• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ भाद्र २४, बुधबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      भदौपछि हिंसालाई वैध र अराजकतालाई जायज ठहर्‍याउने काम भयो : ओली

      जेनजी आन्दोलनको एक वर्ष : राजनीतिक परिवर्तन आयो, तर घाउ अझै उस्तै

      भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक मनाइँदै

      थेराङ खोलामा आएको बाढीले गोरखामा चार घर र पुल बगायो

      विराटनगरको राधाकृष्ण रथयात्राको भेटी भोटेकोशी बाढीपीडितलाई दिइने

      त्रिशूली–३ ‘ए’ सुरुङबाट आयो जवाफ, फसेकाहरू जीवित रहेको पुष्टि

      त्रिशूली–३ ‘ए’को सुरुङबाट २० हजार घनमिटर लेदो हटाइयो

      तीन ठूला नदीमा जलसतह सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सावधानी अपनाउन आग्रह

      नुवाकोटमा बाढीको भयावह दृश्य, एउटै घरबाट २४ शव बरामद

      कृष्णभीरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग ठप्प, काठमाडौं आउजाउका लागि वैकल्पिक मार्ग तोकियो

      भोटेकोशीमा पानीको बहाव बढेपछि प्रशासनको चेतावनी, नदी किनारमा उच्च सतर्कता अपनाउन आग्रह

      रसुवा बाढी : ६१६ जनाको शव फेला, २ हजार ३०१ जनाको उद्धार

      बाढीपीडितका लागि सहयोगको ओइरो, दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टामा १ अर्ब ९१ करोडभन्दा बढी जम्मा

      भोटेकोशी बाढी प्रभावितको उद्धारका लागि प्रधानमन्त्री बालेनको आपत्कालीन बैठक, सुरक्षा निकाय परिचालन

      घरबाट सम्पर्कविहीन भएकी १३ वर्षीया बालिका होटलमा फेला, अनुसन्धानपछि यौन शोषणमा लगाएको आरोपमा दुई जना पक्राउ

    in
    आज: २०८३ भाद्र २४, बुधबार
    होमपेज /  पर्यटन

    काेराेना कहर – तिर्थालुकाे प्रतीक्षामा पवित्र तीर्थस्थल मुक्तिनाथ

  • बुटवल दैनिक
  • २०७७ भाद्र ११, बिहिबार (६ साल अघि)
  • १९३३ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • फाईल तस्विर

    मुस्ताङ, भदाै ११ । गण्डकी प्रदेश अन्तर्गत हिमालपारिको जिल्ला मुस्ताङको पवित्र तीर्थस्थल मुक्तिनाथ अत्यधिक जाडो समयमा एक दुई महिना बाहेक वर्षैभर चहलपहल हुने स्थल हो । हिन्दू तथा बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल मुक्तिनाथमा यतिखेर कोरोना कहरको प्रभाव परेको छ ।

    फेसबुकमा पछ्याउनुहोस्

    कोरोनाको सङ्क्रमण फैलिन नदिने उद्देश्यका साथ सरकारले गत चैत ११ गतेदेखि गरेको बन्दाबन्दीसँगै सर्वसाधारणका लागि पूजाआजामा लगाइएको रोक अहिले पनि कायमै छ । चैत र वैशाख महिना मुक्तिनाथमा पर्यटक ठूलै सङ्ख्यामा पुग्ने गर्दथे तर यसपटक भने कोरोनाको बढ्दो सङ्क्रमणसँगै गरिएको बन्दाबन्दीले तीर्थालु मुक्तिनाथ जान पाएनन् ।

    बन्दाबन्दीपछि मन्दिरमा बिहान बेलुका नियमित पूजाआजा गरिए पनि तीर्थालुका लागि भने मन्दिर हालसम्म पनि खुल्ला नगरिएको मन्दिरका पूजारी कृष्णप्रसाद सुवेदीले जानकारी दिए । “कोरोना सङ्क्रमणका कारण मन्दिरमा सर्वसाधारणका लागि पूजाआजामा रोक लगाइएको छ”, उनले भने, “बन्दाबन्दीयता बिहान बेलुकाको नियमित पूजाआजा भने निरन्तर गरिँदै आइएको छ ।”

    मुक्तिनाथ मन्दिरमा दर्शनार्थी जाने महत्वपूर्ण याममा प्रत्येक वर्ष आश्विन कृष्णपक्ष अर्थात पितृ पक्ष पर्दछ । सोह्र श्राद्धका रूपमा लिइने यस समयमा यहाँको कागबेनीमा पिण्डदान गरी मुक्तिनाथको दर्शन गरेमा पितृ उद्धार हुने जनविश्वासले देशका विभिन्न भागका दर्शनार्थी आउने गर्दछन् । यस वर्ष यही भदौ १७ गतेदेखि सोह्र श्राद्ध शुरु हुँदैछ । प्रत्येक वर्षको सोह्र श्राद्धको समयमा मुक्तिनाथमा दैनिक ५०० देखि एक हजार जनासम्म तीर्थालु आउने गर्दछन् ।
    मुक्तिनाथ मन्दिरमा धार्मिक पर्यटकको आगमन हुने याम नजिकिँदै गर्दा कोरोनाको कहरका कारण यो क्षेत्र अझै सुनसान जस्तै रहेको मुक्तिनाथ गाउँका पूर्व मुखिया एवं होटेल ग्रान्ड साम्बालाका सञ्चालक सुरज गुरुङले जानकारी दिए । “कोरोनाको सन्त्रास यथावत नै छ, मुक्तिनाथ मन्दिर खोल्ने नखोल्ने विषयमा प्रशासनबाट केही निर्णय आउला”, उनले भने, “प्रशासनले खोल्ने निर्णय गरेको अवस्थामा स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर होटेलहरू सञ्चालन गर्ने कि भन्ने सोच छ ।” कोरोना सङ्क्रमणको रोकथामका लागि बन्दाबन्दी गरेसँगै होटेलहरूमा काम गर्ने कर्मचारी आफ्नो घर गएका कारण होटेल सञ्चालन गर्ने तय भएका अवस्थामा उनीहरूलाई काममा फिर्ता बोलाउनु पर्ने अवस्था हरेको होटेल सञ्चालकहरू बताउँछन् ।

    कोरोनाको सङ्क्रमण बढिरहेको विद्यमान अवस्थामा मुक्तिनाथ मन्दिर खोल्ने निर्णय भइनसकेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी हिरादेवी पौडेलले जानकारी दिए । सोह्र श्राद्धको समयमा मुक्तिनाथ जाने दर्शनार्थीको प्रभाव पर्यटकीय नगरी पोखरादेखि पर्वत, म्याग्दीसम्म पुग्ने गर्दछ । विगतमा सोह्र श्राद्धको समयमा मुक्तिनाथ जाने दर्शनार्थीको चापलाई दृष्टिगत गर्दै पोखरादेखि जोमसोम उडान गर्दै आएका एयरलाइन्सहरूले नियमित उडानले नभ्याएपछि थप उडान समेत गर्दै आएका थिए ।

    सोह्र श्राद्धको समयमा मुक्तिनाथ जाने पर्यटकका कारण पोखराको पर्यटनलाई पनि चलायमान गराउने गरेको पोखरा पर्यटन परिषद्का पूर्व अध्यक्ष एवं नेपाल पर्यटन व्यवसायी सङ्घ (निट) गण्डकी प्रदेशका अध्यक्ष सोम थापाले बताए । “देशका विभिन्न स्थानबाट मुक्तिनाथ जाँदा आउँदा धार्मिक पर्यटकहरू पोखरामा एक दुई दिन बिताउँदा पनि त्यसले यहाँको पर्यटनमा राम्रै टेवा पुर्याएको थियो”, उनले भने । कोरोनाको कहरसँगै पर्यटकीय नगरी पोखरासहित देशका प्रमुख पर्यटकीय गन्तव्य प्रभावित भएको थापाले बताए ।

    पछिल्ला वर्षमा मुक्तिनाथको दर्शन र भ्रमणमा आउने भक्तजन, आन्तरिक तथा बाह्य पर्यटक बढेसँगै यहाँका पर्यटन व्यवसायीले होटलको सङ्ख्या, सुविधा र लगानी पनि बढाउँदै आएका छन् । मुक्तिनाथ मन्दिरकै मुख्य प्रवेशद्वार रानीपौवा र आसपासमा मात्रै पनि दैनिक दुई हजारसम्म स्वदेशी एवं विदेशी पर्यटक राख्नसक्ने गरी यहाँका होटेलको क्षमता विस्तार गरिसकेको होटेल ग्रान्ड साम्बालाका सञ्चालक गुरुङले जानकारी दिए । पोखरा, काठमाडौँ, चितवनलगायत शहरका होटल सरहका सुविधा यहाँका होटलमा पाइनुका साथै कोठाबाटै हिमाल र मनोरम भू–बनोट अवलोकन गर्न सकिन्छ । जोमसोमदेखि २२ किलोमिटर पूर्वोत्तरमा रहेको उक्त मन्दिर समुद्र सतहबाट तीन हजार ७०० मिटर उचाइमा छ । त्यहाँ पुग्न पोखरा, काठमाडौँ, सुनौली, बेनी र मालढुङ्गाबाट सवारीसाधन पाइन्छन् ।

    हिन्दू तथा बौद्ध धर्मावलम्बीको आस्थाको सङ्गमस्थल मुक्तिनाथलाई भगवान् विष्णुको पूण्यभूमि मानिन्छ । भगवान् विष्णुको शरीरबाट आएको पसिनाबाट पानीको मूल फुटेको र सोही पानीको १०८ धारा बनेको किंवदन्ती छ । ती १०८ धारामा स्नान र मुक्तिनाथको दर्शन गर्नाले पुण्य मिल्ने धार्मिक विश्वास छ । प्राचीनकालदेखि नै यहाँ मुक्तिनाथको मूर्ति रहेको र विसं १८७१ मा मन्दिर बनाइएको थियो । यही स्थलमा बौद्ध गुरु पद्मसम्भवले पनि तिब्बत जाने बेला तपस्या गरेको भन्दै यहाँ विभिन्न गुम्बासमेत बनाइएको छ । पद्मसम्भवले तपस्या गरेको स्थल भएका कारण बौद्ध धर्मावलम्बीले यस स्थललाई पवित्र तीर्थस्थलका रुपमा लिन्छन् । त्यस्तै हिन्दूले भगवान विष्णुको शिलारूप शालिग्राम विराज भएको विश्वास गर्दछन् ।

    • #मुक्तिनाथ
    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    पर्यटन सम्बन्धि थप

    भदौपछि हिंसालाई वैध र अराजकतालाई जायज ठहर्‍याउने काम भयो : ओली

    जेनजी आन्दोलनको एक वर्ष : राजनीतिक परिवर्तन आयो, तर घाउ अझै उस्तै

    भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक मनाइँदै

    थेराङ खोलामा आएको बाढीले गोरखामा चार घर र पुल बगायो

    विराटनगरको राधाकृष्ण रथयात्राको भेटी भोटेकोशी बाढीपीडितलाई दिइने

    त्रिशूली–३ ‘ए’ सुरुङबाट आयो जवाफ, फसेकाहरू जीवित रहेको पुष्टि

    समाचार

    भदौपछि हिंसालाई वैध र अराजकतालाई जायज ठहर्‍याउने काम भयो : ओली

    जेनजी आन्दोलनको एक वर्ष : राजनीतिक परिवर्तन आयो, तर घाउ अझै उस्तै

    भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक मनाइँदै

    थेराङ खोलामा आएको बाढीले गोरखामा चार घर र पुल बगायो

    बुटवल दैनिक बिशेष

    कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला, तीन दिनदेखि थिए बेपत्ता

    आयल निगमले डिजेल,पेट्रोल र मट्टितेलको मूल्य बढायाे

    तिलोत्तमा रक्तदाता समाज गठन, संस्थाको अध्यक्षमा गोबिन्द बन्जाडे चयन

    प्रेस युनियन गुल्मीका सचिव विश्वकर्मा र सदस्य सुनार द्वय सम्मानित

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित बुटवल दैनिक डट कम “तथ्य सहितको सत्य खबर” भन्ने मूल नाराका साथ खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता तथा मनोरञ्जन सामग्री प्रस्तुत गर्दै अघि बढिरहेको छ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com

    • ठेगाना: बुटवल, सुख्खानगर
    • कम्पनी दर्ता नं: २६१५०१ /०७७/७८
    • सूचना विभाग: २५९७/०७७-०७८
    • प्रेस काउन्सिल: ११७८/०७७/७८
    • इमेल: [email protected]
    • फोन: ९८५७०७३६३२, ९८१८३७८४१३

    विज्ञापनको लागि

    मोबाइल: ९८१८३७८४१३

    ई-मेल: [email protected]

    सम्पर्क गर्नुहोस्

    हाम्रो टीम

    संचालक: मोहन के सी

    सम्पादक: सिर्जना मर्सांगी मगर

    © २०८१ Butwal Dainik | सर्वाधिकार सुरक्षित । Designed by GOJI Solution
    ↑