प्रदेशको राजधानी बुटवलबाट दाङको भालुबाङ सार्ने सरकारको निर्णय विरूद्ध प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले आज रूपन्देही बन्दको आयोजना गरेको थियो ।
बन्दकै क्रममा बुटवलकाे राजमार्ग चाैक नजिकै प्रदेश ५ का मुख्यमन्त्री चढ्दै आएकाे गाडीमा ढुंगा प्रहार गरिएको हो छ । ढुंगा लागेर गाडीमा केही क्षति पुगेकाे बताइएकाे छ ।
घटनामा संलग्न भएको आशंकामा नेपाल विद्यार्थी संघका केन्द्रीय उपसभापति मुक्ति पौडेल, कमला अधिकारी, छाया पोखरेल, बिष्णु पोखरेल पक्राउ परेका छन् । घटनाको थप विवरण आउन बाँकी रहेको छ ।-khabarkura