• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ आश्विन ८, बिहिबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      त्रिपुरेश्वर बस आगलागी : चालक अर्जुनको मृत्यु, अर्कैको लाइसेन्स प्रयोगदेखि मूलपानी र बालाजुका घटनासम्म प्रहरीको अनुसन्धान

      त्रिपुरेश्वर बस आगलागीमा जलेका चालकको उपचारकै क्रममा ज्यान गयो

      एमालेमा कार्यदलको प्रतिवेदनमै विवाद, ओलीले नमानेपछि फेरि सचिवालय बैठक

      गगनको महाधिवेशनमा नजाने पूर्णबहादुर खड्काको घोषणा, भने– ‘चमत्कार नभए कांग्रेस फुट्छ’

      गगन क्याम्पमा नेताहरूको ओइरोपछि देउवा पक्ष आक्रोशित

      १८ दिनपछि खुल्यो कृष्णभीर : नयाँ ट्र्याक बनेसँगै पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा

      राजदूत नियुक्तिको अन्तिम तयारी : २१ देशको नाम तयार, बालेन–रविबीच सहमति बाँकी

      सप्तकोशी उर्लिएपछि कोशी ब्यारेजका २३ ढोका खोलियो, तटीय क्षेत्रमा सतर्कता

      तीजमा पशुपतिनाथमा भक्तजनको भीड, बिहान १० बजेसम्म १८ हजारले गरे दर्शन

      वाणगंगामा बाढीले १२ जना फस्यो, सशस्त्र प्रहरीले गर्‍यो उद्धार

      गैँडाकोटमा दुई बस ठोक्किँदा १८ जना घाइते, सबैलाई उपचारका लागि भरतपुर लगियो

      भरतपुरमा गुडिरहेको विद्युतीय कारमा अचानक आगलागी, एक जनाको जलेर मृत्यु

      तीन वर्षीया बालिका हत्या प्रकरण : दुई नाबालकलाई बाल सुधारगृह पठाउन आदेश

      भदौपछि हिंसालाई वैध र अराजकतालाई जायज ठहर्‍याउने काम भयो : ओली

      जेनजी आन्दोलनको एक वर्ष : राजनीतिक परिवर्तन आयो, तर घाउ अझै उस्तै

    in
    आज: २०८३ आश्विन ८, बिहिबार
    होमपेज /  मुख्य समाचार

    कोरोना बिरूध्द प्लाज्मा थेरापी- नेपालमा ४५ जना निकाे , के हाे त प्लाज्मा थेरापी ?

  • बुटवल दैनिक/पत्रपत्रिका
  • २०७७ भाद्र १७, बुधबार (६ साल अघि)
  • ९९४ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ५ मिनेट
  • फाईल तस्विर

    काठमाण्डाैं, भदाै १७ । कोरोना भाइरस विरुद्धको खोप वा औषधि बजारमा आइसकेको छैन । विकल्पका रूपमा अपनाइएको प्लाज्मा थेरापी नेपालमा भरपर्दो आशाको किरण बनेको छ ।

    प्लाज्मा थेरापी बिरामीको अनुमतिमा परीक्षणकै क्रममा रहे पनि त्यसले सकारात्मक परिणाम दिइरहेको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव डा. प्रदीप ज्ञवालीले बताए । उनी प्लाज्मा थेरापीले हानि गर्दैन, त्यसैले रगत दिन र लिन डराउनुपर्दैन भनेर सुझाव दिन्छन् ।

    उनका अनुसार चिकित्सक, स्वास्थ्यकर्मी र अन्य बिरामीले अनुमति दिएको खण्डमा प्लाज्मा थेरापीको प्रयोग त्यस्ता कोरोना भाइरसका सङ्क्रमितमा भइरहेको छ ।

    हालसम्म यस थेरापीबाट ४५ जना निको भइसकेका छन् । अमेरिका लगायत विकसित देशमा पनि प्लाज्मा थेरापी कोरोना भाइरसविरुद्ध विकल्पको औषधिका रूपमा प्रयोग भइरहेको छ ।

    प्लाज्मा थेरापी कोरोना भाइरस सङ्क्रमण भएर निको भएका व्यक्तिको रगत अन्य बिरामीलाई दिएर गरिने उपचारविधि रहेको ज्ञवालीले स्पष्ट गरे । उनले सङ्क्रमण मुक्त भएको दुई हप्तापछि ती व्यक्तिको रगतको प्लाज्मा अन्य सङ्क्रमितलाई दिन योग्य हुन्छ। सामान्य रूपमा ब्लड बैङ्कको माध्यमबाट रगत दिएर त्यसबाट प्लाज्मा छुट्याइन्छ । त्यसपछि अन्य सङ्क्रमितमा त्यो प्लाज्मा प्रयोग गरिन्छ ।

    ब्लड बैङ्कमा प्लाज्मा भण्डारण गर्न र रक्तदाता खोज्न भने यतिबेला समस्या भइरहेको छ । भर्खर सङ्क्रमणमुक्त भएका बेला हत्तपत्त कसैले रगत दिन मान्दैनन् । त्यसका लागि स्वास्थ्यकर्मीले दातालाई थप परामर्श दिन आवश्यक ठानिएको उनले औँल्याए। सङ्क्रमित भएर निको हुने व्यक्तिले रगत दान गर्दा ‘साइड इफेक्ट’ नहुने भएकाले रगत दान गरेर अरूको ज्यान बचाउन उनले अनुरोध गरे । रगत लिनेलाई पनि कुनै हानि हुँदैन । जुन समूहको रगत हो त्यही रक्त समूहका बिरामीलाई प्लाज्मा झिकेर दिइन्छ । रक्त समूह भने फरक पर्नुहुँदैन ।

    विश्वका विकसित देशले भने यसरी रगतको प्लाज्मा निकाल्नेभन्दा पनि नयाँ प्रविधि सहितको मेसिनबाट सीधै दाताको रगतबाट प्लाज्मा मात्र निकालेर अन्य बिरामीलाई दिने गरिन्छ ।

    विश्वमा हालै भएको अध्ययन अनुसार प्लाज्मा दिएकामध्ये ५७ प्रतिशत कोरोना सङ्क्रमित निको भएको पाइएको छ । नेपालमा विभिन्न २२ वटा अस्पतालमा प्लाज्मा थेरापीको परीक्षण भइरहेको छ । अध्ययनको थप निष्कर्ष भने केही दिनमा पूर्ण रूपमा आउने परिषद्ले जनाएको छ । याे गोरखापत्र दैनिकमा समाचार छ ।

    • #प्लाज्मा थेरापी
    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    मुख्य समाचार सम्बन्धि थप

    त्रिपुरेश्वर बस आगलागी : चालक अर्जुनको मृत्यु, अर्कैको लाइसेन्स प्रयोगदेखि मूलपानी र बालाजुका घटनासम्म प्रहरीको अनुसन्धान

    त्रिपुरेश्वर बस आगलागीमा जलेका चालकको उपचारकै क्रममा ज्यान गयो

    एमालेमा कार्यदलको प्रतिवेदनमै विवाद, ओलीले नमानेपछि फेरि सचिवालय बैठक

    गगनको महाधिवेशनमा नजाने पूर्णबहादुर खड्काको घोषणा, भने– ‘चमत्कार नभए कांग्रेस फुट्छ’

    गगन क्याम्पमा नेताहरूको ओइरोपछि देउवा पक्ष आक्रोशित

    १८ दिनपछि खुल्यो कृष्णभीर : नयाँ ट्र्याक बनेसँगै पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा

    समाचार

    त्रिपुरेश्वर बस आगलागी : चालक अर्जुनको मृत्यु, अर्कैको लाइसेन्स प्रयोगदेखि मूलपानी र बालाजुका घटनासम्म प्रहरीको अनुसन्धान

    त्रिपुरेश्वर बस आगलागीमा जलेका चालकको उपचारकै क्रममा ज्यान गयो

    गगनको महाधिवेशनमा नजाने पूर्णबहादुर खड्काको घोषणा, भने– ‘चमत्कार नभए कांग्रेस फुट्छ’

    गगन क्याम्पमा नेताहरूको ओइरोपछि देउवा पक्ष आक्रोशित

    बुटवल दैनिक बिशेष

    कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला, तीन दिनदेखि थिए बेपत्ता

    आयल निगमले डिजेल,पेट्रोल र मट्टितेलको मूल्य बढायाे

    तिलोत्तमा रक्तदाता समाज गठन, संस्थाको अध्यक्षमा गोबिन्द बन्जाडे चयन

    प्रेस युनियन गुल्मीका सचिव विश्वकर्मा र सदस्य सुनार द्वय सम्मानित

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित बुटवल दैनिक डट कम “तथ्य सहितको सत्य खबर” भन्ने मूल नाराका साथ खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता तथा मनोरञ्जन सामग्री प्रस्तुत गर्दै अघि बढिरहेको छ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com

    • ठेगाना: बुटवल, सुख्खानगर
    • कम्पनी दर्ता नं: २६१५०१ /०७७/७८
    • सूचना विभाग: २५९७/०७७-०७८
    • प्रेस काउन्सिल: ११७८/०७७/७८
    • इमेल: [email protected]
    • फोन: ९८५७०७३६३२, ९८१८३७८४१३

    विज्ञापनको लागि

    मोबाइल: ९८१८३७८४१३

    ई-मेल: [email protected]

    सम्पर्क गर्नुहोस्

    हाम्रो टीम

    संचालक: मोहन के सी

    सम्पादक: सिर्जना मर्सांगी मगर

    © २०८१ Butwal Dainik | सर्वाधिकार सुरक्षित । Designed by GOJI Solution
    ↑