• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८० मंसिर १८, सोमबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      सुत्केरीको मृत्यु पछि आम्दा अस्पतालका मेसु माथी कुटपिट

      ५ दिन अघि

      नागरिकहरु स्वस्थ्य भए मात्रै देशको विकास सम्भव हुन्छ प्रदेश सासंद थारु

      ५ दिन अघि

      शिक्षा र नागरिक जागरणद्धारा लैंगिक असमानता र विभेद हट्छ

      ६ दिन अघि

      दाङको बाल प्रगति प्राथमिक विद्यालयकाे भवन प्रदेश सांसद थारुद्धारा उद्घघाटन

      ६ दिन अघि

      सैनामैनामा दुधराक्ष युवा क्बलद्धारा अन्तरजिल्ला भलिबल प्रतियोगिता सुरु

      ६ दिन अघि

      अज्ञात श्रीमान् ज्यू !

      ६ दिन अघि

      राप्तीमा कुकुरको स्थायी बन्ध्याकरण गर्न शुरु

      १ हफ्ता अघि

      रुपन्देही सामाजिक संजाल अष्ट्रेलियाको चौथो अधिवेशन  महासचिवमा पाण्डे चयन

      १ हफ्ता अघि

      लैङ्गकि हिंसाविरुद्धको १६ दिने अभियान सुरु अभियानकाे इतिहास यस्ताे छ ?

      १ हफ्ता अघि

      नेपाल र चिन सिमाना बाट अबैध रुपमा माेटरसाईकल पैठारी गरि विक्रि वितरण

      १ हफ्ता अघि

      सत्यम सेवा सुरक्षाम होइन , कमिशन असुली कर्ममा भुजहवा सशस्त्र प्रहरी

      १ हफ्ता अघि

      लुम्बिनीमा रसियन गुम्बाको प्रारूपसहितको ‘रुसी बौद्ध मन्दिर’ निर्माण सुरु

      २ हफ्ता अघि

      प्रथम मदाने कंकेदेउराली महोत्सवमा पुरुष भलिबल तर्फको उपाधी सनराईजलाई

      ३ हफ्ता अघि

      कलाकार रमेश दुलालले गरे रत्नपार्कमा २० औं ‘काग’ सम्मेलन

      ३ हफ्ता अघि

      रामनगर प्रहरी द्वारा तीन सय केजी माछा बरामद

      ३ हफ्ता अघि
    in
    आज: २०८० मंसिर १८, सोमबार
    ट्रेन्डीङ्ग
    अन्जली अधिकारीअर्जुन पोख्रेलओवी रायमाझीदीपकराज गिरीदुर्गेश थापापल शाहपुजा शर्माप्रकाश कटुवालप्रकाश सपुतफुलन्देकी आमाबसन्त थापाबिष्णु खत्रीबिष्णु माझीयुवराज आचार्यवर्षा राउतशान्ती श्री परियार
    होमपेज / पर्यटन

    काेराेना कहर – तिर्थालुकाे प्रतीक्षामा पवित्र तीर्थस्थल मुक्तिनाथ

  • बुटवल दैनिक
  • २०७७ भाद्र ११, बिहिबार (३ साल अघि)
  • १५३८ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • फाईल तस्विर

    मुस्ताङ, भदाै ११ । गण्डकी प्रदेश अन्तर्गत हिमालपारिको जिल्ला मुस्ताङको पवित्र तीर्थस्थल मुक्तिनाथ अत्यधिक जाडो समयमा एक दुई महिना बाहेक वर्षैभर चहलपहल हुने स्थल हो । हिन्दू तथा बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल मुक्तिनाथमा यतिखेर कोरोना कहरको प्रभाव परेको छ ।

    फेसबुकमा पछ्याउनुहोस्

    कोरोनाको सङ्क्रमण फैलिन नदिने उद्देश्यका साथ सरकारले गत चैत ११ गतेदेखि गरेको बन्दाबन्दीसँगै सर्वसाधारणका लागि पूजाआजामा लगाइएको रोक अहिले पनि कायमै छ । चैत र वैशाख महिना मुक्तिनाथमा पर्यटक ठूलै सङ्ख्यामा पुग्ने गर्दथे तर यसपटक भने कोरोनाको बढ्दो सङ्क्रमणसँगै गरिएको बन्दाबन्दीले तीर्थालु मुक्तिनाथ जान पाएनन् ।

    बन्दाबन्दीपछि मन्दिरमा बिहान बेलुका नियमित पूजाआजा गरिए पनि तीर्थालुका लागि भने मन्दिर हालसम्म पनि खुल्ला नगरिएको मन्दिरका पूजारी कृष्णप्रसाद सुवेदीले जानकारी दिए । “कोरोना सङ्क्रमणका कारण मन्दिरमा सर्वसाधारणका लागि पूजाआजामा रोक लगाइएको छ”, उनले भने, “बन्दाबन्दीयता बिहान बेलुकाको नियमित पूजाआजा भने निरन्तर गरिँदै आइएको छ ।”

    मुक्तिनाथ मन्दिरमा दर्शनार्थी जाने महत्वपूर्ण याममा प्रत्येक वर्ष आश्विन कृष्णपक्ष अर्थात पितृ पक्ष पर्दछ । सोह्र श्राद्धका रूपमा लिइने यस समयमा यहाँको कागबेनीमा पिण्डदान गरी मुक्तिनाथको दर्शन गरेमा पितृ उद्धार हुने जनविश्वासले देशका विभिन्न भागका दर्शनार्थी आउने गर्दछन् । यस वर्ष यही भदौ १७ गतेदेखि सोह्र श्राद्ध शुरु हुँदैछ । प्रत्येक वर्षको सोह्र श्राद्धको समयमा मुक्तिनाथमा दैनिक ५०० देखि एक हजार जनासम्म तीर्थालु आउने गर्दछन् ।
    मुक्तिनाथ मन्दिरमा धार्मिक पर्यटकको आगमन हुने याम नजिकिँदै गर्दा कोरोनाको कहरका कारण यो क्षेत्र अझै सुनसान जस्तै रहेको मुक्तिनाथ गाउँका पूर्व मुखिया एवं होटेल ग्रान्ड साम्बालाका सञ्चालक सुरज गुरुङले जानकारी दिए । “कोरोनाको सन्त्रास यथावत नै छ, मुक्तिनाथ मन्दिर खोल्ने नखोल्ने विषयमा प्रशासनबाट केही निर्णय आउला”, उनले भने, “प्रशासनले खोल्ने निर्णय गरेको अवस्थामा स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर होटेलहरू सञ्चालन गर्ने कि भन्ने सोच छ ।” कोरोना सङ्क्रमणको रोकथामका लागि बन्दाबन्दी गरेसँगै होटेलहरूमा काम गर्ने कर्मचारी आफ्नो घर गएका कारण होटेल सञ्चालन गर्ने तय भएका अवस्थामा उनीहरूलाई काममा फिर्ता बोलाउनु पर्ने अवस्था हरेको होटेल सञ्चालकहरू बताउँछन् ।

    कोरोनाको सङ्क्रमण बढिरहेको विद्यमान अवस्थामा मुक्तिनाथ मन्दिर खोल्ने निर्णय भइनसकेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी हिरादेवी पौडेलले जानकारी दिए । सोह्र श्राद्धको समयमा मुक्तिनाथ जाने दर्शनार्थीको प्रभाव पर्यटकीय नगरी पोखरादेखि पर्वत, म्याग्दीसम्म पुग्ने गर्दछ । विगतमा सोह्र श्राद्धको समयमा मुक्तिनाथ जाने दर्शनार्थीको चापलाई दृष्टिगत गर्दै पोखरादेखि जोमसोम उडान गर्दै आएका एयरलाइन्सहरूले नियमित उडानले नभ्याएपछि थप उडान समेत गर्दै आएका थिए ।

    सोह्र श्राद्धको समयमा मुक्तिनाथ जाने पर्यटकका कारण पोखराको पर्यटनलाई पनि चलायमान गराउने गरेको पोखरा पर्यटन परिषद्का पूर्व अध्यक्ष एवं नेपाल पर्यटन व्यवसायी सङ्घ (निट) गण्डकी प्रदेशका अध्यक्ष सोम थापाले बताए । “देशका विभिन्न स्थानबाट मुक्तिनाथ जाँदा आउँदा धार्मिक पर्यटकहरू पोखरामा एक दुई दिन बिताउँदा पनि त्यसले यहाँको पर्यटनमा राम्रै टेवा पुर्याएको थियो”, उनले भने । कोरोनाको कहरसँगै पर्यटकीय नगरी पोखरासहित देशका प्रमुख पर्यटकीय गन्तव्य प्रभावित भएको थापाले बताए ।

    पछिल्ला वर्षमा मुक्तिनाथको दर्शन र भ्रमणमा आउने भक्तजन, आन्तरिक तथा बाह्य पर्यटक बढेसँगै यहाँका पर्यटन व्यवसायीले होटलको सङ्ख्या, सुविधा र लगानी पनि बढाउँदै आएका छन् । मुक्तिनाथ मन्दिरकै मुख्य प्रवेशद्वार रानीपौवा र आसपासमा मात्रै पनि दैनिक दुई हजारसम्म स्वदेशी एवं विदेशी पर्यटक राख्नसक्ने गरी यहाँका होटेलको क्षमता विस्तार गरिसकेको होटेल ग्रान्ड साम्बालाका सञ्चालक गुरुङले जानकारी दिए । पोखरा, काठमाडौँ, चितवनलगायत शहरका होटल सरहका सुविधा यहाँका होटलमा पाइनुका साथै कोठाबाटै हिमाल र मनोरम भू–बनोट अवलोकन गर्न सकिन्छ । जोमसोमदेखि २२ किलोमिटर पूर्वोत्तरमा रहेको उक्त मन्दिर समुद्र सतहबाट तीन हजार ७०० मिटर उचाइमा छ । त्यहाँ पुग्न पोखरा, काठमाडौँ, सुनौली, बेनी र मालढुङ्गाबाट सवारीसाधन पाइन्छन् ।

    हिन्दू तथा बौद्ध धर्मावलम्बीको आस्थाको सङ्गमस्थल मुक्तिनाथलाई भगवान् विष्णुको पूण्यभूमि मानिन्छ । भगवान् विष्णुको शरीरबाट आएको पसिनाबाट पानीको मूल फुटेको र सोही पानीको १०८ धारा बनेको किंवदन्ती छ । ती १०८ धारामा स्नान र मुक्तिनाथको दर्शन गर्नाले पुण्य मिल्ने धार्मिक विश्वास छ । प्राचीनकालदेखि नै यहाँ मुक्तिनाथको मूर्ति रहेको र विसं १८७१ मा मन्दिर बनाइएको थियो । यही स्थलमा बौद्ध गुरु पद्मसम्भवले पनि तिब्बत जाने बेला तपस्या गरेको भन्दै यहाँ विभिन्न गुम्बासमेत बनाइएको छ । पद्मसम्भवले तपस्या गरेको स्थल भएका कारण बौद्ध धर्मावलम्बीले यस स्थललाई पवित्र तीर्थस्थलका रुपमा लिन्छन् । त्यस्तै हिन्दूले भगवान विष्णुको शिलारूप शालिग्राम विराज भएको विश्वास गर्दछन् ।

    • #मुक्तिनाथ
    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    पर्यटन सम्बन्धि थप

    सैनामैनामा दुधराक्ष युवा क्बलद्धारा अन्तरजिल्ला भलिबल प्रतियोगिता सुरु

    रुपन्देही सामाजिक संजाल अष्ट्रेलियाको चौथो अधिवेशन  महासचिवमा पाण्डे चयन

    नेपाल र चिन सिमाना बाट अबैध रुपमा माेटरसाईकल पैठारी गरि विक्रि वितरण

    सत्यम सेवा सुरक्षाम होइन , कमिशन असुली कर्ममा भुजहवा सशस्त्र प्रहरी

    प्रथम मदाने कंकेदेउराली महोत्सवमा पुरुष भलिबल तर्फको उपाधी सनराईजलाई

    कलाकार रमेश दुलालले गरे रत्नपार्कमा २० औं ‘काग’ सम्मेलन

    समाचार

    सैनामैनामा दुधराक्ष युवा क्बलद्धारा अन्तरजिल्ला भलिबल प्रतियोगिता सुरु

    रुपन्देही सामाजिक संजाल अष्ट्रेलियाको चौथो अधिवेशन  महासचिवमा पाण्डे चयन

    नेपाल र चिन सिमाना बाट अबैध रुपमा माेटरसाईकल पैठारी गरि विक्रि वितरण

    सत्यम सेवा सुरक्षाम होइन , कमिशन असुली कर्ममा भुजहवा सशस्त्र प्रहरी

    बुटवल दैनिक बिशेष

    नेपाल र चिन सिमाना बाट अबैध रुपमा माेटरसाईकल पैठारी गरि विक्रि वितरण

    सत्यम सेवा सुरक्षाम होइन , कमिशन असुली कर्ममा भुजहवा सशस्त्र प्रहरी

    प्रथम मदाने कंकेदेउराली महोत्सवमा पुरुष भलिबल तर्फको उपाधी सनराईजलाई

    रामनगर प्रहरी द्वारा तीन सय केजी माछा बरामद

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित यस संस्था बुटवल दैनिक डट कम '' तथ्य सहितको सत्य खबर '' भन्ने मुल नाराका साथ् खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारको रुपमा प्रस्तुत गर्दै साथै मनोरन्जन पक्षलाई समेत यसै मिडियाले समाबेश गर्दै अघि बढिरहेको छ र बढ्ने छ ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com
    कम्पनी दर्ता न.:२६१५०१ /०७७/७८
    सूचना विभाग दर्ता न.: २५९७/०७७-०७८
    प्रेस काउन्सिल दर्ता न.: ११७८/०७७/७८

    हाम्रो टीम

    ट्विटर

    Tweets by ButwalDainik
    © २०७६ Butwal Dainik मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑