काठमाडौं, भदाै ११ । राजधानी काठमाडौंलगायत देशका विभिन्न जिल्लामा रहेका मालपोत कार्यालय, घरजग्गा खरिदकर्ता र दलालको मिलेमतोमा जग्गाको काम थैली कायम गरी करोडौं रुपैयाँ अनियमितता भएको पाइएको छ ।
मालपोत कार्यालयबाट पारित हुने लिखितमा जग्गाको बाटोको स्तरका आधारमा न्यूनतम मूल्यांकन पुस्तिकामा दरभन्दा घटी थैली कायम गरी राजीनामा पास गर्न नमिल्ने कानुनी प्रावधान छ । तर, सो कानुनी प्रावधानविपरीत मालपोत कार्यालय, दलाल तथा जग्गा बिक्री र खरिद गर्नेहरूको मिलेमतोमा करोडौंको झेल हुने गरेको छ ।
महालेखा परीक्षकको कार्यालयले आर्थिक वर्ष २०७६/७७ मा मुलुकका विभिन्न मालपोत कार्यालयमा देखिएको विकृतिका कारण राज्यकोषमा करोडांैको क्षति पुगेको ठहर गर्दै सो रकम असुल उपर गर्न सरकारलाई निर्देशन दिएको छ ।
महालेखा परीक्षकको प्रतिवेदनअनुसार मालपोत कार्यालय डिल्लीबजारले जग्गाको न्यूनतम मूल्यांकन पुस्तिकामा उल्लेख गरेभन्दा घटी थैली कायम गरी लिखित पारित गर्दा ११ निःसर्गकर्ताको ४ करोड २४ लाख ७५ हजार, चावहिलका ३ निःसर्गकर्ताको ३ करोड ५ लाख ८८ हजार, परासीका २ निःसर्गकर्ताको ३ करोड ९ लाख ८६ हजार, कलंकीका ६ निःसर्गकर्ताको १ करोड ६५ लाख ८४ हजारसमेत गरी १६ कार्यालयका ५० निःसर्गकर्ताको १८ करोड ५९ लाख ७७ हजार रुपैयाँ थैली रकम घटी कायम भएको पाइएको छ ।
जसअनुसार थैली कम हुँदा रजिस्टेसन दस्तुर ७४ लाख ५३ हजार रुपैयाँ घटी लिएर राज्यकोषलाई घाटा पारेको महालेखाको ठहर छ । यो समाचार आजको राजधानी दैनिकमा छ ।
याे पनि पढ्नुहाेस
म्याग्दी, भदाै १० । म्याग्दीको बेनी सामुदायिक माध्यमिक विद्यालयले ‘सेटिङ’ मिलाएर शिक्षक नियुक्ति गरेको रहस्य खुलेको छ । गत पुस महिनामा मावि तहको राहत दरबन्दीमा विज्ञान विषयमा करार शिक्षक नियुक्तिका क्रममा उम्मेदवार यज्ञ खत्री र प्रधानाध्यापक दीपक श्रेष्ठबीच भएको कुराकानीको अडियो बाहिरिएपछि सेटिङमा शिक्षक नियुक्ति गरिएको तथ्य उजागर भएको हो ।
विसं २०७६ पुस ५ गते १५ दिने सूचना निकालेकामा अन्तिम दिन पुस १९ गतेसम्म सोही विद्यालयको निमावि तहका अस्थायी विज्ञान शिक्षक सुनिल बानियाँ र जलजला गाउँपालिका–३ का खत्रीको मात्र निवेदन परेको थियो । पुस २० गते दिउँसो ३ बजे परीक्षा समय तोकिएको थियो ।
परीक्षा हुनुभन्दा तीन घण्टाअघि विद्यालयका प्रअ श्रेष्ठले कार्यकक्षमै बोलाएर परीक्षामा औपचारिकताका लागि मात्र सहभागी भएर बानियाँलाई नियुक्ति हुने वातावरण बनाउन आग्रहपूर्ण शैलीमा धम्की दिएको र शिक्षक बानियाँले अहिलेसम्म पनि ‘टर्चर’ दिएको खत्रीले बताए ।
अडियो रेकर्डमा “बानियाँलाई शिक्षक नियुक्त गर्ने वातावरण बनाएर सहयोग गरिदिन” आग्रहको भाषामा कुराकानी शुरु गरेका श्रेष्ठले परीक्षामा सहभागी भएर शिक्षक नियुक्त भए पनि मावि तहमा पढाउन नदिने र असहयोग गरेर अप्ठ्यारो पार्ने” भन्दै धम्कीको भाषा प्रयोग भएको छ ।
प्रअ श्रेष्ठले तल्लो तहमा कार्यरत शिक्षकको योग्यता र चाहनाअनुसार माथिल्लो तहमा अवसर दिन प्राथमिकता दिने विद्यालयको विगतदेखिको नजीर रहे पनि आवेदन दिन र परीक्षामा सहभागी हुनबाट कसैलाई वञ्चित नगरिएको बताए । तर शिक्षासम्बन्धी कुनै पनि ऐन नियममा श्रेष्ठले भनेको र बेनी सामुदायिक विद्यालयमा भएको अभ्याससँग मिल्ने नीतिगत व्यवस्था छैन ।
बेनी नगरपालिकाका स्रोतव्यक्ति मोहन बानियाँ, विषयविज्ञ हरिकृष्ण सुवेदी र रामप्रसाद सुवेदीले लिएको परीक्षाको नतिजामा बढी अङ्क प्राप्त गरेको आधारमा भएको सिफारिसअनुसार बानियाँलाई शिक्षक नियुक्ति गरिएको व्यवस्थापन समितिका अध्यक्ष नारायण कार्कीले बताए । प्रतिरोधको भावनाले विद्यालयलाई बदनाम गर्न यो विषय उठाइएको कार्कीको गुनासो छ ।