काठमाडौ :- पेप्सीकोलामा एक महिना अघि झा डी मा जि वि तै शिशु फेला परेपछि एक १७ वर्षकी किशोरी पक्राउ परिन् । प्ला ष्टि कमा जि वि तै फेला पारिएको सो शिशु अहिले स्वास्थय छन् । आमा र बच्चालाई अहिले एउटा संस्थाले संरक्षणमा राखेको छ ।
ति १७ वर्षकी किशोरी (रविना सापकोटा) ले शिशुको बुवा भनेर दावी गरेका युवक पनि मिडियामा आएका छन् । तर उनले त्यो बच्चा आफ्नो नभएको दावी गरेका छन् । उनले किशोरीले आफ्नो अरु पनि पुर्व ब्वायफ्रेण्ड छन् भनेको दावी गर्दै बच्चाको बाबु आफु नभएको बताएका छन् ।
किशोरीसंग नजिकिएको भएपनि बच्चा आफ्नो नभएको भन्दै उनले मिडियामा सार्वजनिक भएका हुन् । उनले बच्चा कसको हो भनेर पत्ता लगाउन डिएनए परिक्षण गर्नुपर्ने माग राखेका छन् । एक ठाउँमा मात्र गरिएको डिएन परिक्षणले आफु नमान्ने भन्दै दुई तीन ठाउँमा परिक्षण गर्नुपर्ने उनको तर्क छ । गर्भवती भइसकेपछि पनि किशोरीले आफुलाई त्यस बारेमा जानकारी नदिएका कारण केही रहस्य हुनसक्ने उनको भनाई छ ।
९ महिना सम्म आफुलाई केही जानकारी नदिएकी किशोरीले बच्चा जन्माएपछि पनि केही नबताएको भनेका छन् । आफुलाई किशोरीकै पूर्व प्रेमीले घटनाका बारेमा जानकारी दिएको उनको भनाई छ । मलाई बच्चा जन्मिएर यति ठूलो घटना भएपछि पनि केही जानकारी दिइएन, उनले भने, रविनाकै पुर्व प्रेमीले मलाई फोन गरेर भनेपछि मात्र थाहा पाएको हुँ । उनले डिएनए परिक्षण पछि आफु बाबु हो भन्ने प्रमाणीत भए मात्र स्वीकार गर्ने बताएका छन् ।