• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ भाद्र २४, बुधबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      भदौपछि हिंसालाई वैध र अराजकतालाई जायज ठहर्‍याउने काम भयो : ओली

      जेनजी आन्दोलनको एक वर्ष : राजनीतिक परिवर्तन आयो, तर घाउ अझै उस्तै

      भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक मनाइँदै

      थेराङ खोलामा आएको बाढीले गोरखामा चार घर र पुल बगायो

      विराटनगरको राधाकृष्ण रथयात्राको भेटी भोटेकोशी बाढीपीडितलाई दिइने

      त्रिशूली–३ ‘ए’ सुरुङबाट आयो जवाफ, फसेकाहरू जीवित रहेको पुष्टि

      त्रिशूली–३ ‘ए’को सुरुङबाट २० हजार घनमिटर लेदो हटाइयो

      तीन ठूला नदीमा जलसतह सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सावधानी अपनाउन आग्रह

      नुवाकोटमा बाढीको भयावह दृश्य, एउटै घरबाट २४ शव बरामद

      कृष्णभीरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग ठप्प, काठमाडौं आउजाउका लागि वैकल्पिक मार्ग तोकियो

      भोटेकोशीमा पानीको बहाव बढेपछि प्रशासनको चेतावनी, नदी किनारमा उच्च सतर्कता अपनाउन आग्रह

      रसुवा बाढी : ६१६ जनाको शव फेला, २ हजार ३०१ जनाको उद्धार

      बाढीपीडितका लागि सहयोगको ओइरो, दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टामा १ अर्ब ९१ करोडभन्दा बढी जम्मा

      भोटेकोशी बाढी प्रभावितको उद्धारका लागि प्रधानमन्त्री बालेनको आपत्कालीन बैठक, सुरक्षा निकाय परिचालन

      घरबाट सम्पर्कविहीन भएकी १३ वर्षीया बालिका होटलमा फेला, अनुसन्धानपछि यौन शोषणमा लगाएको आरोपमा दुई जना पक्राउ

    in
    आज: २०८३ भाद्र २४, बुधबार
    होमपेज /  समाचार

    मालपोत कर्मचारी र जग्गा दलालको मिलेमतो, थैलीमा करोडौंको झाेल

  • बुटवल दैनिक
  • २०७७ भाद्र ११, बिहिबार (६ साल अघि)
  • ७३१ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • फाईल तस्विर

    काठमाडौं, भदाै ११ । राजधानी काठमाडौंलगायत देशका विभिन्न जिल्लामा रहेका मालपोत कार्यालय, घरजग्गा खरिदकर्ता र दलालको मिलेमतोमा जग्गाको काम थैली कायम गरी करोडौं रुपैयाँ अनियमितता भएको पाइएको छ ।

    फेसबुकमा पछ्याउनुहोस्

    मालपोत कार्यालयबाट पारित हुने लिखितमा जग्गाको बाटोको स्तरका आधारमा न्यूनतम मूल्यांकन पुस्तिकामा दरभन्दा घटी थैली कायम गरी राजीनामा पास गर्न नमिल्ने कानुनी प्रावधान छ । तर, सो कानुनी प्रावधानविपरीत मालपोत कार्यालय, दलाल तथा जग्गा बिक्री र खरिद गर्नेहरूको मिलेमतोमा करोडौंको झेल हुने गरेको छ ।

    महालेखा परीक्षकको कार्यालयले आर्थिक वर्ष २०७६/७७ मा मुलुकका विभिन्न मालपोत कार्यालयमा देखिएको विकृतिका कारण राज्यकोषमा करोडांैको क्षति पुगेको ठहर गर्दै सो रकम असुल उपर गर्न सरकारलाई निर्देशन दिएको छ ।

    महालेखा परीक्षकको प्रतिवेदनअनुसार मालपोत कार्यालय डिल्लीबजारले जग्गाको न्यूनतम मूल्यांकन पुस्तिकामा उल्लेख गरेभन्दा घटी थैली कायम गरी लिखित पारित गर्दा ११ निःसर्गकर्ताको ४ करोड २४ लाख ७५ हजार, चावहिलका ३ निःसर्गकर्ताको ३ करोड ५ लाख ८८ हजार, परासीका २ निःसर्गकर्ताको ३ करोड ९ लाख ८६ हजार, कलंकीका ६ निःसर्गकर्ताको १ करोड ६५ लाख ८४ हजारसमेत गरी १६ कार्यालयका ५० निःसर्गकर्ताको १८ करोड ५९ लाख ७७ हजार रुपैयाँ थैली रकम घटी कायम भएको पाइएको छ ।

    जसअनुसार थैली कम हुँदा रजिस्टेसन दस्तुर ७४ लाख ५३ हजार रुपैयाँ घटी लिएर राज्यकोषलाई घाटा पारेको महालेखाको ठहर छ । यो समाचार आजको राजधानी दैनिकमा छ ।

    याे पनि पढ्नुहाेस

    शिक्षक राहत दरबन्दी नामकाे मात्र, ‘सेटिङ’ मिलाएर नियुक्ति

    म्याग्दी, भदाै १० । म्याग्दीको बेनी सामुदायिक माध्यमिक विद्यालयले ‘सेटिङ’ मिलाएर शिक्षक नियुक्ति गरेको रहस्य खुलेको छ । गत पुस महिनामा मावि तहको राहत दरबन्दीमा विज्ञान विषयमा करार शिक्षक नियुक्तिका क्रममा उम्मेदवार यज्ञ खत्री र प्रधानाध्यापक दीपक श्रेष्ठबीच भएको कुराकानीको अडियो बाहिरिएपछि सेटिङमा शिक्षक नियुक्ति गरिएको तथ्य उजागर भएको हो ।

    विसं २०७६ पुस ५ गते १५ दिने सूचना निकालेकामा अन्तिम दिन पुस १९ गतेसम्म सोही विद्यालयको निमावि तहका अस्थायी विज्ञान शिक्षक सुनिल बानियाँ र जलजला गाउँपालिका–३ का खत्रीको मात्र निवेदन परेको थियो । पुस २० गते दिउँसो ३ बजे परीक्षा समय तोकिएको थियो ।

    परीक्षा हुनुभन्दा तीन घण्टाअघि विद्यालयका प्रअ श्रेष्ठले कार्यकक्षमै बोलाएर परीक्षामा औपचारिकताका लागि मात्र सहभागी भएर बानियाँलाई नियुक्ति हुने वातावरण बनाउन आग्रहपूर्ण शैलीमा धम्की दिएको र शिक्षक बानियाँले अहिलेसम्म पनि ‘टर्चर’ दिएको खत्रीले बताए ।

    अडियो रेकर्डमा “बानियाँलाई शिक्षक नियुक्त गर्ने वातावरण बनाएर सहयोग गरिदिन” आग्रहको भाषामा कुराकानी शुरु गरेका श्रेष्ठले परीक्षामा सहभागी भएर शिक्षक नियुक्त भए पनि मावि तहमा पढाउन नदिने र असहयोग गरेर अप्ठ्यारो पार्ने” भन्दै धम्कीको भाषा प्रयोग भएको छ ।

    प्रअ श्रेष्ठले तल्लो तहमा कार्यरत शिक्षकको योग्यता र चाहनाअनुसार माथिल्लो तहमा अवसर दिन प्राथमिकता दिने विद्यालयको विगतदेखिको नजीर रहे पनि आवेदन दिन र परीक्षामा सहभागी हुनबाट कसैलाई वञ्चित नगरिएको बताए । तर शिक्षासम्बन्धी कुनै पनि ऐन नियममा श्रेष्ठले भनेको र बेनी सामुदायिक विद्यालयमा भएको अभ्याससँग मिल्ने नीतिगत व्यवस्था छैन ।

    बेनी नगरपालिकाका स्रोतव्यक्ति मोहन बानियाँ, विषयविज्ञ हरिकृष्ण सुवेदी र रामप्रसाद सुवेदीले लिएको परीक्षाको नतिजामा बढी अङ्क प्राप्त गरेको आधारमा भएको सिफारिसअनुसार बानियाँलाई शिक्षक नियुक्ति गरिएको व्यवस्थापन समितिका अध्यक्ष नारायण कार्कीले बताए । प्रतिरोधको भावनाले विद्यालयलाई बदनाम गर्न यो विषय उठाइएको कार्कीको गुनासो छ ।

    • #मालपोत कार्यालय
    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    समाचार सम्बन्धि थप

    भदौपछि हिंसालाई वैध र अराजकतालाई जायज ठहर्‍याउने काम भयो : ओली

    जेनजी आन्दोलनको एक वर्ष : राजनीतिक परिवर्तन आयो, तर घाउ अझै उस्तै

    भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक मनाइँदै

    थेराङ खोलामा आएको बाढीले गोरखामा चार घर र पुल बगायो

    विराटनगरको राधाकृष्ण रथयात्राको भेटी भोटेकोशी बाढीपीडितलाई दिइने

    त्रिशूली–३ ‘ए’ सुरुङबाट आयो जवाफ, फसेकाहरू जीवित रहेको पुष्टि

    समाचार

    भदौपछि हिंसालाई वैध र अराजकतालाई जायज ठहर्‍याउने काम भयो : ओली

    जेनजी आन्दोलनको एक वर्ष : राजनीतिक परिवर्तन आयो, तर घाउ अझै उस्तै

    भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक मनाइँदै

    थेराङ खोलामा आएको बाढीले गोरखामा चार घर र पुल बगायो

    बुटवल दैनिक बिशेष

    कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला, तीन दिनदेखि थिए बेपत्ता

    आयल निगमले डिजेल,पेट्रोल र मट्टितेलको मूल्य बढायाे

    तिलोत्तमा रक्तदाता समाज गठन, संस्थाको अध्यक्षमा गोबिन्द बन्जाडे चयन

    प्रेस युनियन गुल्मीका सचिव विश्वकर्मा र सदस्य सुनार द्वय सम्मानित

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित बुटवल दैनिक डट कम “तथ्य सहितको सत्य खबर” भन्ने मूल नाराका साथ खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता तथा मनोरञ्जन सामग्री प्रस्तुत गर्दै अघि बढिरहेको छ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com

    • ठेगाना: बुटवल, सुख्खानगर
    • कम्पनी दर्ता नं: २६१५०१ /०७७/७८
    • सूचना विभाग: २५९७/०७७-०७८
    • प्रेस काउन्सिल: ११७८/०७७/७८
    • इमेल: [email protected]
    • फोन: ९८५७०७३६३२, ९८१८३७८४१३

    विज्ञापनको लागि

    मोबाइल: ९८१८३७८४१३

    ई-मेल: [email protected]

    सम्पर्क गर्नुहोस्

    हाम्रो टीम

    संचालक: मोहन के सी

    सम्पादक: सिर्जना मर्सांगी मगर

    © २०८१ Butwal Dainik | सर्वाधिकार सुरक्षित । Designed by GOJI Solution
    ↑