मदाने, ९ असोज।
सामाजिक सेवा दिवसको अवसरमा सचेतना कार्यक्रम सम्पन्न गरिएको छ । जिल्लाको मदाने गाउँपालिका वडा न १ अग्लुङ्गमा स्वास्थ्य चुलो नेपाल द्वारा ४१ अौ सामाजिक दिवस सप्ताहको अवसरमा सचेतना कार्यक्रम गरिएको हो ।
शुक्रबार उक्त कार्यक्रमको उद्घाटन गर्दै मदाने गाउँपालिका अध्यक्ष प्रेम चन्द बोहराले सामाजिक सेवा दिवसको सम्पूर्णमा शुभकामना दिदै समाज सेवामा लाग्नु भएका सम्पुर्ण समाजसेवीमा समर्पित यस्तो फरक खालको कार्यक्रमको आयोजना गरेको स्वास्थ्य चुलो नेपाललाई धन्यवाद ज्ञापन गर्नुभयो । समाजमा रहर निस्वार्थ समाजसेवामा खटिनुहुने सम्पुर्ण समाजसेवी तथा बुद्धिजीवीहरुलाई प्रोत्साहन तथा हौसला दिन सकेमा उहाहरुमा उत्साह मिल्नेभएको हुदा काम गर्न जागर पलाउने हुदा निस्वार्थ समाजसेवामा खटिने समाजसेवीहरुलाई सम्मान गर्न सिक्नुपर्ने बताउनुभयो । जनप्रतिनिधि पनि समाजसेवी सरह भएको हुदा स्थानिय बासिन्दा तथा नागरिकहरुले जनप्रतिनिधिहरुलाई पनि साथमा साथ दिई सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
स्वास्थ्य चुलो नेपालका गुल्मी जिल्ला कोडिनेटर राजेन्द्र बिष्टको सभाध्यक्षता रहेको कार्यक्रममा मदाने गाउँपालिका वडा न १ वडा अध्यक्ष प्रेम चन्द बोहोरा, कृषि प्राविधिक जिवज पुन,पत्रकार विवश विष्ट, अग्लुङ्ग मावि प्रधानाध्यापक भविलाल खत्री लगायत विभिन्न संघसंस्था क्लब, महिला समूहहरुका प्रतिनिधि, शिक्षक प्रतिनिधि, जनप्रतिनिधि, राजनितीक दल प्रतिनिधि,तथा समाजसेवीहरुको उपस्थित रहेको थियो । कार्यक्रममा कृषि प्राविधिक जीवन पुनले कृषि क्षेत्रमा समाजसेवीको भुमिका, अग्लुङ्ग माविका प्रधानाध्यापक भविलाल खत्रीले समाजसेवामा शैक्षिक भुमिका, स्वास्थ्य प्रतिनिधि लोकबहादुर घर्तीले समाजसेवा र स्वास्थ्य सँगको सम्बन्ध, थ्री स्टार मथुरा युवा क्लबका अध्यक्ष दीपक थापाले समाजसेवामा सामाजिक संघसंस्थाको भुमिका, समाजसेवी गुमानसिंह चन्दले समाजसेवी व्यक्तिहरुको कठिनाई तथा श्रीजनशिल महिला समुहका अध्यक्ष कृष्णा चन्दले समाजसेवामा महिलाको भुमिका बिषयमा आफ्नो प्रस्तुति राख्नुभएको थियो ।
हरेक बर्ष सामाजिक सेवा दिवस को सप्ताह मनाउदै गर्दा यस बर्ष मदानेमा यस्तो खालको कार्यक्रमको आयोजना गरिएको स्वास्थ्य चुलो नेपाल गुल्मी/प्युठान का जिल्ला कोडिनेटर राजेन्द्र बिष्टले बताउनुभएको छ । उहाले कार्यक्रममा बोल्दै कार्यक्रमको बारेमा प्रकाश पार्नुका साथै सामाजिक सेवा दिवसको महत्त्व र आवश्यकताबारे प्रष्ट पार्नु भयो । साथै स्वास्थ्य चुलो नेपालका बारे जानकारी दिनु भएको छ । कोभिड विरुद्ध सामाजिक संघसंस्थाको भुमिका र कोभिडका कारण रोजगार गुमेकाहरुका लागि उधमशिलता बिषयक अन्तरक्रिया चलेको कार्यक्रमको संचालन विवश विष्टले गर्नुभएको थियोे ।