• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ भाद्र १, सोमबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      पत्रकार किशोर श्रेष्ठको पक्राउविरुद्ध दायर बन्दी प्रत्यक्षीकरण रिट संयुक्त इजलासमा

      १५ वर्षीया छात्रालाई म्यासेन्जरमा आपत्तिजनक सन्देश पठाएको आरोपमा प्रिन्सिपल पक्राउ

      रोल्पामा पहिरोको वितण्डा : दुई दिनमा १५ जनाको मृत्यु, दुई जना अझै बेपत्ता

      ४३ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पुजारीको भेषमा पक्राउ

      राहदानी ऐन संशोधन प्रस्ताव : झुटो विवरणमा कैद हटाइँदै, जरिबाना ५ लाखबाट २ लाखमा झार्ने तयारी

      जय नेपाल पार्टीको दल दर्ता किन सर्‍यो ? राणा–प्रसाईंबीच शक्ति बाँडफाँटदेखि ‘साइत’सम्मका कारण

      कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला, तीन दिनदेखि थिए बेपत्ता

      पलाँता अस्पतालमा स्वास्थ्यकर्मीमाथि आक्रमणपछि तोडफोड, तीन जना पक्राउ

      संसदीय क्यालेन्डरबाट प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम गायब

      एलपीजी ग्यास आपूर्तिमा समस्या आए तुरुन्त समाधान गरिने, नेपाल आयल निगमले गठन गर्‍यो क्विक रेस्पोन्स टिम

      थुनामा राख्ने आधार नदेखिएपछि दुर्गा प्रसाईं अदालतको आदेशबाट रिहा

      निर्मल पुर्जासहित दिवंगत आरोहीहरूको शव आज क्याम्प–१ ल्याइँदै

      सहकारी ठगी नियन्त्रणमा सरकारको नयाँ कदम, छुट्टै इजलास गठनको तयारी

      देवानगञ्ज घटनाका दुई मृतकको शव आफन्तलाई जिम्मा, आजै अन्त्येष्टि गरिने

      नारायणी अस्पतालमा चिकित्सकहरूको सामूहिक राजीनामा, स्वास्थ्य सेवा संकटमा

    in
    आज: २०८३ भाद्र १, सोमबार
    होमपेज /  समाचार

    बोहोराफाँट समाज जापानद्वारा ढोरपाटनका बाढी पीडितलाई रु २ लाख १० हजार सहयोग

  • थम्मन थापा
  • २०७७ भाद्र २५, बिहिबार (५ साल अघि)
  • ८२३ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ४ मिनेट
  • फाईल तस्विर

    बागलुङ, भदौ २४ । भुजिखोलामा आएको भदौ १७ गते रातीकाे भिषण बाढीले ढोरपाटन नगरपालिका स्थित वडा नं ७, ८ र ९ मा अकल्पनीय क्षति पुगेको छ । बाढीमा परी धेरैले ज्यान गुमाएका छन् भने कैयौं मानिस अङ्गभङ्ग भएका छन् ।

    धेरैको घरबास छैन जगा जमीन पनि छिन भरमै बाहर भएको छ । अहिले ढोरपाटनको बाढी पीडितहरुका लागि राहत रकम तथा सामाग्री सहयोग जुट्ने क्रम जारी छ । बाढीले क्षतिग्रस्त ढाेरपाटन नगरपालिका वडा नं ९, ८ र ७ बोबाङको स्थलगत अवलोकन गरि बोहोराफाट समाज जापान गलकोटले बाढी पीडित नागरिकहरुको लागि राहत स्वरुप नगद रु २ लाख १० हजार रकम ढाेरपाटन नगरपालिकाका मेयर देव कुमार नेपाली सहित सम्बन्धित वडा अध्यक्षहरुलाई हस्तान्तरण गरिएको गलकोट नगरपालिका वडा नं ३ का वडा सदस्य बेल बहादुर बोहोराले जानकारी दिनुभयो । जापानमा रहेका बोहोराफाँटबासी नागरिकहरुको सक्रियतामा उक्त रकम ढोरपाटन स्थित बाढी पीडितका लागि संकलन गरी सहयोग गरिएको बोहोराफाँट समाज जापानका अध्यक्ष लक्ष्मण बोहोराले जानकारी दिनुभयो ।

    विपतमा मानवीय सेवा नै धर्म हो भन्ने मुल मन्त्रका साथ ३ वर्ष पहिले जापानमा स्थापना भएको समाजले छोटो समयमा थुप्रै सामाजिक कार्यमा सक्रियतापूर्वक सहभागिता जनाउँदै आएको समाजका सचिव पवन बोहोराले बताउनु भयो । गलकोट नगरपालिका वडा नं ३ हटिया बोहोराफाँटबाट वैदेशिक रोजगारिको सिलसिलामा जापानमा रहेका नागरिकहरु उक्त समाजमा आवद्व रहेका छन् ।विदेशमा दुःख गरी कमाएको केही हिस्सा स्वदेशमा आइपर्ने प्राकृतिक विपति तथा सामाजिक कार्यमा सहयोग गर्दै आइरहेको समाजका कोषाध्यक्ष यक बहादुर बोहोराले जानकारी बताउनु भयो ।

    राहत रकम हस्तान्तरण कार्यक्रममा समाजसेवी कुल बहादुर बोहोरा, तेज बहादुर बोहोरा र अम्मर बहादुर बोहोराको उपस्थिति रहेको थियो । दैविक प्रकोपको समयमा होस् वा कोही शारीरिक रूपमा अशक्त भएको बेलामा होस् आर्थिक रूपमा विपन्न परिवारलाई समाजमा आवद्व नागरिकहरु मार्फत रकम संकलन गरी समाजले आर्थिक सहयोग गर्दै आइरहेको युवा समाजसेवी विर बहादुर बोहोराले बताउनु भयो । समाजले ढोरपाटनको प्राकृतिक विपत्तीमा उद्धार कार्यमा जुट्नु हुने समाजका पदाधिकारीहरु र सदस्यहरुलाई धन्यवाद समेत ज्ञापन गरेको छ ।

    राहत रकम ग्रहण पछि बोल्दै बाढीमा परि घरबास गुमेका, आफन्त गुमाएका र जग्गा जमीन बगरमा परिणत भई छिमेकीको आश्रय लिएर बसेका वास्तविक पीडितहरुको पहिचान गरी दीर्घकालीन रुपमा त्यी पीडितहरुको जीवन रक्षाका निम्ति राहत रकम सही ढंग बाट सदुपयोग हुने गरी काम गरिने ढोरपाटन नगरपालिकाका नगर प्रमुख देव कुमार नेपालीले प्रतिबद्धता गर्नुभएको छ ।

    • #बोहोराफाँट समाज जापान
    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    समाचार सम्बन्धि थप

    पत्रकार किशोर श्रेष्ठको पक्राउविरुद्ध दायर बन्दी प्रत्यक्षीकरण रिट संयुक्त इजलासमा

    १५ वर्षीया छात्रालाई म्यासेन्जरमा आपत्तिजनक सन्देश पठाएको आरोपमा प्रिन्सिपल पक्राउ

    रोल्पामा पहिरोको वितण्डा : दुई दिनमा १५ जनाको मृत्यु, दुई जना अझै बेपत्ता

    राहदानी ऐन संशोधन प्रस्ताव : झुटो विवरणमा कैद हटाइँदै, जरिबाना ५ लाखबाट २ लाखमा झार्ने तयारी

    कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला, तीन दिनदेखि थिए बेपत्ता

    पलाँता अस्पतालमा स्वास्थ्यकर्मीमाथि आक्रमणपछि तोडफोड, तीन जना पक्राउ

    समाचार

    पत्रकार किशोर श्रेष्ठको पक्राउविरुद्ध दायर बन्दी प्रत्यक्षीकरण रिट संयुक्त इजलासमा

    १५ वर्षीया छात्रालाई म्यासेन्जरमा आपत्तिजनक सन्देश पठाएको आरोपमा प्रिन्सिपल पक्राउ

    रोल्पामा पहिरोको वितण्डा : दुई दिनमा १५ जनाको मृत्यु, दुई जना अझै बेपत्ता

    राहदानी ऐन संशोधन प्रस्ताव : झुटो विवरणमा कैद हटाइँदै, जरिबाना ५ लाखबाट २ लाखमा झार्ने तयारी

    बुटवल दैनिक बिशेष

    कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला, तीन दिनदेखि थिए बेपत्ता

    आयल निगमले डिजेल,पेट्रोल र मट्टितेलको मूल्य बढायाे

    तिलोत्तमा रक्तदाता समाज गठन, संस्थाको अध्यक्षमा गोबिन्द बन्जाडे चयन

    प्रेस युनियन गुल्मीका सचिव विश्वकर्मा र सदस्य सुनार द्वय सम्मानित

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित बुटवल दैनिक डट कम “तथ्य सहितको सत्य खबर” भन्ने मूल नाराका साथ खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता तथा मनोरञ्जन सामग्री प्रस्तुत गर्दै अघि बढिरहेको छ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com

    • ठेगाना: बुटवल, सुख्खानगर
    • कम्पनी दर्ता नं: २६१५०१ /०७७/७८
    • सूचना विभाग: २५९७/०७७-०७८
    • प्रेस काउन्सिल: ११७८/०७७/७८
    • इमेल: [email protected]
    • फोन: ९८५७०७३६३२, ९८१८३७८४१३

    विज्ञापनको लागि

    मोबाइल: ९८१८३७८४१३

    ई-मेल: [email protected]

    सम्पर्क गर्नुहोस्

    हाम्रो टीम

    संचालक: मोहन के सी

    सम्पादक: सिर्जना मर्सांगी मगर

    © २०८१ Butwal Dainik | सर्वाधिकार सुरक्षित । Designed by GOJI Solution
    ↑