वि.सं. २०७७ भदौ १९। शुक्रवार। इ.स. २०२० सेप्टेम्बर ४। ने.सं. ११४० ञलगा। आश्विन कृष्णपक्ष। द्वितीया, १२:२९ उप्रान्त तृतीया।
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
सुख शान्ति, वैभव प्राप्ति गराउला, घरजग्गा तथा व्यवसायमा वृद्धि गराउला, वैदेशिक अवसरहरु आउनेछ्न, कुनै रमाइलो भोजभतेर तथा वैवाहिक कार्यमा सहभागी हुन पाईएला, मन प्रशन्न रहला।
वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
पठनपाठनमा रुचि होला,धनागमन हुनेछ, शत्रुहरु पराजित होलान् , आटेका काम पूरा होलान, स्त्री ,पुत्र आदिबाट साथ सहयोग प्राप्त होला तथा आजको दिन फलदायी भ्रमण पनि होला।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
बिवाह वा पाटिमा सहभागी भइएला, आजको दिन मनोरञ्जन मै बित्ला, मानसिक तथा शारीरिक पक्ष सबल होला, स्त्री लाभ तथा प्रेम बढ्नेछ, मिष्टान्न भोजनको अवसर आउनेछ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
विभिन्न प्रकारका कष्ट आउन सक्नेछ, बादबिवाद होला, गरेको कार्य आजपनी अधुरै रहला, कुनै मुद्दामामिला पर्नसक्छ,यात्रा गर्दा सावधानी अपनाउनु होला, आजको दिन घरमै बस्दा राम्रो होला।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आजको दिन सम्मानित हुन पाइएला उच्च पदस्थ व्यक्तिको साथ र सहयोग पाईनेछ, तिर्थयात्रा तथा पुण्यकर्म गराउला स्त्री पुत्र तथा धनमान प्राप्त होला, वैदेशिक रोजगारको ढोका खुला रहला।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
चोर तथा सर्पको भय रहला, पित्त बिकारले गर्दा स्वास्थमा समस्या आउला, भाईबन्धु तथा मित्रबाट असहयोग होला, दण्ड तथा जरिवाना होला, सावधान रहनुहोला।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
आजको दिन आन्तरिक तथा बाह्य भ्रमण हुनेछ, अनेक प्रकारका लाभ होलान, परिवारजनबाट सहयोग प्राप्त हुनाले मन प्रशन्न रहला, नयाँ ब्यापार तथा व्यवसायको थालनी हुनसक्छ।
वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
आजको दिन तपाईंलाई धर्ममा रुचि,यश तथा किर्ती लाभ होला, पहिले देखि रोकिएको मुद्दा आज जितिनेछ, सुन्दर तथा प्रिय बस्तुको प्राप्तहोला, तर मध्यान्न पछि भने भय तथा संका उत्पन्न होला।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
आजको दिन रोगबाट मुक्ति भईएला, राज्य, धन तथा पुत्र लाभ होला, नयाँ बस्तु प्राप्त हुनेछ, मिष्टान्न भोजनमा सहभागी हुन पाईएला , तथा पराक्रममा वृद्धि होला।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
आजको दिन तपाईंको लागि कुबेरको भण्डार खुला हुनेछ, राजा तथा राज्यका अधिकारि हरु पनि तपाईंको बशमा होलान् , व्यापार ब्यवसायमा लाभ होला, कुनै छोटो तथा लामो दुरिको यात्रा गराउला।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
कुनैपनि प्रकारको उच्चपद प्राप्त गराउला, धर्ममा रुचि गराउला, मनमा शान्ति तथा अनुहारमा कान्ति छाउला, राज्य,पुत्र तथा धनको वृद्धिले समय अनुकुल रहनेछ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
मिथ्याआरोप लाग्नसक्छ, कुनैपनी शस्त्र तथा हतियारबाट चोटपटक लाग्नसक्छ, होशियार रहनुहोला, मौसमी रोगले सताउला, मनमा भय,चिन्ता होला, मध्याह्न पछी भने धन प्राप्ति गराउला।