• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ भाद्र २१, आईतबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      थेराङ खोलामा आएको बाढीले गोरखामा चार घर र पुल बगायो

      विराटनगरको राधाकृष्ण रथयात्राको भेटी भोटेकोशी बाढीपीडितलाई दिइने

      त्रिशूली–३ ‘ए’ सुरुङबाट आयो जवाफ, फसेकाहरू जीवित रहेको पुष्टि

      त्रिशूली–३ ‘ए’को सुरुङबाट २० हजार घनमिटर लेदो हटाइयो

      तीन ठूला नदीमा जलसतह सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सावधानी अपनाउन आग्रह

      नुवाकोटमा बाढीको भयावह दृश्य, एउटै घरबाट २४ शव बरामद

      कृष्णभीरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग ठप्प, काठमाडौं आउजाउका लागि वैकल्पिक मार्ग तोकियो

      भोटेकोशीमा पानीको बहाव बढेपछि प्रशासनको चेतावनी, नदी किनारमा उच्च सतर्कता अपनाउन आग्रह

      रसुवा बाढी : ६१६ जनाको शव फेला, २ हजार ३०१ जनाको उद्धार

      बाढीपीडितका लागि सहयोगको ओइरो, दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टामा १ अर्ब ९१ करोडभन्दा बढी जम्मा

      भोटेकोशी बाढी प्रभावितको उद्धारका लागि प्रधानमन्त्री बालेनको आपत्कालीन बैठक, सुरक्षा निकाय परिचालन

      घरबाट सम्पर्कविहीन भएकी १३ वर्षीया बालिका होटलमा फेला, अनुसन्धानपछि यौन शोषणमा लगाएको आरोपमा दुई जना पक्राउ

      बालिका हत्या प्रकरणमा आरोपी किशोरको भिडियो भाइरल भएपछि प्रहरीको अनुसन्धान सुरु

      जेठो छोराको हत्या भएको खबरले आमाको ज्यान गयो, मलेसियाबाट फर्किँदै श्रीमान्

      रेशम चौधरीलाई आममाफी दिने सरकारको निर्णयविरुद्धको रिटमा सर्वोच्चमा सुनुवाइ हुँदै

    in
    आज: २०८३ भाद्र २१, आईतबार
    होमपेज /  आजको पत्रपत्रिका बाट

    बाँस्कोटाको अडियो रेकर्ड गर्ने मिश्रलाई बयान दिन उपस्थित नभए कानुनी कारबाही

  • बुटवल दैनिक/पत्रपत्रिका
  • २०७७ भाद्र १८, बिहिबार (६ साल अघि)
  • ९४६ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • फाईल तस्विर

    काठमाण्डाैं, भदाै १८ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री गोकुल बाँस्कोटाको अडियो रेकर्ड गर्ने विजयप्रकाश मिश्रलाई सात दिनभित्र उपस्थित हुन सार्वजनिक सूचनामार्फत निर्देशन दिएको छ । मिश्रले सात दिनभित्र हाजिर भई बयान नदिएमा कानुनी कारबाही गर्ने चेतावनी अख्तियारले दिएको छ । मिश्र भने हाल जापानमा छन् ।

    फेसबुकमा पछ्याउनुहोस्

    कोरोना संक्रमणको जोखिमका कारण बयान लिने र छानबिन गर्ने काममा सुस्तता आइरहेका बेला सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणको विषयमा आयोगले मिश्रलाई छानबिनका लागि बोलाएको हो । अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले सेक्युरिटी प्रेस खरिदका बारेमा आवश्यक छानबिन गरी अनुसन्धानलाई तीव्रता दिनका लागि मिश्रलाई बोलाइएको जानकारी दिए ।

    सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रक्रियामा स्विस कम्पनीका स्थानीय एजेन्टसँग ७० करोड कमिसनका लागि मोलमोलाइ गरेको भन्ने विषयमा बुझ्नका लागि सूचना जारी गरेको अख्तियारले जनाएको छ । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदपछि प्राप्त हुने कमिसनको मोलमोलाइ गर्दाको अडियो रेकर्ड सार्वजनिक भएपछि तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री बाँस्कोटाले ८ फागुन २०७६ मा पदबाट राजीनामा दिएका थिए । यसपछि बाँस्कोटाले काठमाडौं जिल्ला अदालतमा मिश्रका विरुद्ध गाली बेइज्जतीको मुद्दा हालेका छन् । बाँस्कोटाले अदालतमा हालेको मुद्दा हाल विचाराधीन अवस्थामा छ ।

    मिश्रले भने बाँस्कोटालाई भ्रष्टाचारमा कारबाहीको माग गर्दै अख्तियारमा निवेदन दिएका थिए । मिश्रको निवेदनपछि सो प्रकरणमा अख्तियारले बाँस्कोटामाथि छानबिन थालेको थियो । अनुसन्धान थालेको करिब ६ महिनापछि अख्तियारले अडियो रेकर्ड गर्ने मिश्रसँग बयान लिनका लागि सात दिने सूचना प्रकाशित गरेका हो ।

    पूर्वमन्त्री बाँस्कोटाले पाउलान् क्लिन चिट ?
    १५ महिनाअघि तत्कालीन मन्त्री बाँस्कोटाको कार्यकक्षमै रेकर्ड भएको भनिएको अडियो गत फागुनमा सार्वजनिक भएको थियो । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा बाँस्कोटाले खरिद प्रक्रियामा ५४ देखि ५५ करोड बनाउन आग्रह गरेको रेकर्ड छ ।

    तत्कालीन अवस्थामा स्विस कम्पनीसँग सम्झौता गर्ने भनिए पनि हाल सो कम्पनी सेक्युरिटी खरिद प्रकरणमा सामेल रहेको छैन । यस आधारमा बाँस्कोटाले अख्तियारबाट क्लिन चिट पाउने सम्भावना देखिएको छ । मिश्रका धेरै गतिविधि शंकास्पद र संदिग्ध प्रकृतिको भएकाले बाँस्कोटालाई क्लिन चिट दिने धेरै आधारहरू तय हुन सक्ने देखिएको अख्तियार उच्च स्रोतको भनाइ छ । रेकर्ड गरिएको भनिएको सिडीको आधिकारिताका बारेमा मिश्रले पुष्टि गर्न सक्ने आधार न्यून हुँदै गएकाले पनि बाँस्कोटालाई सहज हुँदै गएको बताइएको छ ।

    यो खबर आजको राजधानी दैनिकमा निराजन पौडेलले लेखेका हुन् ।

    • #विजयप्रकाश मिश्र
    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    आजको पत्रपत्रिका बाट सम्बन्धि थप

    अन्तर्राष्ट्रिय उडान थपिने, आन्तरिक उडान पनि खोलिने, हेर्नुहाेस पूरा विवरण

    काेराेनाका कारण चिडियाखानाका जीवजन्तु सङ्कटमा

    नेकपा संसदीय बोर्ड अझै डामाडाेल

    संक्रमितको जीवन रक्षाका निम्ति प्लाज्मा दान अभियानमा चिकित्सक

    नेपाल – भारत सम्बन्ध सुधार हुने आशा

    नेकपाका दुई अध्यक्षबीच कडिकडाउ संवाद, दुवै नेता भए सम्म पहुँचकाे प्रयाेगमा

    समाचार

    थेराङ खोलामा आएको बाढीले गोरखामा चार घर र पुल बगायो

    विराटनगरको राधाकृष्ण रथयात्राको भेटी भोटेकोशी बाढीपीडितलाई दिइने

    त्रिशूली–३ ‘ए’ सुरुङबाट आयो जवाफ, फसेकाहरू जीवित रहेको पुष्टि

    त्रिशूली–३ ‘ए’को सुरुङबाट २० हजार घनमिटर लेदो हटाइयो

    बुटवल दैनिक बिशेष

    कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला, तीन दिनदेखि थिए बेपत्ता

    आयल निगमले डिजेल,पेट्रोल र मट्टितेलको मूल्य बढायाे

    तिलोत्तमा रक्तदाता समाज गठन, संस्थाको अध्यक्षमा गोबिन्द बन्जाडे चयन

    प्रेस युनियन गुल्मीका सचिव विश्वकर्मा र सदस्य सुनार द्वय सम्मानित

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित बुटवल दैनिक डट कम “तथ्य सहितको सत्य खबर” भन्ने मूल नाराका साथ खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता तथा मनोरञ्जन सामग्री प्रस्तुत गर्दै अघि बढिरहेको छ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com

    • ठेगाना: बुटवल, सुख्खानगर
    • कम्पनी दर्ता नं: २६१५०१ /०७७/७८
    • सूचना विभाग: २५९७/०७७-०७८
    • प्रेस काउन्सिल: ११७८/०७७/७८
    • इमेल: [email protected]
    • फोन: ९८५७०७३६३२, ९८१८३७८४१३

    विज्ञापनको लागि

    मोबाइल: ९८१८३७८४१३

    ई-मेल: [email protected]

    सम्पर्क गर्नुहोस्

    हाम्रो टीम

    संचालक: मोहन के सी

    सम्पादक: सिर्जना मर्सांगी मगर

    © २०८१ Butwal Dainik | सर्वाधिकार सुरक्षित । Designed by GOJI Solution
    ↑