
वि.सं. २०७७ भदौ १४। आइतवार। इ.स. २०२० अगस्ट ३०। ने.सं. ११४० ञलाथ्व। भाद्र शुक्लपक्ष। द्वादशी, ०८:५४ उप्रान्त त्रयोदशी।
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
पारिवारिक प्रेम बढ्नेछ , रमाइलो गर्ने अवसर प्राप्त हुनेछ ,तर मध्याह्न तिर मनमा त्रास बढ्नेछ, यात्रा गर्दा साबधानी अपनाउनु होला चन्द्रमालाई सम्झेर जल चढाउदा राम्रो हुनेछ ।
वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
सामाजिक क्षेत्रमा सेवा गर्ने अवसर प्राप्त हुनेछ ,खर्च बढ्ने योग भएता पनि उचित ठाउँमा हुनेछ , पुलिस प्रशासनको कारबाहीमा पर्नसक्ने संभावना छ। ॐ नम: शिवाय मन्त्र १०८ पटक जप गरि कार्य सुरु गरेमा सफलता प्राप्त गर्न सकिनेछ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
पारिवारिक जमघट तथा मिष्ठान भोजनको अवसर प्राप्त हुनेछ , अधुरा कामहरू बन्नाले मन प्रसन्न रहनेछ, सेतो कपडामा चामल बाधेर दिनको सुरुवात गर्दा अति उत्तम हुनेछ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
व्यर्थको भ्रमण हुनेछ, पशु चौपाया तथा सवारी साधनबाट नोक्सानी उठाउनु पर्ला, छाती तथा हातको दुखाईले सताउन सक्छ सावधानी अपनाउनु होला, कालो कपडा तथा बस्तुबाट टाढा रहेमा राम्रो हुनेछ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
अध्ययन अध्यापनमा रुचि बढ्नेछ , सन्तान पक्षको सहयोगले इज्जत तथा प्रतिष्ठा बढ्नेछ , नयाँ नयाँ अवसरहरु आउनेछन् , मन प्रफुल्ल हुनेछ, आजको दिन केटाकेटीलाई मिठाइ खुवाएर सुरु गर्दा राम्रो हुनेछ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
मौसमी रोगले सताउने छ। मनमा त्रास भैरहनेछ, गरिरहेका कार्य पनि अधुरै रहनेछन । आजको दिन नयाँ कार्यको सुरुवात नगरेकै राम्रो हुनेछ, आजको दिन दुधजन्य पदार्थ सेवनबाट टाढा रहेमा सब अनुकुल रहने छन् ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
कुनै शुभ कार्यको सुरुवात गर्न आजको दिन उत्तम रहेको छ लामो समय देखि रोकिएको कार्यको आज सम्झौता हुनसक्नेछ, मनमा भने दुबिधा हुनेछ। आज तपाईंको बौद्धिकताको परिक्षण हुनेछ, तपाईं आज नदि, तलाउ वा पानी भएको स्थानबाट टाढा रहदाँ राम्रो हुनेछ ।
वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
शत्रुहरु बढ्नेछ्न , बिहानै देखि मनमा तनाव हुनेछ । खर्च बढ्ने योग छ, स्वास्थमा प्रतिकुल असर पर्नेछ। बोल्दा सावधानी अपनाउनु होला। पश्चिम तिरको यात्रा नगर्नुहोला, पशुपंक्षीलाई अन्नपानी दिदा भने राम्रो हुनेछ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
तपाईंको अधुरा रहेका पुराना कार्य पुरा हुनेछन् , कुनै रचनात्मक कार्यमा अग्रसर भईनेछ, ठुला बढाको सहयोग पाइने समय छ। मन प्रफुल्ल होला। आजको दिन गुड सेवन गरि सुरु गरेमा अझ राम्रो हुनेछ ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
मनमा रोगको भय रहिरहनेछ,आर्थिक तथा सामाजिक रूपमा नोक्सानी बेहोर्नु पर्ला, मित्रहरू टाढिन सक्छ्न, बोल्दा सावधानी अपनाउनुहोला, कुकुर तथा पशुचौपाया बाट टाढा रहनुहोला, आजको दिन ॐ नमो भगवते बासुदेवाय मन्त्र १०८पटक जप गरि दिनको सुरुवात गर्दा राम्रो हुनेछ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
तपाईंको आजको दिन निकै फलदायी रहनेछ,काम गर्ने जोस जागर मा कमि आउने छैन , आर्थिक लाभ हुनेछ सुनौला अवसर आउनेछ्न, अधुरा काम बन्नेछन् , सरकारी पक्षबाट सहयोग मिल्नेछ , आजको दिन गरिव लाई सहयोग गर्दा अझ राम्रो हुनेछ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
तपाईंको आजको दिन आर्थिक तथा सामाजिक पक्षबाट नकारात्मक प्रभाव पर्ने देखिन्छ ,दण्ड जरिवाना पनि हुन सक्छ।खानपिन मा सावधानी अपनाउनुहोला स्वास्थमा समस्या आउनसक्छ , आजको दिन काग वा कुकुरलाई रोटी खुवाएर सुरुवात गर्दा राम्रो हुन्छ।


