• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०७९ चैत्र ८, बुधबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      मदानेमा निशुल्क आयुर्वेद स्वास्थ्य शिविर संचालन हुँदै

      ३० मिनेट अघि

      के तपाईको ओठ कालो भएको छ ? अपनाउनुस यो तरिका हुनेछ राम्रो

      २ घण्टा अघि

      दीपक बज्राचार्यको ब्यान्डका पूर्व सदस्य सुवर्ण व्यञ्जनकारको निधन

      ५ घण्टा अघि

      जापानमा नेपाली युवती आरती शुक्रबारदेखी सम्पर्कविहीन

      ६ घण्टा अघि

      ग्यास सिलिन्डर बोकेको ट्रक सडकबाट १५० मि. तल खस्दा ३ जनाको मुत्यु

      ११ घण्टा अघि

      धुर्मुसलाई खुलापत्र : दाजु मलाई माफ गर्नुस्

      ११ घण्टा अघि

      खुम्बु भ्रमणमा आएका विदेशी नागरिकको लेक लागेर मृ,त्यु

      १४ घण्टा अघि

      राप्ती गाउँपालिकाद्धारा नि:शुल्क आँखा शिविर सञ्चालन

      २३ घण्टा अघि

      २ वर्षदेखि मानसिक याताना भोगि रहेको छु, यदि रंगशाला बनेको भए कोही पनि रुखमा बसेर खेल हेर्नुपर्ने थिएन

      १ दिन अघि

      मधानेमा निशुल्क मुटुरोग सम्बन्धि शिविरबाट लिए ७१६ जनाले लाभ, पुन: सुरु भयो दन्त शिविर

      १ दिन अघि

      सैनामैनामा दलित उत्थानद्धारा विभेद अन्त्यकाे लागी सांकेतिक विरोध प्रर्दशन

      १ दिन अघि

      रवि लामिछानेविरुद्ध अख्तियारमा उजुरी

      १ दिन अघि

      मोटरको स्वीच अन गर्दा करेन्ट लागेर महिलाको निधन

      १ दिन अघि

      धमाला लाई केस गर्न जाँदा शर्मिला वाईवा माथि आ,क्रमण, ऋषिले गु,ण्डा लगाए ।

      १ दिन अघि

      कैलालीमा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु, २८ जना घाइते

      १ दिन अघि
    in
    आज: २०७९ चैत्र ८, बुधबार
    ट्रेन्डीङ्ग
    अन्जली अधिकारीअर्जुन पोख्रेलओवी रायमाझीदीपकराज गिरीदुर्गेश थापापल शाहपुजा शर्माप्रकाश कटुवालप्रकाश सपुतफुलन्देकी आमाबसन्त थापाबिष्णु खत्रीबिष्णु माझीयुवराज आचार्यवर्षा राउतशान्ती श्री परियार
    होमपेज / आजको पत्रपत्रिका बाट

    काराेना कहर – बैंकिङ क्षेत्रका कर्मचारी र ग्राहक जोखिममा

  • बुटवल दैनिक/पत्रपत्रिका
  • २०७७ भाद्र १२, शुक्रबार (२ साल अघि)
  • ६२८ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • फाईल तस्विर

    काठमाडौं, भदाै १२ । बैंकिङ क्षेत्रमा कोरोना बढ्न थालेको छ । २ सय जनाभन्दा बढी बैंकका कर्मचारीमा कोभिड–१९को संक्रमण देखिएपछि बैंकमा गई प्रत्यक्ष कारोबार गर्ने ग्राहकसमेत असुरक्षित भएका छन् ।

    फेसबुकमा पछ्याउनुहोस्

    कोभिडका बिरामी बढेसँगै बैंकहरूले कर्मचारीहरूको कोरोना परीक्षण गराउँदा संक्रमितको संख्या दिन प्रतिदिन बढेको हो । लक्षण नै नदेखिएका कर्मचारीमा समेत कोरोना पोजिटिभ देखिएपछि बैंकिङ क्षेत्र असुरक्षित भएको छ ।

    नेपाल राष्ट्र बैंक र बंैक तथा वित्तीय संस्थाहरूले प्रत्यक्ष कारोबारभन्दा इन्टरनेट बैंकिङ, आइपिएस, मोबाइल बैंकिङबाट कारोबार गर्न आग्रह गरे पनि सर्वसाधारणको भीड बैंकहरूमा देख्न सकिन्छ । यसबाट कोरोना कता कता फैलियो भनेर ट्रेसिङ गर्नसमेत समस्या हुने भएको छ ।

    प्रत्यक्ष रूपमा सर्वसाधारणको सम्पर्क नरहने नेपाल राष्ट्र बैंकमा समेत कोरोना संक्रमणले छोएपछि गभर्नर महाप्रसाद अधिकारीसमेत होम आइसोलेसनमा बसिरहेका छन् ।

    नेपाल बैंक लिमिटेड, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकका विभिन्न शाखाका कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । एभरेस्ट, एसबिआई बैंक, ग्लोबल आइएमई बैंक, प्रभु बैंक, सनराइज, नेपाल इन्भेस्टमेन्ट बैंक, लक्ष्मी बैंक, नबिल बैंक, एनएमबी बैंक, प्राइम कमर्सियल बैंकका कर्मचारीमा कोरोना पोजिटिभ देखिएको छ ।

    प्राइम कमर्सियल बैंकको मुख्य कार्यालयमा मात्रै करिब डेढ दर्जन कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । विभिन्न बैंकका न्युरोड, थापाथली, पुलतीसडक, कमलादी, लाजिम्पाटमा रहेका शाखा तथा एक्सटेन्सन काउन्टरमा कोरोना संक्रमित कर्मचारी भेटिएको छ ।

    सानिमा बैंक, एनआइसी एसिया बैंक, सिभिल बैंक, सिद्धार्थ बैंक, मुक्तिनाथ विकास बैंकका कर्मचारीमा पनि कोरोना संक्रमण भएको छ । यस साता मात्रै नेपालगन्ज, वीरगन्ज, विराटनगर, धनगढी, धादिङ, भैरहवा, हेटौंडा, लहानसहित काठमाडौंका बैंकका कर्मचारीमा कोरोना संक्रमण देखिएको थियो । काठमाडौं उपत्यकाभित्र रहेका बैंकका केन्द्रीय कार्यालय तथा शाखाहरूमा कोरोना संक्रमण देखिन थालेपछि बैंकिङ क्षेत्र त्रसित हुन थालेको छ । यो समाचार आजको राजधानी दैनिकमा पूर्णभक्त दुवालले लेखेका छन् ।

    • #बैंकिङ क्षेत्र
    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    आजको पत्रपत्रिका बाट सम्बन्धि थप

    मदानेमा निशुल्क आयुर्वेद स्वास्थ्य शिविर संचालन हुँदै

    के तपाईको ओठ कालो भएको छ ? अपनाउनुस यो तरिका हुनेछ राम्रो

    दीपक बज्राचार्यको ब्यान्डका पूर्व सदस्य सुवर्ण व्यञ्जनकारको निधन

    जापानमा नेपाली युवती आरती शुक्रबारदेखी सम्पर्कविहीन

    ग्यास सिलिन्डर बोकेको ट्रक सडकबाट १५० मि. तल खस्दा ३ जनाको मुत्यु

    धुर्मुसलाई खुलापत्र : दाजु मलाई माफ गर्नुस्

    समाचार

    मदानेमा निशुल्क आयुर्वेद स्वास्थ्य शिविर संचालन हुँदै

    के तपाईको ओठ कालो भएको छ ? अपनाउनुस यो तरिका हुनेछ राम्रो

    दीपक बज्राचार्यको ब्यान्डका पूर्व सदस्य सुवर्ण व्यञ्जनकारको निधन

    जापानमा नेपाली युवती आरती शुक्रबारदेखी सम्पर्कविहीन

    बुटवल दैनिक बिशेष

    मदानेमा निशुल्क आयुर्वेद स्वास्थ्य शिविर संचालन हुँदै

    मधानेमा निशुल्क मुटुरोग सम्बन्धि शिविरबाट लिए ७१६ जनाले लाभ, पुन: सुरु भयो दन्त शिविर

    सैनामैनामा दलित उत्थानद्धारा विभेद अन्त्यकाे लागी सांकेतिक विरोध प्रर्दशन

    अखिल(क्रान्तिकारी) बुटवल बहुमुखीद्धारा क्याम्पस क्षेत्रमा सरसफाइ

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित यस संस्था बुटवल दैनिक डट कम '' तथ्य सहितको सत्य खबर '' भन्ने मुल नाराका साथ् खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारको रुपमा प्रस्तुत गर्दै साथै मनोरन्जन पक्षलाई समेत यसै मिडियाले समाबेश गर्दै अघि बढिरहेको छ र बढ्ने छ ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com
    कम्पनी दर्ता न.:२६१५०१ /०७७/७८
    सूचना विभाग दर्ता न.: २५९७/०७७-०७८
    प्रेस काउन्सिल दर्ता न.: ११७८/०७७/७८

    हाम्रो टीम

    ट्विटर

    Tweets by ButwalDainik
    © २०७६ Butwal Dainik मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑