बुटवल, भदाै १८ । टिम नेपो प्रदेश ५ को संयोजनमा टिम नेपो तिलोत्तमाद्वारा कोभिडको महामारीको बेला पनि आफ्नो कार्यक्षेत्रमा रातदिन खटी जनताको सुरक्षा र स्वास्थ्यमा अतुलनिय भूमिका खेलेको भन्दै अस्थायी प्रहरी चौकी योगिकुटीका इन्चार्ज प्रहरी सहायक निरिक्षक बिमला बिश्वकर्मालाई “टिम नेपो कोभिड-१९ हिरो अवार्ड” बाट सम्मान गरेकाे छ । साथै संस्थाले प्रहरी चौकीलाई मास्क, सेनिटाइजर,फेस सिल्ड लगायत सामाग्री हस्तान्तरण गरेको छ ।
टिम नेपो प्रदेश ५ का संयोजक अशोक गौतमको प्रमुख आतिथ्यता, टिम नेपो तिलोत्तमाका अध्यक्ष हरी न्यौपानेको सभापत्तित्व तथा इन्चार्ज बिमला बिश्वकर्मा ,जागृति युवा क्लबका अध्यक्ष बिदुर केसी, दाउन्ने श्री अटो ट्रेडर्सका संचालक तथा समाजसेवी रमेश पाण्डे लगायतको आतिथ्यतामा सामाजिक दुरी कायम गरी गरिएको उक्त कार्यक्रमको सन्चालन संस्थाका सचिब बिशाल न्यौपानेले गरेका थिए ।
कार्यक्रममा बक्ताहरुले यस्तो कार्यक्रम गरी यस्तो बिशम परिस्थितीमा पनि आफ्नो कर्तब्य पुरा गर्न दिनरात खटिने सम्पूर्ण राष्ट्रसेवक कर्मचारी ,स्वास्थ्यकर्मी, पत्रकार, ब्यान्कर लगायत सम्पूर्णको मनोबल उच्च पार्ने काम गरेकोमा आयोजकलाई धन्यवाद दिएका थिए ।