• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ भाद्र २३, मंगलबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      जेनजी आन्दोलनको एक वर्ष : राजनीतिक परिवर्तन आयो, तर घाउ अझै उस्तै

      भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक मनाइँदै

      थेराङ खोलामा आएको बाढीले गोरखामा चार घर र पुल बगायो

      विराटनगरको राधाकृष्ण रथयात्राको भेटी भोटेकोशी बाढीपीडितलाई दिइने

      त्रिशूली–३ ‘ए’ सुरुङबाट आयो जवाफ, फसेकाहरू जीवित रहेको पुष्टि

      त्रिशूली–३ ‘ए’को सुरुङबाट २० हजार घनमिटर लेदो हटाइयो

      तीन ठूला नदीमा जलसतह सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सावधानी अपनाउन आग्रह

      नुवाकोटमा बाढीको भयावह दृश्य, एउटै घरबाट २४ शव बरामद

      कृष्णभीरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग ठप्प, काठमाडौं आउजाउका लागि वैकल्पिक मार्ग तोकियो

      भोटेकोशीमा पानीको बहाव बढेपछि प्रशासनको चेतावनी, नदी किनारमा उच्च सतर्कता अपनाउन आग्रह

      रसुवा बाढी : ६१६ जनाको शव फेला, २ हजार ३०१ जनाको उद्धार

      बाढीपीडितका लागि सहयोगको ओइरो, दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टामा १ अर्ब ९१ करोडभन्दा बढी जम्मा

      भोटेकोशी बाढी प्रभावितको उद्धारका लागि प्रधानमन्त्री बालेनको आपत्कालीन बैठक, सुरक्षा निकाय परिचालन

      घरबाट सम्पर्कविहीन भएकी १३ वर्षीया बालिका होटलमा फेला, अनुसन्धानपछि यौन शोषणमा लगाएको आरोपमा दुई जना पक्राउ

      बालिका हत्या प्रकरणमा आरोपी किशोरको भिडियो भाइरल भएपछि प्रहरीको अनुसन्धान सुरु

    in
    आज: २०८३ भाद्र २३, मंगलबार
    होमपेज /  मुख्य समाचार

    बेरोजगार युवालाई ऋण, प्रत्येक छात्राको खातामा वार्षिक चार हजार, जानकारीका लागि सक्दाे शेयर गराैं

  • बुटवल दैनिक
  • २०७७ भाद्र २५, बिहिबार (५ साल अघि)
  • ७२५ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ६ मिनेट
  • फाईल तस्विर

    काठमाण्डाैं, भदाै २५ । कोभिड–१९ को महामारीका कारण रोजगारी गुमाएर विदेशबाट फर्किएका र नगरपालिकाभित्र बेरोजगार रहेका युवालाई लक्षित गरी चाँगुनारायण नगरपालिकाले ‘मेयरसँग उद्यमशीलता कार्यक्रम’ कार्यान्वनमा ल्याएको छ ।

    बेरोजगार युवालाई स्थानीयस्तरमा स्वरोजगार बनाउने र फर्किएर विदेश जानुपर्ने अवस्थाको अन्त्य गराउने उदेश्यले नगरपालिकाले बेरोजगार युवालाई निब्र्याजी रु तीन लाख ऋण प्रवाह गर्न नगरपालिकाको सातौ नगरसभाले पारित गरेको ‘मेयरसँग उद्यमशीलता कार्यक्रम’ आजदेखि कार्यान्वनमा ल्याइएको हो ।

    नगरप्रमुख सोमप्रसाद मिश्रले भने, “नगरपालिकाले पर्यटन र कृषिलाई आधार बनाएर स्थानीय युवा र कोरोनाका कारण विदेशबाट फर्किएका बेरोजगार युवालाई स्वरोजगार बनाउने उदेश्यले यो कार्यक्रम सञ्चालनमा ल्याएका हौँ, स्थानीय तहमा यो नेपालमा नै पहिलो कार्यक्रम हो, नगरपालिकाले शून्य प्रतिशत ब्याजमा ऋण प्रवाह गर्दै स्थानीयस्तरमै रोजगार सिर्जना गर्ने र उद्यमको क्षेत्रलाई प्रोत्साहन गर्ने लक्ष्य लिएको छ ।”

    यसवर्ष ९०० युवालाई निब्र्याजी ऋण प्रवाह गरेर उद्यमशील बनाउने र बैंकमा तिर्नुपर्ने ब्याज नगरपालिकाले तिरिदिने भएको छ । प्रमुख मिश्रका अनुसार तत्कालका लागि रु तीन करोड बैंकमा जम्मा गरेर उक्त कार्यक्रमबाट युवाले लिएको ऋणको ब्याज नगरपालिकाले व्यहोर्ने र युवालाई बैंकले बिना धितो ऋण दिने व्यवस्था गरेको छ । ऋण लिनेले आगामी पाँच वर्षभित्र ऋण तिरिसक्नु पर्नेछ । मासिक रु पाँच हजारका दरले किस्ता तिरे पनि पाँच वर्षमा ऋण चुक्ता गर्न सकिने गरी व्यवस्थापन गरिएको छ ।

    यो कार्यक्रमले हालै कोरोना भाइरसका कारण रोजगारी गुमाएर फेर्केका युवाले स्थानीयस्तरमा उद्यमी बनेर काम गर्नसक्ने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्नीप्रसाद अधिकारीले जानकारी दिए । यसका लागि नगरपालिकाले छुट्टाछुट्टै कार्यविधि नै बनाई पारित गरेर कार्यान्वयनमा ल्याएको उनले बताए ।

    नगर उपप्रमुख विना बास्तोला, प्रमुख प्रशासकीय अधिकृत अधिकारी, वडा नं. ३ का वडाध्यक्ष श्यामसुन्दर धिमालको रोहबरमा नगरप्रमुख मिश्र र नेपाल बैँक लिमिटेडका सिइओे कृष्णबहादुर अधिकारीले सम्झौता पत्रमा हस्ताक्षर गरेको नगरपालिकाका सूचना अधिकारी सिद्धान्त न्यौपानेले जानकारी दिए । सम्झौता अनुसार छनोटमा परेकालाई बैंकले ऋण दिने र त्यस ऋणबापतको ब्याज नगरपालिकाले तिरिदिने उहाँको भनाइ छ ।

    ‘मेयरसँग उद्यमशीलता कार्यक्रम’ र ‘बचत खाता छोरीको, सुरक्षा जीवन भरिको’ दुवै कार्यक्रम कार्यान्वयनका लागि नगरपालिका र बैंँकबीच सम्झौता भएको न्यौपानेले जानकारी दिए । नगरपालिकाले ‘बचत खाता छोरीको, सुरक्षा जीवन भरिको’ कार्यक्रम पनि कार्यान्वयनमा ल्याएको छ ।

    चाँगुनारायणका सबै सामुदायिक विद्यालयमा अध्यनरत स्थानीय छात्राको शिक्षा र सुरक्षित भविष्य निर्माणमा टेवा पु¥याउँदै बालविवाहलाई निरुत्साहित गर्ने उदेश्यले यो कार्यक्रम लागू गरेको नगरप्रमुख मिश्रको भनाइ छ ।

    फेसबुकमा पछ्याउनुहोस्

    यसका लागि नेपाल बैँक लिमिटेडले कक्षा १ देखि अध्ययन गरेका छात्राको व्यक्तिगत खाता खोलिदिने भएको छ । छात्रालाई बैंकले निःशुल्क खाता खोलेर रु १०० खातामा जम्मा गरिदिने छ । नगर प्रमुख मिश्रले भने, “नगरपालिकाले प्रत्येकवर्ष एक छात्राको खातामा रू चार हजार जम्मा गरिदिने छ । यसरी खातामा जम्मा भएको रकम छात्राले सामुदायिक विद्यालयबाटै माध्यमिक तह अर्थात् कक्षा १२ उतीर्ण गरेपछि मात्रै झिक्न पाउने छन् । यो कार्यक्रमले नगरक्षेत्रमा बालविवाह गर्ने र स्कुल छाड्ने छात्राको सङ्ख्यामा कमी ल्याउने विश्वास लिएका छौँ, यसले सामुदायिक विद्यालयप्रतिको आकर्षण थप बढाउने आशा राखेका छौँ ।”

    नगरप्रमुख मिश्रका अनुसार यो कार्यक्रमले छात्राले कम्तीमा कक्षा १२ सम्म पढ्नेछन्, २० वर्ष अगाडि उनीहरुको विवाह हुने छैन । कक्षा १२ पछि छात्राले उच्च शिक्षा अध्ययन गर्न रकम नपुगे यहीँ रकमले उच्च शिक्षा अध्ययन गर्न सक्नेछन् ।

    अध्ययनका लागि यो रकम प्रयोग नभए सानोतिनो व्यवसाय सञ्चालन गर्न सहयोग पुग्छ भन्ने अपेक्षा गरिएको छ । यसवर्ष यहाँका सामुदायिक विद्यालयमा अध्ययनरत १२ सय छात्राको नाममा खाता सञ्चालन गरी रकम जम्मा गर्न शुरु गरिने छ ।

    नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अधिकारीले छात्राको खातामा जम्मा भएको ब्याज सहितको रकम उनीहरु २० वर्ष नपुगेसम्म झिक्न भने नपाउने व्यवस्था गरिएको बताए । कक्षा १२ भन्दाअघि स्कुल छाडेमा र २० वर्ष अगाडि विवाह गरेमा यो रकम छात्राले पाउने छैनन् । त्ससो गरे नगरपालिकामा रकम फर्कने छ । एसईईपछि कक्षा ११ र १२ अध्ययनमा आर्थिक समस्या परेमा भने २० वर्ष अगाडि विवाह नगर्ने शर्तमा रकम झिक्न पाइनेछ ।

    • #बेरोजगार युवालाई ऋण
    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    मुख्य समाचार सम्बन्धि थप

    जेनजी आन्दोलनको एक वर्ष : राजनीतिक परिवर्तन आयो, तर घाउ अझै उस्तै

    भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक मनाइँदै

    थेराङ खोलामा आएको बाढीले गोरखामा चार घर र पुल बगायो

    विराटनगरको राधाकृष्ण रथयात्राको भेटी भोटेकोशी बाढीपीडितलाई दिइने

    त्रिशूली–३ ‘ए’ सुरुङबाट आयो जवाफ, फसेकाहरू जीवित रहेको पुष्टि

    त्रिशूली–३ ‘ए’को सुरुङबाट २० हजार घनमिटर लेदो हटाइयो

    समाचार

    जेनजी आन्दोलनको एक वर्ष : राजनीतिक परिवर्तन आयो, तर घाउ अझै उस्तै

    भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक मनाइँदै

    थेराङ खोलामा आएको बाढीले गोरखामा चार घर र पुल बगायो

    विराटनगरको राधाकृष्ण रथयात्राको भेटी भोटेकोशी बाढीपीडितलाई दिइने

    बुटवल दैनिक बिशेष

    कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला, तीन दिनदेखि थिए बेपत्ता

    आयल निगमले डिजेल,पेट्रोल र मट्टितेलको मूल्य बढायाे

    तिलोत्तमा रक्तदाता समाज गठन, संस्थाको अध्यक्षमा गोबिन्द बन्जाडे चयन

    प्रेस युनियन गुल्मीका सचिव विश्वकर्मा र सदस्य सुनार द्वय सम्मानित

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित बुटवल दैनिक डट कम “तथ्य सहितको सत्य खबर” भन्ने मूल नाराका साथ खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता तथा मनोरञ्जन सामग्री प्रस्तुत गर्दै अघि बढिरहेको छ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com

    • ठेगाना: बुटवल, सुख्खानगर
    • कम्पनी दर्ता नं: २६१५०१ /०७७/७८
    • सूचना विभाग: २५९७/०७७-०७८
    • प्रेस काउन्सिल: ११७८/०७७/७८
    • इमेल: [email protected]
    • फोन: ९८५७०७३६३२, ९८१८३७८४१३

    विज्ञापनको लागि

    मोबाइल: ९८१८३७८४१३

    ई-मेल: [email protected]

    सम्पर्क गर्नुहोस्

    हाम्रो टीम

    संचालक: मोहन के सी

    सम्पादक: सिर्जना मर्सांगी मगर

    © २०८१ Butwal Dainik | सर्वाधिकार सुरक्षित । Designed by GOJI Solution
    ↑