• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०७७ फागुन १४, शुक्रबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • भिडियो
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      पशुपंक्षीमा लाग्ने आन्तरिक तथा बाह्य परजिबिको नियन्त्रण गर्न निशुल्क पशु स्वास्थ्य घुम्ती सिबिर तथा रेबिज खोप कार्यक्रम

      २७ मिनेट अघि

      बरेङका सामुदायिक बिद्यालयमा राष्ट्रसेवक कर्मचारी : विद्यार्थीलाई सरकारी सेवा मार्फत राष्ट्रसेवा गर्न सचेतना अभिवृद्धि गर्ने

      २९ मिनेट अघि

      अज्मिरकोट महिला उद्यम समुहको वार्षिक साधाहरण सभा तथा उपहार कार्यक्रम सम्पन्न

      ३१ मिनेट अघि

      जन उत्थान सहकारीको पाँचौ शाखा उद्घाटन

      ३३ मिनेट अघि

      बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीको अध्यक्षमा उज्ज्वलप्रसाद कसजु विजयी

      १० घण्टा अघि

      गुल्मी कोरोना संक्रमणमुक्त जिल्ला

      २३ घण्टा अघि

      बुटवलमा ट्याक्टर र मोटरसाइकल ठोकिदा मोटरसाइकल चालकको मृत्यु

      २३ घण्टा अघि

      नबज्योती महिला द्वारा उपहार प्रदान

      १ दिन अघि

      बरेङमा सामुदायिक औसधि कार्यक्रम : स्वास्थ्य संस्थामै सुलभ दरमा औसधि

      १ दिन अघि

      बिद्यालयमा बालबालिकालाई सुरक्षित गर्न प्राथमिक स्वास्थ्य सेवा किट बाकस

      १ दिन अघि

      हिन्दु युवा शक्तिले कानुनी रुपमै मान्यता पायाे

      १ दिन अघि

      रुपन्देहीमा ५० हजार घुस सहित सशस्त्रका निरिक्षक र नायव निरिक्षक पक्राउ

      १ दिन अघि

      ३९ औं मगर एकता दिवसको कार्यक्रम तिनसम्म चल्ने

      १ दिन अघि

      मन भित्रको जिन्दगी

      १ दिन अघि

      मिलिजुली महिला उद्यम समुहद्वारा स्टेसनरी उपहार

      १ दिन अघि
    in
    आज: २०७७ फागुन १४, शुक्रबार
    ट्रेन्डीङ्ग
    अन्जली अधिकारीअर्जुन पोख्रेलदीपकराज गिरीदुर्गेश थापापल शाहपुजा शर्माप्रकाश कटुवालप्रकाश सपुतबसन्त थापाबिष्णु खत्रीबिष्णु माझीयुवराज आचार्यवर्षा राउतशान्ती श्री परियार
    होमपेज / मुख्य समाचार

    बेरोजगार युवालाई ऋण, प्रत्येक छात्राको खातामा वार्षिक चार हजार, जानकारीका लागि सक्दाे शेयर गराैं

  • बुटवल दैनिक
  • २०७७ भाद्र २५, बिहिबार (५ महिना अघि)
  • ३०३ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ६ मिनेट
  • फाईल तस्विर

    काठमाण्डाैं, भदाै २५ । कोभिड–१९ को महामारीका कारण रोजगारी गुमाएर विदेशबाट फर्किएका र नगरपालिकाभित्र बेरोजगार रहेका युवालाई लक्षित गरी चाँगुनारायण नगरपालिकाले ‘मेयरसँग उद्यमशीलता कार्यक्रम’ कार्यान्वनमा ल्याएको छ ।

    बेरोजगार युवालाई स्थानीयस्तरमा स्वरोजगार बनाउने र फर्किएर विदेश जानुपर्ने अवस्थाको अन्त्य गराउने उदेश्यले नगरपालिकाले बेरोजगार युवालाई निब्र्याजी रु तीन लाख ऋण प्रवाह गर्न नगरपालिकाको सातौ नगरसभाले पारित गरेको ‘मेयरसँग उद्यमशीलता कार्यक्रम’ आजदेखि कार्यान्वनमा ल्याइएको हो ।

    नगरप्रमुख सोमप्रसाद मिश्रले भने, “नगरपालिकाले पर्यटन र कृषिलाई आधार बनाएर स्थानीय युवा र कोरोनाका कारण विदेशबाट फर्किएका बेरोजगार युवालाई स्वरोजगार बनाउने उदेश्यले यो कार्यक्रम सञ्चालनमा ल्याएका हौँ, स्थानीय तहमा यो नेपालमा नै पहिलो कार्यक्रम हो, नगरपालिकाले शून्य प्रतिशत ब्याजमा ऋण प्रवाह गर्दै स्थानीयस्तरमै रोजगार सिर्जना गर्ने र उद्यमको क्षेत्रलाई प्रोत्साहन गर्ने लक्ष्य लिएको छ ।”

    यसवर्ष ९०० युवालाई निब्र्याजी ऋण प्रवाह गरेर उद्यमशील बनाउने र बैंकमा तिर्नुपर्ने ब्याज नगरपालिकाले तिरिदिने भएको छ । प्रमुख मिश्रका अनुसार तत्कालका लागि रु तीन करोड बैंकमा जम्मा गरेर उक्त कार्यक्रमबाट युवाले लिएको ऋणको ब्याज नगरपालिकाले व्यहोर्ने र युवालाई बैंकले बिना धितो ऋण दिने व्यवस्था गरेको छ । ऋण लिनेले आगामी पाँच वर्षभित्र ऋण तिरिसक्नु पर्नेछ । मासिक रु पाँच हजारका दरले किस्ता तिरे पनि पाँच वर्षमा ऋण चुक्ता गर्न सकिने गरी व्यवस्थापन गरिएको छ ।

    यो कार्यक्रमले हालै कोरोना भाइरसका कारण रोजगारी गुमाएर फेर्केका युवाले स्थानीयस्तरमा उद्यमी बनेर काम गर्नसक्ने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्नीप्रसाद अधिकारीले जानकारी दिए । यसका लागि नगरपालिकाले छुट्टाछुट्टै कार्यविधि नै बनाई पारित गरेर कार्यान्वयनमा ल्याएको उनले बताए ।

    नगर उपप्रमुख विना बास्तोला, प्रमुख प्रशासकीय अधिकृत अधिकारी, वडा नं. ३ का वडाध्यक्ष श्यामसुन्दर धिमालको रोहबरमा नगरप्रमुख मिश्र र नेपाल बैँक लिमिटेडका सिइओे कृष्णबहादुर अधिकारीले सम्झौता पत्रमा हस्ताक्षर गरेको नगरपालिकाका सूचना अधिकारी सिद्धान्त न्यौपानेले जानकारी दिए । सम्झौता अनुसार छनोटमा परेकालाई बैंकले ऋण दिने र त्यस ऋणबापतको ब्याज नगरपालिकाले तिरिदिने उहाँको भनाइ छ ।

    ‘मेयरसँग उद्यमशीलता कार्यक्रम’ र ‘बचत खाता छोरीको, सुरक्षा जीवन भरिको’ दुवै कार्यक्रम कार्यान्वयनका लागि नगरपालिका र बैंँकबीच सम्झौता भएको न्यौपानेले जानकारी दिए । नगरपालिकाले ‘बचत खाता छोरीको, सुरक्षा जीवन भरिको’ कार्यक्रम पनि कार्यान्वयनमा ल्याएको छ ।

    चाँगुनारायणका सबै सामुदायिक विद्यालयमा अध्यनरत स्थानीय छात्राको शिक्षा र सुरक्षित भविष्य निर्माणमा टेवा पु¥याउँदै बालविवाहलाई निरुत्साहित गर्ने उदेश्यले यो कार्यक्रम लागू गरेको नगरप्रमुख मिश्रको भनाइ छ ।

    यसका लागि नेपाल बैँक लिमिटेडले कक्षा १ देखि अध्ययन गरेका छात्राको व्यक्तिगत खाता खोलिदिने भएको छ । छात्रालाई बैंकले निःशुल्क खाता खोलेर रु १०० खातामा जम्मा गरिदिने छ । नगर प्रमुख मिश्रले भने, “नगरपालिकाले प्रत्येकवर्ष एक छात्राको खातामा रू चार हजार जम्मा गरिदिने छ । यसरी खातामा जम्मा भएको रकम छात्राले सामुदायिक विद्यालयबाटै माध्यमिक तह अर्थात् कक्षा १२ उतीर्ण गरेपछि मात्रै झिक्न पाउने छन् । यो कार्यक्रमले नगरक्षेत्रमा बालविवाह गर्ने र स्कुल छाड्ने छात्राको सङ्ख्यामा कमी ल्याउने विश्वास लिएका छौँ, यसले सामुदायिक विद्यालयप्रतिको आकर्षण थप बढाउने आशा राखेका छौँ ।”

    नगरप्रमुख मिश्रका अनुसार यो कार्यक्रमले छात्राले कम्तीमा कक्षा १२ सम्म पढ्नेछन्, २० वर्ष अगाडि उनीहरुको विवाह हुने छैन । कक्षा १२ पछि छात्राले उच्च शिक्षा अध्ययन गर्न रकम नपुगे यहीँ रकमले उच्च शिक्षा अध्ययन गर्न सक्नेछन् ।

    अध्ययनका लागि यो रकम प्रयोग नभए सानोतिनो व्यवसाय सञ्चालन गर्न सहयोग पुग्छ भन्ने अपेक्षा गरिएको छ । यसवर्ष यहाँका सामुदायिक विद्यालयमा अध्ययनरत १२ सय छात्राको नाममा खाता सञ्चालन गरी रकम जम्मा गर्न शुरु गरिने छ ।

    नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अधिकारीले छात्राको खातामा जम्मा भएको ब्याज सहितको रकम उनीहरु २० वर्ष नपुगेसम्म झिक्न भने नपाउने व्यवस्था गरिएको बताए । कक्षा १२ भन्दाअघि स्कुल छाडेमा र २० वर्ष अगाडि विवाह गरेमा यो रकम छात्राले पाउने छैनन् । त्ससो गरे नगरपालिकामा रकम फर्कने छ । एसईईपछि कक्षा ११ र १२ अध्ययनमा आर्थिक समस्या परेमा भने २० वर्ष अगाडि विवाह नगर्ने शर्तमा रकम झिक्न पाइनेछ ।

    • #बेरोजगार युवालाई ऋण

    प्रतिक्रिया दिनुहोस


    मुख्य समाचार सम्बन्धि थप

    पशुपंक्षीमा लाग्ने आन्तरिक तथा बाह्य परजिबिको नियन्त्रण गर्न निशुल्क पशु स्वास्थ्य घुम्ती सिबिर तथा रेबिज खोप कार्यक्रम

    बरेङका सामुदायिक बिद्यालयमा राष्ट्रसेवक कर्मचारी : विद्यार्थीलाई सरकारी सेवा मार्फत राष्ट्रसेवा गर्न सचेतना अभिवृद्धि गर्ने

    अज्मिरकोट महिला उद्यम समुहको वार्षिक साधाहरण सभा तथा उपहार कार्यक्रम सम्पन्न

    जन उत्थान सहकारीको पाँचौ शाखा उद्घाटन

    बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीको अध्यक्षमा उज्ज्वलप्रसाद कसजु विजयी

    गुल्मी कोरोना संक्रमणमुक्त जिल्ला

    समाचार

    पशुपंक्षीमा लाग्ने आन्तरिक तथा बाह्य परजिबिको नियन्त्रण गर्न निशुल्क पशु स्वास्थ्य घुम्ती सिबिर तथा रेबिज खोप कार्यक्रम

    बरेङका सामुदायिक बिद्यालयमा राष्ट्रसेवक कर्मचारी : विद्यार्थीलाई सरकारी सेवा मार्फत राष्ट्रसेवा गर्न सचेतना अभिवृद्धि गर्ने

    अज्मिरकोट महिला उद्यम समुहको वार्षिक साधाहरण सभा तथा उपहार कार्यक्रम सम्पन्न

    जन उत्थान सहकारीको पाँचौ शाखा उद्घाटन

    बुटवल दैनिक बिशेष

    जन उत्थान सहकारीको पाँचौ शाखा उद्घाटन

    बुटवलमा ट्याक्टर र मोटरसाइकल ठोकिदा मोटरसाइकल चालकको मृत्यु

    नेपाल-दाहाल नेकपाद्वारा बुटवलमा विजयी उत्सव

    स्वतन्त्र पत्रकार संघ रुपन्देहीको चौथो अधिवेशन फागुन १४ मा हुदै

    अत्यधिक पढिएका खबरहरु
    १.

    गर्भमा छोरी छ कि छोरा सजिलै पत्ता लगाउने तरिका हेर्नुहोस्

  • २०७७ जेष्ठ ४, आईतबार
  • २२६२३ पाठक संख्या
  • २.

    बुटवल शान्तिचोकमा सवारी दुर्घटना, १ जनाको मृत्यु

  • २०७७ माघ २८, बुधबार
  • ३१२२ पाठक संख्या
  • ३.

    तिलोत्तमा मा रहेको प्यारामाउण्ट बोडिङ्ङ स्कुलमा नेपाल विद्यार्थी संघले लगायो ताला ..

  • २०७७ अषाढ २२, सोमबार
  • २६२१ पाठक संख्या
  • ४.

    शारीरिक सम्पर्क बाट कोरोना सर्छ या सर्दैन ?

  • २०७७ जेष्ठ १, बिहिबार
  • २४९० पाठक संख्या
  • ५.

    एउटै रुखमा ,एउटै गलबन्दीमा झुण्डिए बृद्ध दम्पती

  • २०७७ बैशाख १, सोमबार
  • २४८५ पाठक संख्या
  • ६.

    नेपालका ७७ जिल्ला मध्ये २२ जिल्लामा कोरोना संक्रमण ,कुन कुन जिल्लामा कती पुगे हेर्नुहोस ।।

  • २०७७ बैशाख ३१, बुधबार
  • २४६६ पाठक संख्या
  • सन्चालक / संबादाता
    मोहन ब. खत्री क्षेत्री

    सम्पादक
    सृजना मर्सांगी मगर

    पत्राचार ठेगाना

    रंगिन मिडिया प्रा.ली. द्वारा संचालित
    बुटवल दैनिक डट कम का लागी
    ठेगाना बुटवल ०८ सुख्खानगर, रुपन्देही
    ईमेल: butwaldainik@gmail.com
    सम्पर्क न ०७१-५४१५३३

    फेसबुक

    ट्विटर

    Tweets by ButwalDainik
    © २०७६ Butwal Dainik मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑