• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०७७ फागुन १४, शुक्रबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • भिडियो
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीको अध्यक्षमा उज्ज्वलप्रसाद कसजु विजयी

      ४९ मिनेट अघि

      गुल्मी कोरोना संक्रमणमुक्त जिल्ला

      १३ घण्टा अघि

      बुटवलमा ट्याक्टर र मोटरसाइकल ठोकिदा मोटरसाइकल चालकको मृत्यु

      १३ घण्टा अघि

      नबज्योती महिला द्वारा उपहार प्रदान

      १४ घण्टा अघि

      बरेङमा सामुदायिक औसधि कार्यक्रम : स्वास्थ्य संस्थामै सुलभ दरमा औसधि

      १५ घण्टा अघि

      बिद्यालयमा बालबालिकालाई सुरक्षित गर्न प्राथमिक स्वास्थ्य सेवा किट बाकस

      १५ घण्टा अघि

      हिन्दु युवा शक्तिले कानुनी रुपमै मान्यता पायाे

      १५ घण्टा अघि

      रुपन्देहीमा ५० हजार घुस सहित सशस्त्रका निरिक्षक र नायव निरिक्षक पक्राउ

      १५ घण्टा अघि

      ३९ औं मगर एकता दिवसको कार्यक्रम तिनसम्म चल्ने

      १६ घण्टा अघि

      मन भित्रको जिन्दगी

      १६ घण्टा अघि

      मिलिजुली महिला उद्यम समुहद्वारा स्टेसनरी उपहार

      १६ घण्टा अघि

      जनता समाजवादी पार्टी शीर्ष नेतासँग प्रचण्ड नेपालको भेटवार्ता

      २१ घण्टा अघि

      नेकपा ओली समूहकाे स्थायी कमिटी बैठक स्थगित

      २१ घण्टा अघि

      शिक्षकलाई तलब नदिएकाे भन्दै विद्यार्थीले लगाए विद्यालयमा ताल्चा

      २१ घण्टा अघि

      बहुमत प्राप्त गरेको प्रधानमन्त्री निरीह हुने यो कस्तो व्यवस्था ?– नेता रामजी घिमीरे

      १ दिन अघि
    in
    आज: २०७७ फागुन १४, शुक्रबार
    ट्रेन्डीङ्ग
    अन्जली अधिकारीअर्जुन पोख्रेलदीपकराज गिरीदुर्गेश थापापल शाहपुजा शर्माप्रकाश कटुवालप्रकाश सपुतबसन्त थापाबिष्णु खत्रीबिष्णु माझीयुवराज आचार्यवर्षा राउतशान्ती श्री परियार
    होमपेज / मुख्य समाचार

    मदिरा खाए काेरोना निको हुन्छ त ? हेरेर सक्दाे शेयर गराै

  • बुटवल दैनिक
  • २०७७ भाद्र १८, बिहिबार (५ महिना अघि)
  • २८८ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • फाईल तस्विर

    डोटी, भदाै १८ । कोरोना सङ्क्रमणको त्रासका कारण जिल्ला नै आक्रान्त भइरहेका बेला यहाँका ग्रामीण क्षेत्रमा खुलेआमरुपमा मदिरा बिक्री वितरण भइरहेको छ । मदिराका कारण जिल्लाको सुरक्षा चुनौती पनि थपिँदै जान थालेको छ ।

    मदिरा खाए करोना निको हुन्छ भन्ने अफवा फैलिएका कारण पनि चुनौती बढेको हो । यहाँ फैलिएको भ्रम र अन्धविश्वासका कारण गाउँघरमा मदिरा खपत बढेको स्थानीयवासी बताउँछन् ।

    कोरोनाबाट जोगिन भन्दै मदिरा नपिउनेहरुले पनि हिजोआज मदिरा पिउन थालेको केआइसिंह गाउँपालिका–६ सेलेनाका स्थानीयवासी रमेशबहादुर बलायरले बताए । उनले भने, “मदिरा पिए कोरोना लाग्दैन भन्ने भ्रम चलाएका कारण गाउँमा मदिरा पिउने बढेका छन्, जसले गर्दा समाजमा अन्य घटनासमेत घट्न थालेका छन् ।” मदिरा नियन्त्रणका लागि यहाँको स्थानीय प्रहरी प्रशासनले थुप्रै प्रयास गरेपनि सफल हुन सकेको छैन ।

    मदिराकै कारण जिल्लामा यो आर्थिक वर्षमा मात्रै एक दजर्न बढी घटना भएको प्रहरीको तथ्याङ्कमा छ । यहाँको स्थानीय प्रहरी प्रशासनले गाउँमा मदिराको बिक्रीवितरण तथा ओसारपसारलाई पूर्णरुपमा बन्द गर्ने निर्णय गरेपनि त्यो कागजमा मात्रै सिमित भएको छ भने गाउँमा झनै समस्या उत्पन्न हुन थालेको छ ।

    गाउँघरमा हुने अधिकांश घटनाको प्रमुख कारण मदिरा भएपनि यहाँका गाउँमा बिक्रीवितरण हुने मदिरा रोक्न खासै कसैले पहल नगरेको स्थानीयको आरोप छ । मदिरा नियन्त्रणका लागि गाउँगाउँमा आमा समूह गठन भएपनि लुकी छिपी तथा कोरोनाबाट बच्न भन्दै मदिरा पिउनेहरु बढेका कारण रोक्न र नियन्त्रण गर्न नसकिएको ती समूहमा आबद्ध महिला बताउँछन् ।

    जिल्ला सदरमुकामलगायत यहाँका ग्रामीण क्षेत्रमा बिना इजाजत खुलेआम रुपमा नियम बिपरित मदिरा बिक्रीवितरण भई रहेको दिपायलका स्थानीयवासी उत्तम द्धारीयाले बताए । उनले भने, “बजारदेखि गाउँसम्म बिना इजाजत खुलेआम मदिरा बिक्रीवितरण भइरहेको छ, रोक्नको साटो नेता नै पक्राउ परेका छुटाउन खोज्नछन्, त्यसले झनै चुनौती थपिएको छ ।”

    मदिरा सेवनका कारण ठूलै घटना नभएपनि सामान्य घटनाहरु दैनिक जसो गाउँमा घट्न थालेको आदर्श गाउँपालिकाका स्थानीय योगेन्द्रबहादुर बोहराले बताए । उनले भने, “प्रहरीको सामुन्ने कसैले पनि मदिरा बेच्दैनन, प्रहरी नभएको बेला मदिरा बिक्री भइरहेको छ ।” यहाँका ग्रामीण क्षेत्रमा राजनैतिक दलका नेताको आडमा खुलेआम रुपमा मदिरा ओसारपसार हुने तथा बिक्रीवितरण हुने गरेको स्थानीयवासीको आरोप छ ।

    जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार यो आर्थिक वर्षमा मदिरा सेवनसँग सम्बन्धित एक दर्जन बढी उजुरी परेका छन् । डोटीमा स्थानीय प्रशासनले मदिरा बिक्री गर्न इजाजत प्राप्त व्यापारीलाई बेलुकी ४ बजेदेखि ७ बजेसम्म मात्र मदिरा बिक्रीवितरण गर्न पाइने नियम लागु गरेपनि यहाँ अन्य समयमा समेत मदिरा कारोबार भइरहेको पाईएको छ ।

    जिल्ला सदरमुकाममा मदिरा व्यवस्थित हुन नसकेपछि जिल्लाको ग्रामीण भेगमा खुलेआम अवैध मदिरा कारोबार हुने गरेको छ । बजारका गोदामबाट दैनिक जसो मदिरा गाउँघरमा बिक्रिवितरणका लागि जाने गरेपनि यहाँको प्रहरी प्रशासनले रोक्नेभन्दा पनि व्यापारीसँगको मिलेमतोमा गाउँ जान दिने गरेको स्थानीयको आरोप छ ।

    उता जिल्ला प्रहरी कार्यालय डोटीका निमित्त प्रहरी प्रमुख तथा डिएसपी इन्द्रबहादुर मल्लले गाउँमा मदिरा कारोवार तथा बेचबिखन बन्देज गरेको दाबी गरे । उनले भने, “अबैध मदिरा कारोवारीलाई कारवाही सुरु गरेका छौँ, बन्द भन्नाले पूर्णरुपमा निर्मूल पार्न सकेका छैनौँ, पहिलेभन्दा अहिले मदिरा बेचबिखन नियन्त्रणमा आएको छ, अबैध मदिरा बन्द गर्नमा प्रहरी सक्रिय रुपमा लागेको छ ।”

    • #काेरोना

    प्रतिक्रिया दिनुहोस


    मुख्य समाचार सम्बन्धि थप

    बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीको अध्यक्षमा उज्ज्वलप्रसाद कसजु विजयी

    गुल्मी कोरोना संक्रमणमुक्त जिल्ला

    बुटवलमा ट्याक्टर र मोटरसाइकल ठोकिदा मोटरसाइकल चालकको मृत्यु

    नबज्योती महिला द्वारा उपहार प्रदान

    बरेङमा सामुदायिक औसधि कार्यक्रम : स्वास्थ्य संस्थामै सुलभ दरमा औसधि

    बिद्यालयमा बालबालिकालाई सुरक्षित गर्न प्राथमिक स्वास्थ्य सेवा किट बाकस

    समाचार

    बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीको अध्यक्षमा उज्ज्वलप्रसाद कसजु विजयी

    गुल्मी कोरोना संक्रमणमुक्त जिल्ला

    बुटवलमा ट्याक्टर र मोटरसाइकल ठोकिदा मोटरसाइकल चालकको मृत्यु

    नबज्योती महिला द्वारा उपहार प्रदान

    बुटवल दैनिक बिशेष

    बुटवलमा ट्याक्टर र मोटरसाइकल ठोकिदा मोटरसाइकल चालकको मृत्यु

    नेपाल-दाहाल नेकपाद्वारा बुटवलमा विजयी उत्सव

    स्वतन्त्र पत्रकार संघ रुपन्देहीको चौथो अधिवेशन फागुन १४ मा हुदै

    कञ्चन जेसिजले गर्यो ६० युनिट रगत संकलन

    अत्यधिक पढिएका खबरहरु
    १.

    गर्भमा छोरी छ कि छोरा सजिलै पत्ता लगाउने तरिका हेर्नुहोस्

  • २०७७ जेष्ठ ४, आईतबार
  • २२६२१ पाठक संख्या
  • २.

    बुटवल शान्तिचोकमा सवारी दुर्घटना, १ जनाको मृत्यु

  • २०७७ माघ २८, बुधबार
  • ३१२१ पाठक संख्या
  • ३.

    तिलोत्तमा मा रहेको प्यारामाउण्ट बोडिङ्ङ स्कुलमा नेपाल विद्यार्थी संघले लगायो ताला ..

  • २०७७ अषाढ २२, सोमबार
  • २६२१ पाठक संख्या
  • ४.

    शारीरिक सम्पर्क बाट कोरोना सर्छ या सर्दैन ?

  • २०७७ जेष्ठ १, बिहिबार
  • २४८९ पाठक संख्या
  • ५.

    एउटै रुखमा ,एउटै गलबन्दीमा झुण्डिए बृद्ध दम्पती

  • २०७७ बैशाख १, सोमबार
  • २४८३ पाठक संख्या
  • ६.

    नेपालका ७७ जिल्ला मध्ये २२ जिल्लामा कोरोना संक्रमण ,कुन कुन जिल्लामा कती पुगे हेर्नुहोस ।।

  • २०७७ बैशाख ३१, बुधबार
  • २४६५ पाठक संख्या
  • सन्चालक / संबादाता
    मोहन ब. खत्री क्षेत्री

    सम्पादक
    सृजना मर्सांगी मगर

    पत्राचार ठेगाना

    रंगिन मिडिया प्रा.ली. द्वारा संचालित
    बुटवल दैनिक डट कम का लागी
    ठेगाना बुटवल ०८ सुख्खानगर, रुपन्देही
    ईमेल: butwaldainik@gmail.com
    सम्पर्क न ०७१-५४१५३३

    फेसबुक

    ट्विटर

    Tweets by ButwalDainik
    © २०७६ Butwal Dainik मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑