फर्साटिकर, रुपन्देही । भाद्र १२
रुपन्देहीको शुद्धोधन गाउँपालिका वडा न. ५ मा रहेको दर्वहवामा रहेको ग्रीनपार्क(चिल्ड्रेन पार्क)को उत्तरतर्फ गाउँपालिकाले शवदाह तथा छठपुजा स्थलको सिलन्यास गरेको छ।
गाउँपालिकाले शवदाह र छठपुजा स्थलको बिस्थापन गरि ग्रीनपार्क निर्माण गरेको भन्दै स्थानीय आकोशित हुँदै साउन १६ गते ग्रीनपार्कको कम्पाण्ड र वाल तोडफोड गर्दै केही दिन पछि गाउँपालिकालाइ चुनौती दिदै शबको दाहसंस्कार समेत गरेका थिए ।
स्थानीयको मागलाई सम्बोधन गर्नुपर्ने र गाउँपालिकाको अहमताले जनता आक्रोशित भएको निष्कर्ष निकाल्दै नेपाली काङ्ग्रेस लगायत अन्य ६ दलले स्थानियलाइ साथ दिएका थिए । त्यसको केही दिनपछि तोडफोडको समस्या समाधानका लागि नेपाली काङ्ग्रेस र गाउँपालिकाबिचको वार्तामा नेपाली काङ्ग्रेसले नैतिक जिम्मेवारी लिइ गाउँपालिकाले चयन गरेको क्षेत्रमा शबदाह र छठपुजा स्थलको हुने सहमति भए अनुसार ग्रीनपार्कको उत्तरतर्फ सिलन्यास गरिएको छ। सिलन्यासको समयमा स्थानीयले व्यापक बिरोध र रोक्ने प्रयास गरेका थिए तर नेपाल प्रहरी सशस्त्रप्रहरीका प्रहरीहरु र गाउँपालिका समर्थकको बाक्लो उपस्तिथितिले सिलन्यास कार्यक्रममा अवरोध भने गर्न पाएनन।
सिलन्यास गर्दै गाउँपालिका अध्यक्ष किसुनचन्द चौधरीले स्थानियले ग्रीनपार्क क्षेत्रभित्र भनेकाले ग्रीनपार्क क्षेत्रमा घर र स्वास्थ्यचौकी नजिकै पर्ने भएकाले पार्कको उत्तरतर्फ सिलन्यास गरिएको गरिएको बताए । उनले विकास बिरोधी कुतत्त्वहरुले उत्तरतर्फ सिलन्यास गर्दा पनि बिरोध गरेको बताए।ग्रीनपार्क तोडफोड गर्नेलाइ ब्यक्तिहरुलाइ कानुनी प्रक्रिया अघि बढेकाले अब छिट्टै कारबाहीको दायरामा ल्याउने समेत बताए ।
गाउँपालिका वडा न.२ अध्यक्ष बिस्नु बस्याले दर्वहवाको पछिल्लो विवाद समाधानका लागि काङ्ग्रेस र गाउँपालिकाबिच दर्वहवा क्षेत्रभित्र बनाउने सहमती अनुसार ग्रीनपार्कको उत्तरतर्फ निर्माण गरिएको बताए।
यस्तै वडा न.५ अध्यक्ष पुन्यराम गौतमले दर्वहवा क्षेत्रमा शव दाह र छठपुजा स्थल बनाउनका लागि व्यापक माग र आवाज बमोजिम जनताको मागलाई उचित तरिकाले सम्बोधन गर्दै ग्रीनपार्कको उत्तरतर्फ सिलन्यास गरिएको बताए । गाउँपालिकाले जनताको माग सम्बोधन गर्ने भनेर पार्कको उत्तरतर्फ सिलन्यास गरिरहदा स्थानियले भने पहिलेकै ठाउमा हुनुपर्छ भन्ने व्यापक माग गरिरहदा यो विवाद अझै लम्बिन सक्ने देखिन्छ ।