बुटवल- टिम नेपो बुटवलले हाल बुटवलमा उपचारर्थ अर्घाखाँची जिल्ला मालारानी गाँउपालिका वाड नं:४ खन निवासी मेघ बहादुर सार्किको छोरा मिर्गौला पीडित प्रदिप नेपालीलाई आर्थिक सहयोग गरेको छ । आर्थिक अवस्था कमजोर रहेका नेपालीको सहयोगार्थ बिभिन्न दाताहरु बाट सहयोग स्वरुप जम्मा भएको करिब तेह्र हजार नगद पीडित नेपालीलाई हस्तान्तरण गरेको हो ।
टिम नेपो प्रदेश ५ का संयोजक अशोक गौतमको प्रमुख आतिथ्यता , टिम नेपो बुटवलका अध्यक्ष सुमन पोखरेलको सभापत्तित्व ,अभियान संयोजक आशिष खनालको सन्चालनमा भएको हस्तान्तरण कार्यक्रममा संस्थाका कोषाध्यक्ष शक्ती केसी ,बिराट पाण्डे लगायत बक्ताहरुले बिरामीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै आगामी दिनहरुमा अझै सर-सहयोग गर्दै जाने बताए । मिर्गौला पीडित नेपालीले सबै सहयोगी मनहरुलाई धन्यवाद ब्यक्त गरेका थिए ।