वि.सं. २०७७ भदौ २७। शनिवार। इ.स. २०२० सेप्टेम्बर १२। ने.सं. ११४० ञलगा। आश्विन कृष्णपक्ष। दशमी, २३:२५ उप्रान्त एकादशी।
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
तपाइलाइ आजको दिन दण्ड तथा जरिवाना हुनसक्छ, कुनै पनि अनाबश्यक बिबादमा परिएला, धैर्यले काम लिनुहोला, टाउको वा अनुहारमा समस्या आउन सक्छ बोल्दा होसियार रहनुहोला|
वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
मनमा शान्ति तथा अनुहारमा कान्ति छाउला, शारीरिक रुपमा बलवान भइएला, इज्जत मान तथा प्रतिष्ठामा वृद्धि होला, आजको दिन तपाइको वाहवाही हुनेछ |
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
बोल्दा साबधानी अपनाउनुहोला, पुरानो कुरा फेरी दोहोरिन सक्ला, मनमा आजको दिन खिन्नता छाउनेछ, इस्टमित्र तथा आफन्तजनबाट सहयोग मिल्नेछ|
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
तपाइको बल तथा पराक्रम सबैले देख्नेछन, सुनचादी तथा रत्नको प्राप्ति होला, तपाइको सुन्दरताको बयान चारैतिरबाट हुनेछ, बैदेसिक यात्राको अवसर पनि आउन सक्नेछ |
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
घरजग्गा तथा साधन बाहनमा वृद्धि हुनेछ, आमाको सल्लाहले नया कामको थालनी हुनसक्छ, पशुचौपायाबाट फाइदा होला, आजको दिन उन्नति प्रगति हुने समय छ |
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
शस्त्र तथा हातहतियारको प्राप्ति होला, आजको दिन पाचन शक्ति कमजोर हुने हुदा पेटमा समस्या आउन सक्छ, राजनीति तथा नोकरीमा लाभ होला |
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
आजको दिन अनाबश्यक कार्यमा खर्च होला, तपाइको खुट्टा तान्नेहरुको कमि हुनेछैन, कामबासना बढ्नाले लज्जित हुनुपर्ला, आफ्नो बिबेकले काम लिनुहोला |
वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
प्रेम बढ्ने समय छ, प्रेमप्रेमिका बीच रमाइलो भेटघाट हुनेछ, कुनैपनि नया साझेदारी ब्यबसाय शुरु गर्दा राम्रो हुनेछ, तर दिउसोबाट दिनमा अशान्ति छाउला|
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
गुप्तरोगले सताउला, खुट्टा तथा हातमा चोटपटक लाग्नसक्छ, आजको दिन बैदेसिक यात्रा नगरेको राम्रो, भुतप्रेत प्रभाव हुनसक्छ|
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
आजको दिन तपाइको मन उदार रहनेछ, बायु सम्बन्धी समस्याले सताउन सक्ला, खानपिनमा विशेष ध्यान दिनुहोला, धार्मिक तथा सामाजिक कार्यमा सहभागी भइएला|
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
आजको दिन नयानया अबसरहरु प्राप्त हुनेछन, सरकारी पक्षबाट सहयोग प्राप्त होला, तपाइको बिध्वताको सबैतिर कृति फैलिनेछ, धन तथा प्रतिष्ठा प्राप्ति होला|
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
अनेक अबसरहरु प्राप्त हुनेछन, भाईबन्धु तथा मित्रहरुबाट सुख होला, गाडी तथा मोटरबाट लाभ होला, महत्वपुर्ण मांगलिक कार्यहरु सम्पन्न होलान |