भारतको नोएडामा घरपालुवा जनावार कुकुर पाल्न सरकारी कार्यालयमा दर्ता अनिवार्य गरिएको छ । यति मात्र होइन, अब कुकर पाल्नेले ५ सय भारु शुल्क तिरेर हरेक वर्ष नवीकरण गर्नु पर्दछ ।
नोएडा प्राधिकरणले घरपालुवा कुकुरका विषयमा एक नीति बनाउँदै यसको रजिस्ट्रेशन अनिवार्य गरेको हो । यदि निर्देशन अवज्ञा गरे कुकुर धनीलाई कारबाही हुन्छ ।यस योजनालाई पेट डग रजिस्ट्रेशन स्कीम नाम दिइएको छ । यो नियम जारी गर्नुको कारण घरपालुवा कुकुरको संख्या पत्ता लगाउन र भ्याक्सिन लाए नलाएको जानकारी लिन हो ।