
जहा प्रत्येक बर्ष आश्विन महानवमी अथवा दशैको अघिल्लो दिन ठूलो मेला लाग्ने गर्छ । स्थानियहरुका भाकल पूरा गर्दै गर्दा सो दिन यस ठाउमा रहेका दुईवटा कोटमा ठुलाठुला भैसिका पाडाहरु बलि दिने गरिन्छ । जसले गर्दा सोचेको मनोभावना पूरा हुने विश्वास गरिन्छ । विश्वव्यापी फैलिएको कोहोना कहरका कारण यस बर्ष यस्तो निर्णय गरिएको हो । कोभिडका कारण देश विषम परिस्थितमा गुज्रिरहेको अवस्थालाई नियन्त्रण गर्न स्थानिय तहको महत्त्वपूर्ण भुमिका रहेको छ ।
परापुर्वकाल देखि हुँदै आएको पुर्कोट कोटको मेला पनि पुर्ण रुपमा बन्द गर्न नसकि सिमित संख्याको उपस्थितिमा दुईवटा जेठो र कान्छो रागा(पाडा) लाई बलि दिने तयारी गरिएको छ । पुरानो सँस्कार, सस्कृति तथा धार्मिक एव एेतिहासिक कुरालाई स्थायित्व दिनकै लागि यसरी अौपचारिकता दिइएको व्यवस्थापन समितिले बताएको छ ।