काठमाडौं :- कोरोना भाइरस संक्रमण पुष्टि भएको १६ दिनपछि २५ वर्षीया युवतीको मृ’त्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नं.९ बाँकेकी २५ वर्षीया दीपा कुँवरको भेरी अस्पताल नेपालगञ्जमा उपचारका क्रममा आज मृ’त्यु भएको हो ।
दीर्घरोग वा अन्य स्वास्थ्य समस्या नभएको र उनको मृत्युको कारण कोभिड १९ रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । दीपाको स्थायी ठेगाना धनगढीको स’न्तोषी टोल रहेको छ । उनी केहीवर्षदेखि बाँकेको नेपालगञ्जमा बस्दै आएकी थिइन् ।
भदौ ३० गते स्वाब परीक्षण गर्दा कोरोना पुष्टि भएको र त्यहीँ दिन भेरी अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको थियो । निरन्तर स्वास्थ्यमा ज’टिलता देखिएपछि प्लाज्मा थेरापी र रे’मडिसिभिर दिएर उपचार थालिएको थियो । आज बिहान ११ बजे स्वास्थ्य अवस्था ज’टिल बनेको र भे’न्टिलेटरमा राखेर उपचार गरिएको थियो ।
तर, बेलुकी पौने ५ बजे उनको मृ’त्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।कोरोनाका कारण उनको दुबै सा’इडको फोक्सोमा नि’मोनियाको स’मस्या देखिएको थियो ।