वि.सं. २०७७ भदौ २५। बिहीबार। इ.स. २०२० सेप्टेम्बर १०। ने.सं. ११४० जलगा। कृष्णपक्ष । अष्टमी, २२:४८ उप्रान्त नवमी।
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
धन आर्जनका नया स्रोतहरु पत्ता लाग्नेछ्न, बैदेसिक क्षेत्रमा सफलता मिल्नेछ, नया काम वा रोजगारको अवसर आउनेछन, भाग्यले विभिन्न अवसर जुराउनेछ|
वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
इस्टमित्र आफन्तजन बाट सहयोग प्राप्त हुनेछ, धन मान तथा प्रतिष्ठामा वृद्धि होला, तर दिउसो बाट टाउको दुख्ने समस्या हुनसक्ला, खानपानमा बिशेष ध्यान दिनुहोला|
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
धैर्य तथा संयमित हुनुपर्ने देखिन्छ, आजको दिन भोगविलासको सामान खरिदबिक्रीमा जानेछ| टाढा रहेका दाजुभाई सँग भेट हुनेछ |
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
चोटपटकको भय देखिन्छ, कुनै अर्को स्थान मा जादा वा सवारी साधन चलाउदा बिशेष ध्यान दिनुहोला, तर पनि नया जग्गा जमिन पनि खरिद बिक्रि [पनि हुनसक्छ| आजको दिन पितृहरुलाई सम्झिएर जल चढाऊनाले शुभ होला |
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आजको दिन शैक्षिक क्षेत्रमा सहभागी भइएला, पठनपाठन तथा लेखन मा रुची बढ्नेछ, सन्तान प्राप्तिका कारण मन हर्षित रहनेछ| आजको दिन भगवान श्रीकृष्णलाइ सम्झिएर शुरु गर्दा अझै राम्रो हुनेछ |
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
शत्रुपक्षहरु कमजोर होलान, तरपनि व्यर्थको भ्रमण होला, नचाहदा नचाहदै पनि कसलाई धन दिन पर्ला, अधुरा कामहरु आजपनि बढ्नेछन|
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
प्रेमप्रेमिकाको भेट होला, कुनै नया स्थानको आकर्षक यात्रा होला, कुनै नया कार्यमा हस्तक्षेप पनि हुन सक्छ| आजको दिन समग्रमा रमाइलो हुनेछ |
वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
तपाइलाई आज पशुचौपाया बाट आक्रमण हुनसक्छ, जल तथा अग्नि भय पनि हुनसक्छ सकेसम्म नदि या तलाउ नगएकै राम्रो होला, तर पनि दिउसो बाट समय अनुकुल रहनेछ, आटेका काम पुरा हुनेछन |
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
बौद्धिक कार्यमा प्रगति हुनेछ, आजको दिन तपाइको प्रसंशा सबैतिर फैलिनेछ, बैदेसिक यात्राको लागि पनि राम्रो अवसर आउनेछ, मान्यजनको सहयोगबाट नया कार्यको थालनी हुनसक्छ |
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
राज्यपक्षबाट सहयोग मिल्ला, ब्यापार तथा जागिरबाट लाभ होला, कुनै रचनात्मक कार्यमा सहभागी भइएला| आजको दिन समग्रमा राम्रो छ |
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
सन्तान पक्षबाट सहयोग प्राप्त हुनाले नया कारोबार शुरु गरिएला, यात्राको लागि आजको दिन अनुकुल रहेको छ, धार्मिक तथा सामाजिक कार्यमा सहभागी भइएला|
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
आज तपाइको प्रगति देखेर डाहा गरेहरु को कमि हुनेछैन, काम गर्दा सचेत रहनुहोला, आजको दिन काम भन्दा कुरा बढी हुनेछन तरपनि मठमन्दिरको दर्शनले मन प्रफुल्ल रहला |