• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ भाद्र १, सोमबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      पत्रकार किशोर श्रेष्ठको पक्राउविरुद्ध दायर बन्दी प्रत्यक्षीकरण रिट संयुक्त इजलासमा

      १५ वर्षीया छात्रालाई म्यासेन्जरमा आपत्तिजनक सन्देश पठाएको आरोपमा प्रिन्सिपल पक्राउ

      रोल्पामा पहिरोको वितण्डा : दुई दिनमा १५ जनाको मृत्यु, दुई जना अझै बेपत्ता

      ४३ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पुजारीको भेषमा पक्राउ

      राहदानी ऐन संशोधन प्रस्ताव : झुटो विवरणमा कैद हटाइँदै, जरिबाना ५ लाखबाट २ लाखमा झार्ने तयारी

      जय नेपाल पार्टीको दल दर्ता किन सर्‍यो ? राणा–प्रसाईंबीच शक्ति बाँडफाँटदेखि ‘साइत’सम्मका कारण

      कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला, तीन दिनदेखि थिए बेपत्ता

      पलाँता अस्पतालमा स्वास्थ्यकर्मीमाथि आक्रमणपछि तोडफोड, तीन जना पक्राउ

      संसदीय क्यालेन्डरबाट प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम गायब

      एलपीजी ग्यास आपूर्तिमा समस्या आए तुरुन्त समाधान गरिने, नेपाल आयल निगमले गठन गर्‍यो क्विक रेस्पोन्स टिम

      थुनामा राख्ने आधार नदेखिएपछि दुर्गा प्रसाईं अदालतको आदेशबाट रिहा

      निर्मल पुर्जासहित दिवंगत आरोहीहरूको शव आज क्याम्प–१ ल्याइँदै

      सहकारी ठगी नियन्त्रणमा सरकारको नयाँ कदम, छुट्टै इजलास गठनको तयारी

      देवानगञ्ज घटनाका दुई मृतकको शव आफन्तलाई जिम्मा, आजै अन्त्येष्टि गरिने

      नारायणी अस्पतालमा चिकित्सकहरूको सामूहिक राजीनामा, स्वास्थ्य सेवा संकटमा

    in
    आज: २०८३ भाद्र १, सोमबार
    होमपेज /  गण्डकी

    ढोरपाटनका बाढी पीडितलाई मल्मबासीको रु १ लाख ३५ हजार सहयोग

  • थम्मन थापा
  • २०७७ भाद्र २५, बिहिबार (५ साल अघि)
  • १५७८ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ४ मिनेट
  • फाईल तस्विर

    बागलुङ, भदौ २४ । बागलुङ जिल्ला यतिबेला शोकमा छ । भदौ १७ गते राति जिल्लाको ढोरपाटन नगरपालिका वडा नं. ७, ८ र ९ स्थित भुजिखोलामा आएको बाढीले त्यहाँ अकल्पनीय क्षति पुरायो । बाढीमा परेर कैयौं मानिसको दुःखद निधन भयो । धेरै मानिस बेपत्ता भए धेरैले आफन्त घरबास र आफ्नो श्रीसम्पत्ति गुमाए ।

    अहिले बाढी पीडितहरुका लागि स्वदेश तथा विदेश बाट विभिन्न संघ संस्था देखि व्यक्ति विशेष बाट राहत सहयोग भइरहेको छ । खाद्यान्न, लत्ता कपडा सँगै आर्थिक सहयोगको क्रम बढेको छ ।

    सहयोगी मनहरु ढोरपाटन नगरपालिकामा पुगेर राहत सामाग्री र आर्थिक सहयोग हस्तान्तरण गर्ने गरेका छन् । यसै बीच ढोरपाटनका बाढी पहिरो पिडितहरुको लागि गलकोट नगरपालिका वडा नं ७ मल्मबाट १ लाख ३५ हजार २ सय ४२ रुपैयाँ राहत सहयोग प्रदान गरिएको वडा अध्यक्ष सुवेदार टिका बहादुर थापाले जानकारी दिनुभयो । ढोरपाटन नगरपालिकाको कार्यालयमा एक कार्यक्रमका बिच उक्त राहत रकम हस्तान्तरण गरिएको वडा अध्यक्ष थापाले बताउनुभयो ।

    राहत रकम सहयोग अन्तर्गत गलकोट नगरपालिका ७ नं. वडा कार्यालय रु १५,०००, सिर्जनशिल आमा समुह आँगाखेत रु १५,०००, मुलपानी सप्ताहघाट महिला समुह खोलापारी रु १०,०२०, घुम्टे प्रगति कृषि समुह मल्म रु १०,०००, जनहित कला केन्द्र मल्म रु १०,०००, चिसापानी आमा समुह बामिया रु १०,०००, राम्चेढुङ्गा पर्यटन बिकास केन्द्र मल्म रु ९,५००, घुम्टे युवा परिवार मल्म रु ५,५००, नाच्ने डाँडा संरक्षण समाज मल्म रु ५,१००, फुलबारी आमा समुह मल्म रु ५,००५, मिलीजुली महिला समुह मल्म रु ५,००५, जनहित कृर्षि समुह रु ५,०००, नौमती बाजा समुह मल्म रु ५,०००, महिला जागरण केन्द्र मल्म रु ५,०००, दलखम विश्वकर्मा समाज मल्म रु ५,०००, झिर्काटापु सामुदायिक वन उपभोक्ता समुह मल्म रु ५,०००, नाच्नेडाडाँ आमा समुह मल्म रु २,०००, दिपशिखा आमा समुह झिर्का रु २,०००, भ¥याङ सामुदायिक वन उपभोक्ता समुह मल्म रु २,०००, टिका कुमारी घिमिरे आगाखेत रु १,०५०, यशोधा थापा आगाखेत रु १,०५०, हिमा केसी आगाखेत रु १,०१० र धन कुमारी बस्नेत आगाखेत रु. १,००० गरी कुल १ लाख ३५ हजार २ सय ४० रुपैयाँ ढोरपाटन नगरपालिकाका नगर प्रमुख देव कुमार नेपालीलाई हस्तान्तरण गरिएको जिल्ला समन्वय समिति बागलुङका सदस्य दल बहादुर थापाले बताउनु भयो ।

    हस्तान्तरण कार्यक्रममा राहत रकम ग्रहण पछि बोल्दै ढोरपाटन नगरपालिकाका नगर प्रमुख देव कुमार नेपालीले नगरको पीडामा साथ र हौसला प्रदान गर्ने मल्मबासी लाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा थप सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो । सो अवसरमा गलकोट नगरपालिका वडा नं ७ का जनप्रतिनिधि, राजनैतिक दलका प्रमुख, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, आमा समूहका प्रतिनिधिहरू, ढोरपाटन नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।

    बोवाङबासीको पिडामा थोरै भएपनि महलम लगाउने उद्धेश्यले राहत संकलन गरेर हस्तान्तरण गरिएको गलकोट नगरपालिका वडा नं ७ का वडा सदस्य मिना दर्जीले जानकारी दिनुभयो ।

    • #ढोरपाटनका बाढी पीडित
    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    गण्डकी सम्बन्धि थप

    पत्रकार किशोर श्रेष्ठको पक्राउविरुद्ध दायर बन्दी प्रत्यक्षीकरण रिट संयुक्त इजलासमा

    १५ वर्षीया छात्रालाई म्यासेन्जरमा आपत्तिजनक सन्देश पठाएको आरोपमा प्रिन्सिपल पक्राउ

    रोल्पामा पहिरोको वितण्डा : दुई दिनमा १५ जनाको मृत्यु, दुई जना अझै बेपत्ता

    राहदानी ऐन संशोधन प्रस्ताव : झुटो विवरणमा कैद हटाइँदै, जरिबाना ५ लाखबाट २ लाखमा झार्ने तयारी

    कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला, तीन दिनदेखि थिए बेपत्ता

    पलाँता अस्पतालमा स्वास्थ्यकर्मीमाथि आक्रमणपछि तोडफोड, तीन जना पक्राउ

    समाचार

    पत्रकार किशोर श्रेष्ठको पक्राउविरुद्ध दायर बन्दी प्रत्यक्षीकरण रिट संयुक्त इजलासमा

    १५ वर्षीया छात्रालाई म्यासेन्जरमा आपत्तिजनक सन्देश पठाएको आरोपमा प्रिन्सिपल पक्राउ

    रोल्पामा पहिरोको वितण्डा : दुई दिनमा १५ जनाको मृत्यु, दुई जना अझै बेपत्ता

    राहदानी ऐन संशोधन प्रस्ताव : झुटो विवरणमा कैद हटाइँदै, जरिबाना ५ लाखबाट २ लाखमा झार्ने तयारी

    बुटवल दैनिक बिशेष

    कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला, तीन दिनदेखि थिए बेपत्ता

    आयल निगमले डिजेल,पेट्रोल र मट्टितेलको मूल्य बढायाे

    तिलोत्तमा रक्तदाता समाज गठन, संस्थाको अध्यक्षमा गोबिन्द बन्जाडे चयन

    प्रेस युनियन गुल्मीका सचिव विश्वकर्मा र सदस्य सुनार द्वय सम्मानित

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित बुटवल दैनिक डट कम “तथ्य सहितको सत्य खबर” भन्ने मूल नाराका साथ खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता तथा मनोरञ्जन सामग्री प्रस्तुत गर्दै अघि बढिरहेको छ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com

    • ठेगाना: बुटवल, सुख्खानगर
    • कम्पनी दर्ता नं: २६१५०१ /०७७/७८
    • सूचना विभाग: २५९७/०७७-०७८
    • प्रेस काउन्सिल: ११७८/०७७/७८
    • इमेल: [email protected]
    • फोन: ९८५७०७३६३२, ९८१८३७८४१३

    विज्ञापनको लागि

    मोबाइल: ९८१८३७८४१३

    ई-मेल: [email protected]

    सम्पर्क गर्नुहोस्

    हाम्रो टीम

    संचालक: मोहन के सी

    सम्पादक: सिर्जना मर्सांगी मगर

    © २०८१ Butwal Dainik | सर्वाधिकार सुरक्षित । Designed by GOJI Solution
    ↑